#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nwD0vq
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nf0YJj
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nwzxx8
काठमाडौं, १५ चैत । नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले उपप्रधान तथा संघीय मामिला तथा स्थानीयमन्त्री कमल थापासँग भेटवार्ता गरेका छन् ।
शनिबारमात्रै नेपालमा भारतीय राजदूतको जिम्मेवारी सम्हाल्न आएका सिंहले थापालाई सिंहदरबार स्थित मन्त्रालयमै पुगेर मंगलबार अपरान्ह भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा आपसी परिचय, दुई देशबीचको सम्बन्ध सुधारका साथै नेपालको विकासको लागि भारतले गर्न सक्ने सहयोगका बिषयमा छलफल भएको छ ।
यस्तै भेटका क्रममा नजिकिदै गरेको स्थानीय तहको चुनावका विषयमा समेत छलफल भएको बताइएको छ । करीब एक घण्टा लामो भएको भेटवार्ता सौहार्दपूर्ण रुपमा सम्पन्न भएको हो ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका पुरीले सोहि दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
The post उपप्रधानमन्त्री थापा र राजदूत मन्जिभ सिंह पुरीको एक घण्टा लामो भेटघाट appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o2pMI6 via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2or7zjR
काठमाडौँ ,१४ चैत्र। राजधानीको नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजना गरेको नेपाल हस्पिटालिटी एवार्डमा २०७३ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नको लागि गृह कार्य गरि रहेको बताउनु भएको छ । यसैगरी मन्त्री तामाङ्गले पर्यटन क्षेत्रलाई सुधार गर्न मन्त्रालका सचिव, विभागीय प्रमुख , पर्यटन उद्यमीसंग सरसल्लाह गरेर अघि बढने बताउनु भयो ।
कार्यक्रममा मन्त्री तामाङ्गले सात वटा विधामा एवार्ड प्रदान गर्नु भएको थियो । इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी , गेस्टोनमि एवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा बुटिक होटल ठमेलका रमेश नापित , वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी एवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा एवार्ड वितरण गरिएको थियो । नेपालको इतिहासमा पहिलो पटक यस खालको एवार्ड प्रदान गरिएको हो ।
कार्यक्रम माथि प्रकाश पार्दै हस्पिटालिटी फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशराज ढकालले नेपालमै यस खालको एवार्ड आफुहरुले व्यक्तिगत प्रयासमा गरेको बताउँदै भविस्यमा यस खालको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकार वालाहरुले पनि सहयोग गर्ने अपेक्षा राख्नु भयो ।
पर्यटन प्रवद्र्धनमा युवाको भूमिका विषयक अन्तक्रिया तथा हस्पिटालिटी अवार्ड २०७३ कार्यक्रम मार्फत नेपालको पर्यटन क्षेत्र राष्ट्रिय मेरुदण्डको रुपमा रहेका युवावर्गलाई अघि सार्दै सानो लगानीबाट ठुलो रुपमायुवालाई परिचितगर्दै ढुलो प्रतिफल, पर्यटन, सभ्यता, संस्कृतीको समस्या र युवा स्वरोजगारलाई कसरी अगाडि बढाउने भन्ने बारे आजको कार्यक्रममा एवार्ड विजेता सुरेश चन्द्र बस्नेतले यस्तो सरहनीय कार्यको प्रशंसा गर्दै यो एवार्डले आफुलाई पर्यटन क्षेत्रमा अझ केही गर्ने हौसला मिलेको बताउनु भयो ।
यसैगरी टानका अध्यक्ष चन्द्र रिजालले आँउदो समयमा पर्यटन क्षेत्रमा आएको आम्दानी सही ठाउँमा सदुपयोग भए नेपाल पर्यटन क्षेत्र अझै युवामयी हुने बताउनु भयो ।
यसैगरी पर्यटन बोर्डका सदस्य राजेन्द सापकोटा नेपालको अन्तराष्ट्रिय विमानस्थलका सुधार तथा व्यवस्थि गर्न आग्रह गदै नेपाल नेपाल वायु सेवा निगमले ल्याउन लागेको विमानवाट लण्डनको हिथ्रो विमानस्थल, जर्मनीको फ्रान्कफोर्ट र जापानको टोकियोलाई नँया गन्तव्य गर्नको लागि पर्यटन मन्त्रालयले प्रयास गर्नु पर्ने बताउनु भयो ।
यसैगरी आजको कार्यक्रममा बिजय कुमार ढकाल, लोक कृष्ण भट्टराई, निलकणठ तिवारी, शिव अधिकारी बेखारतन शाक्य, निटका अध्यक्ष दीपक महतले युवावर्गलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।
The post नेपालमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान ( फोटो फिचर सहित ) appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nXSqKg via IFTTT
१४ चैत, काठमाडौँ ।
आइतबार साँझ सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर–२’को शिषृ गीतले युट्युवमा किर्तिमानी कायम गरेको छ । युट्युवमा सार्वजनिक भएको २४ घण्टा नबित्दै ४ लाख ८ हजार भन्दाबढीले हेरिसकेका छन् ।
युट्युवमा सम्भवत नेपाली फिल्मको गीतको यति छिटो दर्शक बढेको यो पहिलो रेकर्ड हो । सदाबहार अभिनेत्री झरना थापाले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर–२’ यो ‘टाइटल गीत’ आइतबार झरनाको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको थियो ।
सुगम पोख्रेलको आवाज रहेको यस गीतमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र अभिनेता सलिनमान बानियाँको आकर्षक जोडी देख्न सकिन्छ भने दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको छ । अभिनेता सलिनमान बाँनियाको यो डेब्यु फिल्म हो ।
सुहाना ईन्टरटेन्मेन्ट तथा सुनिल कुमार थापा प्रोडक्शनको निर्माण रहेको फिल्म भदौ १६ मा रिलिज हुने घोषणा गरिएको छ । फिल्मको कथा हरिहर अधिकारीको हो भने पटकथा लेखनमा हरिहरसँग सामिप्यराज तिमिल्सेनाले साझेदारी गरेका छन् ।
The post युट्युवमा किर्तिमानी कायम गर्दै साम्राज्ञी–सलिनमानको गीत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2o0ZS80
via IFTTT