एजेन्सी।
बलिउडका अधिकांश कलाकारहरू आफ्नो कामको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने त सबैलाई अवगत नै छ। यसैबीच, हालै मेगास्टार अमिताभ बच्चनका केहि तस्विरहरूले सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन्, जसमा अमिताभलाई कोलकताको एक मासु बजारमा माछा किन्दै गरेको देख्न सकिन्छ।
अचम्मको कुरा के छ भन्दा, बिग बी वास्तविक जीवनमा शाकाहारी हुन् र यी तस्विरहरू उनको आउन लागेको नयाँ चलचित्र ‘तीन’को सुटिङ्गका तस्विरहरू हुन्।
कोलकतामा बिग-बी लाई फरक रूपमा देखिएको यो पहिलो पटक भने होइन। केहि समय अगाडि यसै चलचित्रको लागि उनले नवाजुद्दीन सिद्दीकीसँग सडकमा स्कुटरको सवारी गर्दै गरेको त्यहाँका बासिन्दाहरूले देखेका थिए। खबरका अनुसार, निर्देशक ‘रिभु दासगुप्ता’को यस चलचित्रलाई अमिताभले स्क्रीप्ट नपढीकनै यसमा काम गर्न स्वीकार गरेका थिए।
अमिताभ र नवजुद्दीनलगायत यस चलचित्रमा विद्या बालनले पनि मूख्य भूमीकाको निर्वाह गर्ने रिपोर्टले जनाएको छ। चलचित्रको रिलिज मितीको खुलासा भने अझसम्म हुन सकेको छैन।
यो पनि हेर्नुहोस्-
दिल्लीको सडकमा अमिताभ चाहर्दा कसैले पाएनन् छनक
‘कसले भन्यो म मरेँ भनेर?’- अमिताभ
अमिताभ बच्चनलाई राष्ट्रपति बनाउन प्रस्ताव
रणवीरले अमिताभलाई ढोग्न खोज्दा पछाडी सारे खुट्टा, खुट्टामा थियो नयाँ जुत्ता
The post शाकाहारी अमिताभ मासु बजारमा… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/22Xk7yd
via IFTTT
आज बिहान करिब ४ बजे ल्याएर फालेको हुनसक्ने शिशुको आलै शवको कुकुरले हात र खुट्टा खाएको अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक युवराज शर्माले जानकारी दिए।शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको जानकारी दिँदै उनले घटनाको अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए।त्यसैगरी भक्तपुर नगरपालिका व्यासीमा पनि कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ। महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीले कुहिएर गन्हाउने अवस्थामा सोमबार शिशुको शव भेटिएको जानकारी दिए।दुईवटै शिशुको शव जन्मनेबित्तिकै हत्या गरेर फालिएको र अवैध सम्बन्धबाट जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ। रासस
The post भक्तपुरको बालकोटमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव भेटियो appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1UZyKhK
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1UZw7wr
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1MP1i7a
१६ चैत, काठमाडौँ।
हिजो सोमबार काठमाडौँमा हावाहुरी आएको बेला आकाशमा युएफओ देखिएको सामाजिक सञ्जालमा व्यापक चर्चा छ। हावाहुरीसंगै आकाशमा अनौठा एलियन जहाज जस्तो देखिने आकृति सहितका तस्बिर अहिले सेयर भइरहेका छन्।
Unidentified Flying Objects (UFO) त्यस्तो उडनतस्तरी हो जुनको अस्तित्व र वास्तविकता अहिलेसम्म रहस्यमै छ। एलियनले यस्तो जहाज काठमाडौँ माथी आकाशमा ल्याएकै कारण हावाहुरी आएको यी तस्बिर देख्ने कतिपयले विश्वास समेत गरेको पाइयो।
फोटोसपको मद्धतले बनाइएका यी तस्बिरमा देखिएका युएफओ भने वास्तविक होइनन। ख्यालठट्टा र रमाइलोको लागि बनाइएको भएपनि थुप्रै यस्ता फरक फरक तस्बिर व्यापक सेयर हुँदा कतिपयमा कतै यसमा सत्यता त छैन भन्ने भान पर्न गएको छ।
साथै बेलुकीपख आकासमा अनौठो प्रकास समेत देखिएको भन्दै केही फोटोसप गरिएका तस्बिर सामाजिक सञ्जालमा सेयर गरिए। दिउँसोको युएफओको कुराले मलजल गरेकाले फेरी यी तस्बिरले पनि मानिस झुक्काए, झ्याल खोलेर आकाश हेर्नुपर्ने अवस्था समेत पैदा भयो।
The post काठमाडौँको आकाशमा युएफओ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1oiGbDV
via IFTTT
सल्यानमा एक बालिकाको बलात्कारपछि हत्या भएको थाहा भएको छ ।
एक साता अघि कालागाउँ गाविस–८ झारकाडाकी ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बालिकाको भिनाजु नाता पर्ने २२ वर्षका एक पुरुष पक्राउ परेका छन् ।
बालिकाको रगत बगेको र घाँटीमा निलडाम देखिएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताउनुभयो । उहाँका अनुसार बालिकाको शव स्थानीय बासिन्दाले आइतबार फेला पारेर प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा थाहा भएको हो ।
कालागाउँमा ससुराली गएका ती पुरुषले घरमा कोही नभएको बेला बालिकालाई घर नजिकै लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले बताएको छ ।
स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कारका आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1oizTEl