नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ।
विमल घर्तीकी ममी बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताए ।
घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।
घटना बुधबार राति १० बजेपछि भएको अनुमान गरिएको छ । उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको र कोठामा रगतका छिटा पनि भेटिएको छ । जसबाट उनको हत्या भएको देखाउँछ ।
एसपी चौधरीले पोस्टमार्टमको रिपोर्ट नआई हत्या नै गरेको हो भन्न नसकिने बताए । उनले भने– ‘पोस्टमार्टमको रिपोर्टपछि हत्या हो वा आत्महत्या सबै खुल्छ । हामी अनुसन्धानमै छौं ।’
प्रहरीको सोधपुछमा छिमेकीले ‘बुधबार राति मनिषा घरमा एक्लै थिइन् । उनकी आमा बुटबल गएकी थिइन् । त्यही बेला दुई जना युवक उनको घरमा आएको र झगडा भएको थियो । झगडा गरेर युवाहरु बाहिरिएपछि विहान मनिषा मृत भेटिइन्’ भन्ने जानकारी दिएको एसपी चौधरीले बताए ।
विमललाई बहिनीको मृत्यु भएको खबर अखिल नेपाल फुटबल संघ (एन्फा)ले गराएको थियो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले विमल शक्रबार बिहान साढे ९ बजे नेपाल फर्किने जानकारी दिए ।
घुँडामा लागेको चोटको उपचार गर्न दुई साताअघि बेल्जियममा पुगेका विमल भारतमा सम्पन्न बार्हौ दक्षिण एसियाली खेलकुदको माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका थिए ।
बहिनीको मृत्यु खबर सुनेपछि बेल्जियममै भक्कानिएर रोएका विमल उपचार पुरा नगरीकनै घर फर्किन लागेका हुन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1Wlyhcd
बिनोद ढुंगाना । यतिबेला गायक गोपिकृष्ण पंगेनिको मन बरालिन थालेको छ । पंगेनिले मन बरालिएपछि सर्जक एकनारायण भण्डारीको साहार लिदै लैनो गाईलाई घाँस,थारो गाईलाई पराल छ ,मायाले मन बराल छ भन्दै लोक दोहोरि गित बजारमा ल्याएका छन् । चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सिर्जनामा रहेको यस गितमा गोपिकृष्ण पंगेनि र देबी घर्तीको स्वर रहेको छ । युट्युबमा बुधबार सार्वजनिक भएको गितको बजार ब्यवस्थापन सितारा म्युजिक प्रा.लि.ले गरेको छ । शंकर बि.सी.को निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा शंकरसँगै अन्जली अधिकारीको अभिनय छ । राजेश घिमिरेले यस गितका दुश्यहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् । पंगेनिको यसअघि मत परदेशि, परदेशिको सम्झना लगायतका गित बजारमा आएको थियो ।
गितको भिडियोको लिंक :- https://www.youtube.com/watch?v=3_TWm9zImMA
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1WVzbMZ
via IFTTT
कावासोती, १३ जेठ । फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् । आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त …
The post फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनीको ‘हत्या’मा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1qKSQ3P
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/248JBHM
सलमान खानको अपकमिङ फिल्म ‘सुल्तान’ को ट्रेलर मंगलबार सार्वजनिक गरियो। सोही मौकामा भारतको मुम्बइमा भएको प्रेस कन्फरेन्समा फिल्मका प्रमुख कलाकार सलमान खान र अनुष्का शर्माले स्टेजमै रेसलिंग सिन देखाउन लागे। जब एक रिपोर्टरले सलमान र अनुष्कासंग विवहको प्रश्न गरे त सलमानले प्रेस कन्फरेन्स बन्द गर्ने घोषणा पो गरे।
एकै दिनमा २३ लाख पटक हेरियो सुल्तानको ट्रेलर (भिडियो सहित)
अनुष्काले सोही मौकामा फिल्ममा भुमिकाको लागि ६ हप्ता ट्रेनिङ लिएको बताइन। सलमान भन्छन्, फिल्मको लागि उनले दिनको ६-७ घण्टा सुटिङ गरे, बेलुका ३ घण्टा ट्रेनिङको लागि छुट्याउथे।
सलमानको अनुसार, फिल्ममा सबैभन्दा गाह्रो काम लगौटी लगाउनु थियो। जब उनी लगौटी लगाएर सेटमा जान्थे उपस्थित भिड ‘भाई-भाई’ भन्दै कराउथे। यसले सलमानलाई अप्ठ्यारो भएछ। सलमान भन्छन्, ‘मैले अली भाइ (निर्देशक) लाई भने की म सेटमा जान्न। केही बेर पछि लगौटी बाँधेर सेटमा गए अनि भने यदि कसैले चिच्यायो भने त्यहि आएर पिट्छु।’
सलमान भन्छन् बरु सर्ट फुकाल्न लाज लाग्दैन। तर लगौटी बाँध्न उनलाई निकै कठिन रह्यो।
विवाहको बारे प्रश्न अनि कन्फरेन्स बन्द
प्रेस कन्फरेन्सको क्रममा एक रिपोर्टरले सोधे कि फिल्ममा एक डायलग छ, ‘डाक्टरको विवाह डाक्टरसंग हुन्छ, इन्जिनियरको इन्जिनियर संग, यस्तोमा सलमान र अनुष्का फिल्म स्टार हुन, तब कोसंग विवाह गर्छन्?’
सलमानले मजाक गर्दै सो प्रश्नलाई अन्तिम प्रश्न भनेर कन्फरेन्स बन्द गरे।
यो पनि पढ्नुस्।
बलिउड नायिकाले कति लिन्छन् पारिश्रमिक? ११ नायिकाको पारिश्रमिक यस्तो
The post लगौटी बाँधेर सेटमा गएर भने कसैले चिच्यायो भने त्यहि आएर पिट्छु – सलमान appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1TL9xaW
via IFTTT