बारा : बाराको कलैयामा पनि झडप भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीमाथि प्रदर्शनकारीबाट ढुंगामुढा भएको छ । निषेधित क्षेत्र तोडेर जुलुस अघि बढेपछि झडप सुरु भएको हो । बासको भाटा र लाठी बोकेका सयौं प्रदर्शनकारीहरु सडकमा जम्मा भएका छन् । भिडियो हेर्न यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via IFTTT
काठमाडौ । भारतीय तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको परिवारलाई नेपालमा राजनीतिक शरण दिने प्रस्ताव गरिएको थियो । इन्दिरा गान्धीले सन् १९७७ मा चुनाव हारेपछि नेपालका राजा वीरेन्द्रले राजीव गान्धी र उनको परिवारलाई नेपालमा राजनीतिक शरण दिने प्रस्ताव गरेको आरके यादवले लेखेको ‘मिशन रअ’ पुस्तकबारे नयाँ पत्रिकाले छापेको छ ।
राजा वीरेन्द्रले आफूलाई गान्धी परिवारको सुरक्षाको विषयमा चासो राखेको कुरा इन्दिरा गान्धीले नै भारतीय गुप्तर एजेन्सी रअका फाउन्डर एनआर काओलाई भनेको कुरा यादवले उल्लेख गरेका छन् । तर काओले नै मोराजीसँग कुराकानी गरेर सुरक्षाको ब्यवस्था मिलाएपछि नेपालमा शरण लिनु नपरेको उल्लेख छ ।
रअका फाउन्डर एनआर काओेले नै नेपालको तराइलाई भारतमा मिलाउने योजना बनाएको पनि भारतको बाहृय सुरक्षा मामिला हेर्दै आएका गुप्तचर संस्था रअका पूर्वअधिकारी आरके यादवले आफ्नो पुस्तक मिशन रअमा उल्लेख गरेका छन् ।
उनका अनुसार सन् १९७५ मे मा सिक्किमको विलय गराइसकेपछि जुनमा इन्दिरा गान्धीले संकटकाल लगाइन् । त्यसपछि हिन्दुस्तानको राजनीति नै अर्कोतिर मोडियो । काओले आफूसँग भनेको कुरा यादवले यसरी उल्लेख गरेका छन्-‘सिकिक्म विलयपछि नेपालको तराइ मर्जर प्लान बनाएँ । तर, त्यसबारे कसैलाई पनि सेयर गरिनँ । जुन १९७५ मा लागेको संकटकाल २० महिनासम्म रह्यो । त्यसपछि हिन्दुस्तानमा आन्तरिक समस्या यति धेरै बढ्यो कि नेपाल लगायत अन्य मुलुकका बारेमा हामीले बनाएको जेजति प्लान थिए, ती कुनै पनि कार्यान्वनय हुन पाएनन् ।’ भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>

मिडिया एनपी, काठमाडौं, १४ भदौ । पर्सास्थित ठोरी र निर्मलबस्तीका स्थानीयबासीले आफूहरुलाई प्रदेश नम्बर तीनमा राख्न माग गरेका छन् । सो क्षेत्रमा क्रियाशिल विभिन्न राजनीतिक दल तथा साविक ठोरी (ठोरी–निर्मलबस्ती) चितवन पुनः समायोजन संघर्ष समितिले उक्त बस्तीलाई प्रदेश नम्बर ३ मा राख्न माग गरेका हुन् ।
काठमाडौंमा सोमबार संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले पर्सासँग भन्दा पनि चितवनसँग प्रशासनिक लगायतका कार्यमा सहज हुने भन्दै यसअघि पनि ठोरी चितवनमै रहेको जानकारी दिए। उनीहरुले केही समय यता ठोरी चितवनमा गाभ्न माग गर्दै आइरहेको बताए ।
६ प्रदेशमा नसमेटिएपछि ठोरीको वास्तविक अवस्थाका बारेमा जानकारी गराएपछि ७ प्रदेशमा समेटिएको बताएका दलहरुले विधेयक संविधानसभा प्रस्तुत गर्दा नराखेर आफूहरुलाई झुक्याएको ठोरीबासीको आरोप छ ।आफूहरुलाई प्रदेश नम्बर ३ मा नराखे आन्दोलनमा उत्रिरहने उनीहरुले चेतवानी दिएका छन् पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा संघर्ष समितिका संयोजक प्रकाश खनाल, नेपाली काँग्रेसका रामकृष्ण पन्थ, नेकपा एमालेका जग्गेन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका यादवराज कुँवर र नेकपा माओवादीका रामबहादुर बिष्टले हस्ताक्षर गरेका छन् ।
The post ठोरीलाई प्रदेश नं ३ मा राख्न स्थानीयको माग (भिडियो सहित) appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1O3crm3
via IFTTT
मिडिया एनपी, सिरहा, १४ भदौ । सिरहा नगरपालिकामा सोमबार दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् । पन्तका अनुसार सिरहा नगरपालिकाबाट स ३ प ७२२० नंको मोटरसाइकल लिएर माडरतर्फ जाँदै गरेको अवस्थामा यादवमाथि गोली प्रहार भएको हो ।
तिघ्रामा गोली लागेका यादवको उपचार अहिले सिरहास्थित जिल्ला अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार गोली कसले र किन प्रहार गरेको विषयमा केही खुल्न सकेको छैन । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।
The post यादवमाथि गोली प्रहार appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1MXgoKp
via IFTTT
१४ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।प्रहरी र प्रदर्शनकारीबीच सोमबार दिउँसो नगवा चोकमा झडप भएको थियो ।झडपपछि स्थिति तनावग्रस्त भएपछि अपरान्ह चार बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।प्रदर्शनकारीले नगवा चोकमा यातायात अबरुद्ध पार्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीसँगको झडपमा ८ जना घाइते भएका छन् । भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via IFTTT
काठमाडौं, भदौ १४ । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै सनातन हिन्दूराष्ट्र संयुक्त संघर्ष समितिले सोमबार काठमाडौंमा र्याली निकालेको छ ।
सविधानको मस्यौदामा राखिएको ‘धर्मनिरपेक्षता’ शब्द हटाएर नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग गर्दै संघर्ष समितिले र्याली निकालेको हो ।
तीनकुनेबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर टुंगिएको थियो । र्यालीमा पञ्चेबाजा र विभिन्न झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
र्यालीमा सहभागीहरुले आफूहरुका माग सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
## News source from Zoomnp
via IFTTT