काठमाडौं । नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा एकीकृत सुरक्षा योजना लागु गर्दै प्रहरीले सडकमा स्टेज कायक्रम गर्न बन्देज लगाएको छ ।
‘आवागमन रोकिने भएकाले सडकमा स्टेज र्काक्रम गर्न दिदैनौं’ महानगरीय प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने ‘प्रमुख जिल्ला अधिकारीसँग ठमेल, दरबार मार्ग क्षेत्रलाई केन्द्रित गरेर यस्तो निर्णय गरिएको हो ।’
चाडपर्वको नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागूऔषध सेवन गर्ने लगायत घटनामा प्रहरी केन्द्रित रहने छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
The post नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा स्टेज कायक्रम गर्न बन्देज appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iGBWQD via IFTTT
काठमाडौं। काठमाडौं एउटा अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिएबापत कति रुपियाँ लिन सक्ला रु सहजै अनुमान लगाउन सकिन्छ– १५ हजार, २० हजार वा बढीमा ३० हजारसम्म। तर होइन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको औषधि पसलको भाडा सुन्दा यस्तो अनुमान गलत सावित मात्र हुँदैन, आश्चर्य नै बनाउँछ।
सरकारी स्वामित्वमा रहेको त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको सटर मासिक २८ लाख एक हजार रुपियाँमा निजी फार्मेसीलाई भाडामा लगाउन लागिएको छ, त्यो पनि सर्वोच्च अदालतको आदेशविपरीत। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
सर्वोच्च अदालतले २०७२ साल असार १३ गतेका दिन सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिनु वा सञ्चालनको व्यवस्था मिलाउनु आम सर्वसाधारणको हितविपरीत हुने ठहर गर्दै अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो। तर, त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्दले सर्वोच्चको आदेशविपरीत अस्पतालको हाताभित्रै निजी संस्थालाई फार्मेसी सञ्चालन गर्न दिएर मासिक २८ लाख एक हजार रुपियाँ लिँदै आएको छ। निजी फार्मेसीलाई सरकारी अस्पतालभित्र औषधि पसल सञ्चालन गर्न दिँदा औषधिको गुणस्तरीयता कायम नहुने सर्वोच्चको फैसलामा उल्लेख भए पनि त्रिवि शिक्षण अस्पताललगायत केही सरकारी अस्पतालले अझै पनि निजी फार्मेसी सञ्चालन गर्न दिइरहेका छन्।
वर्तमान सरकारले समेत अस्पताललाई आफैँले औषधि पसल राख्न निर्देशन गर्दै त्यसका लागि बजेट विनियोजन गरेको छ।
५२ वर्षदेखि सरकारी अस्पतालमा फार्मेसी कक्ष सञ्चालन गर्दै आइरहेको साझा स्वास्थ्य सेवा भने २०४६ सालपछि अस्पताल हातामा निजी फार्मेसीले प्रवेश पाएपछि बाहिरिँदै गएको छ। औषधिमा तीन सय प्रतिशतसम्म कमिसन खाने निजी फार्मेसीलाई सरकारी अस्पतालहरूले भित्र्याउँदै लगेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष लीलाकण्ठ दाहालले बताए।
सरकारबाट नियुक्त तथा सेयर सदस्यबाट मनोनीत तत्कालीन सदस्यको अदूरदर्शिताका कारण जनसाधारणलाई सर्वसुलभ मूल्यमा औषधि तथा औजार बिक्रीवितरण गर्दै आएको साझा स्वास्थ्य सेवामा चौतर्फी आक्रमण भएको उनले दुखेसो पोखे। सरकारी स्वामित्वमा रहेर पनि सरकारको सहयोग नपाइरहेको अवस्थामा सर्वोच्च अदातलतको आदेशसमेत उल्लङ्घन गरेर अस्पताल हाताभित्रै निजी फार्मेसी सञ्चालन गर्दा साझाको भविष्य झनै खतरामा पुगेको सङ्गठनका सचिव नीरप्रसाद काफ्लेले बताए।
शिक्षण अस्पताल परिसरभित्रै रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले पानारोमा मेडिकललाई मासिक २८ लाख एक हजार रुपियाँ बुझाउनुपर्ने गरी सटर भाडामा दिएको अस्पताल स्रोतको दाबी छ। केन्द्रका कार्यकारी निर्देशक डा। आनन्द शर्माले केन्द्रको छुट्टै फार्मेसी भएको जानकारी दिँदै विगतदेखि नै निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिएको बताउनुभयो। शर्माले भने, “पुरानो फार्मेसीलाई निरन्तरता दिन खोजिएको हो। टुङ्गो लागिसकेको छैन, यसलाई महत्वव दिनु जरुरी छैन। ”
यता शिक्षण अस्पतालका निर्देशक डा। दीपक महराले २८ लाख रुपियाँ भाडा लिएर फार्मेसी सञ्चालन गर्न दिएको विषय आफूलाई जानकारी नभएको बताए। ‘शिक्षण अस्पताल हाताभित्र तीनवटा छुट्टाछुट्टै अस्पताल छन्”, डा। महराले भने, ‘जुन विषय आएको छ, त्यो मसँग सम्बन्धित होइन। ”
उनले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र अन्तर्गतको सटरमा उक्त फार्मेसी सञ्चालन गर्न दिइएकाले त्यस विषयमा केही भन्न नसक्ने जानकारी दिनुभयो। शिक्षण अस्पताल, बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र मनमोहन कार्डियोभास्कुलर केन्द्र छुट्टाछुट्टै भएको उनको भनाइ छ।
The post टिचिङ हस्पिटल भित्रको लुट कहिले सम्म ? औषधि पसलको मासिक भाडा २८ लाख रुपियाँ ! appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iGpJLA via IFTTT
काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधन प्रस्तावको यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका नेकपा ९एमाले० सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
उक्त विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको आजको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो । उपत्यकामा एमालेका ५० हजार सदस्य रहेको बताइन्छ ।
The post काठमाडौँमा हुने प्रदर्शनमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन एमालेको ह्विप appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hngjUg via IFTTT
१३ पुस, एजेन्सी।
फिल्महलका ठूला पर्दामा आमिर खानको ‘दंगल’ले सफलताको झण्डा गाड्दै छ। भलै कथा वास्तविक घटनामा आधारित छ, फिल्मी कथा केही फरक हुन्छ नै। फिल्म सुरु हुनु पहिले नै देखाइन्छ, कथा काल्पनिक हो।
हुनत कथा त्यति काल्पनिक पनि होइन किनकी गीता फोगाट र बबीता फोगाटले सन् २०१० मा भारतको दिल्लीमा भएको राष्ट्रमंडल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण र रजत पदक जीतेर देखाएकै हुन।
दंगल फिल्ममा देखाइएको छ कि गीत र बबीताका पिता महावीर फोगाट र राष्ट्रिय कोचबिच कुश्तीको दाउ-पेचलाई लिएर विवाद देखिन्छ। महावीर फोगाट आफै एक राष्ट्रिय स्तरका पहलवान हुन्छन्।
फिल्मको क्लाइम्याक्समा देखाइएको छ कि महावीर फोगाटलाई एक कोठामा बन्द गरिन्छ ताकि फाइनलमा उनले नै कोचिङ दिन सुरु नगरुन्। तर वास्तविकता भने यो भन्दा अलग छ।
सन् २०१० मा राष्ट्रमण्डल खेलको क्रममा भारतीय महिला पहलवान टिमका प्रमुख प्यारा राम सोंधीले महावीर फोगाट निकै सज्जन व्यक्ति भएको र उनलाई कोठामै बन्द गरिएको कुरा गलत भएको बताएका छन्।
उनले कहिल्यै पनि खेलको क्रममा गीता र बबीताको ट्रेनिङलाई लिएर वाद-विवाद गरेनन्। फिल्ममा गीता र कोच बिच देखाइएको मतभेदलाई सोंधी इन्कार गर्छन्।
कोच प्यारे राम सोंधीको अनुसार महावीर फोगाट चुपचाप बस्ने व्यक्ति हुन। साथै गीता र बबीताले ट्रेनिङ क्याम्पको दौरान कुनै पनि फिल्म सिनेमा हलमा गएर नरहेको बताए।
प्यारा राम सोंधी भन्छन्, महावीर फोगाटले एक अन्य पूर्व पहलवान प्रशिक्षकको गैर उपस्थितिमा आफ्नो छोरालाई ट्रेनिङ दिन केही अलग तरिका भने जरुर बताएका थिए।
आखिरमा उनलाई सम्झाइयो कि गाउँमा हुने कुस्ती प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगिताको ट्रेनिङमा निकै अन्तर हुन्छ। सत्य के हो पछि उनले पनि माने।
यहाँसम्म कि जब गीता र बबीता सफलताको इतिहास लेख्दै थिए तब उनीहरुलाई थाहा थिएन कि महावीर फोगाट दर्शक बीच कहाँ बसेका छन्। गीता र बबीता बच्चामा केटाहरुसंग कुस्ती खेल्ने गरेकैले पहलवान बनेका प्यारा राम सोंधी स्वीकार गर्छन्।
सोंधी भन्छन् ट्रनिङको समयमा गीता र बबीता दुवै शाकाहारी थिए। तर फिल्ममा प्रोटिनको लागि नन-भेज खाएको देखाइएको छ।
जहाँ सम्म फिल्ममा राष्ट्रिय कोचलाई ‘खलनायक’ जसरी प्रस्तुत गरिएको छ यसको विरुद्द चाल्ने कदम भने प्यारा राम सोंधीले फिल्म हेरपछि नै तय गर्ने बताएका छन्।
मिडिया रिपोर्टमा ‘दंगल’का निर्माता विरुद्ध कानुनी कारावही गर्ने खबर पनि सोंधी इन्कार गर्छन्। फिल्म कोचको छवी बिगाररे प्रस्तुत भएको कुरामा भने उनी दुखी छन्।
The post दंगलले छवी खराब गर्यो: गीता फोगाटका प्रशिक्षक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hn4EoF
via IFTTT
१३ पुस, काठमाडौं।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले फिल्म खेल्ने विषय एकताका निकै चर्चामा थियो। उनी आफैले फिल्म खेल्ने बताएपनि त्यसबारेमा अन्य जानकारी भने सार्वजनिक भएका छैन। तर भविष्यमा ओलीलाई फिल्ममा अभिनय गरेको देख्न सकिने सम्भावना भने नभएको हैन।
तर फिल्म बनोस् नबनोस् ओलीलाई म्युजिक भिडियोमा भने देख्न पाइने भएको छ।
एमाले पार्टी कार्यालय धुम्वाराहीमा राष्ट्रिय झण्डा बोकेर एक गीतमा उनले अभिनय गरेका छन्। हेर्नुस् तस्बिरमा उनको साथमा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमालालाई पनि देख्न सकिन्छ।
The post म्युजिक भिडियोमा केपी ओली! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2iD8cE4
via IFTTT
१३ पुस, एजेन्सी।
बलिउड अभिनेत्री मलाइका अरोडा र निर्माता अरवाज खानको १८ बर्षे वैवाहिक जीवन टुंगिने भएको छ । सम्बन्धविच्छेदका लागि दुवैले अदालतमा निवेदन दिएका छन् ।
सम्बन्धविच्छेद गरेबापत अरवाजसँग मलाइकाले १५ करोड भारुको सर्त राखेकी छिन् । यो खबरले खान परिवार निकै चिन्तित बनेको छ । सम्बन्धविच्छेदका लागि बान्द्रास्थित फेमिली कोर्टमा आफ्नो वकिलमार्फत् मलाइकाले अरवाजसँग राखेको शर्तहरु यस्ता छन् ।
– मुम्बईको पोश बान्द्रामा रहेको फ्ल्याट जसको मूल्य ३.५ करोड छ ।
– छोराको नाममा २.५ करोडको बचत ।
– छोराकै नाममा २ करोडको एक कार ।
– छोराको पढाईका लागि प्रत्येक महिना ५ लाख रुपैयाँ ।
– सम्बन्धविच्छेद गरेबापत मलाइका आफ्नैका लागि ५ करोडको माग
स्रोतअनुसार मलाइकाको यी माग अरवाजले पूरा गर्न असक्षम रहेको अरवाजका वकिलले अदालतमा स्पष्ट पारिदिएका छन् । अरवाजको व्यावसायिक जीवनमा पूर्णविराम लागी सकेको छ, जसका कारण अघिका फिल्म निर्माणमा दाई सलमान खानले लगानी गरेका थिए ।
अरवाजले आफ्नोतर्फबाट वैवाहिक सम्बन्धलाई बचाउँन धेरै कोशिस गरेको अदालतमा बताएका छन् । तर, यता मलाइकाले सम्बन्धबिच्छेद गर्ने मनसाय बनाइसकेकी थिइन् ।
दुवै पक्षको कुरा सुनेपछि मलाइकाद्धारा माग गरिएको राशिका बारेमा अझै सल्लाह गर्ने अदालतले बताएको छ । यद्यपी, मलाइका र अरवाजबीच कुनै सम्झौताको अवस्था बन्न सकेन ।
सन् १९९३ को एक विवादित विज्ञापनमार्फत् अरवाज–मलाइका नजिकिएका थिए । ५ बर्षे प्रेम सम्बन्धमा रहेपछि १९९८ मा विवाह गरेका थिए ।
The post सम्बन्धविच्छेदको लागि मलाइकाको १५ करोडको सर्त, खान परिवार चिन्तामा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2iCUCkd
via IFTTT
The post क- कस्को शासनकालमा बेचियो देश ? ( हेर्नुस नामावलीसहित ) appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hm6NR8 via IFTTT