एजेन्सी ।
बलिउडमा छोटै नबाब भनेर चिनिन्छन् सैफ अली खान । सुन्दरी करिना कपुरसँग उनको विवाहले पनि उनलाई सँधै चर्चामा तानिरहन्छ । करिनासँग सैफको विवाह भएको थुप्रै समय भैसकेपनि उनीहरुको सन्तान भने भएको छैन ।
करिनालाई आमा नबनेको भनेर जतिबेला पनि उनको विषयमा टिका टिप्पणी भैरहेको समयमा करिनाका पति सैफका भने ६ जना सन्तान रहेको खुलासा भएपछि यस विषयमा हंगामा भएको छ ।
विकिपिडियाले सैफ अली खानलाई ६ सन्तानका पिताकोरुपमा राखेको थाहा पाएपछि यस विषयमा धेरैले टिका टिप्पणी गरे । अव भने विकिपेडियाले यो रेकर्ड सच्चाएको छ ।
विकिपेडियाका अनुसार सैफका २ सन्तान छन् । केही समय अघि मात्र करिना कपुर सैफकी पूर्व पत्निका छोरा छोरीको विषयमा बोलेकी थिइन् ।
करिनाले आफू भने केही समय आमा नबन्ने प्रष्ट पारिसकेकी छिन् ।
The post आमा नबनेकी करिनाका पतिका ६ सन्तान appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1VR1QQx
via IFTTT
मिडिया एनपी, गोरखा, १५ साउन । हालै गएको विनाशकारी भूकम्पपछि चिराचिरा भएको जमिनमा पानी छिरेपछि उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिरो झरेको छ । पहिरोले गाउँले विस्थापित नभए पनि रातभर जाग्राम बस्नुपर्दा समस्यामा छन् । सिर्दिवास, काशीगाउँ, केरौँजा, उहिया, लापु, थुमी, गुम्दा, लाप्राक र बारपाक क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ ।
‘सदरमुकाम जानआउन तीन दिन लाग्छ’ केरौजा गाविसका मीनबहादुर गुरुङले भने ‘हिउँदमा सोतीबजारसम्म गाडी चल्थ्यो । बर्खा लागेपछि हिँड्नुको विकल्प छैन ।’ भूकम्पपछि चिरा परेका डाँडा पानी परेपछि गलेको भन्दै उनले जुनसुकै बेला पनि पहिरो झर्न सक्ने र गाउँ पुर्न सक्ने भएकाले गाउँले सचेत रहेको बताए ।
भूकम्पपछि झरेको पहिरो पन्छाउन नसक्दा सेना, सशस्त्र प्रहरीले केरौँजा हुँदै सिर्दिवासको जगतबजार जोड्ने गोरेटो बाटो खुलाएका थिए । तर, नयाँ खोलेको बाटोभरि पहिरो झरेकाले हिँड्न सक्ने अवस्था नरहेको इच्छा निमाविका शिक्षक विजयराज सापकोटाको भनाइ छ ।
‘एक महिना काम गरेर खोलेको बाटो पनि पहिरोले भत्क्यो’ शिक्षक सापकोटाले भने ‘राज्यको सम्पत्ति र सेना, प्रहरीको पसिना बग्यो, स्थानीयवासीले बाटो हिँड्न सकेनन् ।’ भूकम्पपछि लापुबेँसी, माछाखोला, उहियाको तातोपानी बजार क्षेत्र हुँदै सिर्दिवास पुग्ने मनास्लु पदमार्गमा पहिरो झरेपछि केरौँजा, हुल्चोक हुँदै जगतबजार जोड्ने बाटो सञ्चालनमा ल्याइएको थियो ।
तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुम्चेत गाविसका शेराप गुरुङका अनुसार गाउँमा अहिले नुनको अभाव छ । ‘गाउँले अलिनो तरकारी खान बाध्य छन् । खुर्सानी, मरमसला केही छैन’ गुरुङले भने, ‘राहत बाँडेको बेला तीन पोका नुन पाएका थियौँ, त्यो सकियो ।’ नुन, खुर्सानी उपलब्ध भएमा सिस्नोको मुन्टा खाएर गाउँलेले छाक टार्न सक्ने गुरुङको भनाइ छ ।
The post नुन खान पाएनन् उत्तरी गोरखाका बासिन्दाले appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1H9rtkB
via IFTTT
मिडिया एनपी, काठमाडौं, १५ साउन । संविधान निर्माण कार्य उत्कर्षमा पुग्न थालेपछि मुलुकका विभिन्न स्थानमा दैनिकजसो हुन थालेको बन्दले जनजीवन कष्टकर भएको छ । यसैक्रममा हिन्दू राष्ट्र घोषणको माग गर्दै विभिन्न समूहले आह्वान गरेको बन्दका कारण शुक्रबार दाङको जनजीवन कष्टकर भएको छ । बन्दका कारण बिहानैदेखि यातायातका साधन, शैक्षिक संस्था र व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा जनजीवन कष्टकर बनेको हो ।
नयाँ संविधानमा धर्म निरेपक्षताको सट्टा हिन्दू राष्ट्र उल्लेख गर्न माग गर्दै हिन्दू जागरण नेपाल, क्षेत्री समाज, स्वधर्म अध्ययन समाज लगायत विभिन्न जातीय तथा धार्मिक समूहले धर्म निरेपक्षताको विरोध गर्दै शुक्रबार दाङ बन्दको आह्वान गरेका हुन् ।
यसैगरी शैक्षिक शुल्क वृद्धि फिर्ता, अवैध निजी विद्यालय बन्द, सामुदायिक विद्यालयमा शुल्क लिन नपाइने लगायतका माग राख्दै एमाले निकट अनेरास्ववियु, एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले अनिश्चितकालिन शैक्षिक हड्तालका कारण बिहीबारदेखि नै दाङका शैक्षिक संस्थाहरु बन्द छन् ।
The post बन्दले जनजीवन कष्टकर appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1H9rpS3
via IFTTT
मिडिया एनपी, काठमाडौं, १५ साउन । युएस खबर डट कमले एक कार्यक्रमका बीच आफ्ना सल्लाहकारहरुलाई सम्मान गरेको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा सल्लाहकारद्वय पोषण के.सी. र विपुल पोख्रेललाई सम्मान गरिएको हो । सल्लाहकार के.सी. हालैको मन्त्रीपरिषदको निर्णयबाट न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त समेत भएका छन् । सम्मान कार्यक्रममा युएस खबर डट कमका प्रकाशक किशन रेग्मीले अमेरिकामा आफूहरुको पसिनाको कमाई छुट्याएर सञ्चार क्षेत्रमा लगानी गरी योगदान दिन चाहेको सन्देश उनकै आवाजमा सुनाइएका थियो । रेग्मी अमेरिकामै बस्छन् ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले व्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि पत्रकारिताले योगदान दिनसक्ने चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै सल्लाहकार एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण के.सी.ले पत्रकारिताको विकासका लागि सक्षम र सुरक्षित पत्रकार आबश्यक रहेको बताउदै पत्रकारलाई सक्षम र सुरक्षित बनाउन आफूले योगदान दिने बताए । अर्का सल्लाहकार विपुल पोख्रेलले सामाजिक बिभेदका रेखा मेट्नका लागि पत्रकारिता थप क्रियाशिल हुन आबश्यक रहेको बताए । प्रमुख बक्ता पत्रकार एवं साहित्यकार नबराज लम्सालले लोकतन्त्रको स्थापना र यसको संस्थागत विकासका लागि पत्रकारिताको योगदान सधै अपेक्षित रहने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य खगेन्द्र पन्त , प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी , सल्लाहाकार एवं चलचित्रकर्मी सुमन दाहालले यूसखबर को पहल लाई प्रशंशा गर्दै शुभ कामना दिएका थिए । कार्यक्रमको सहजिकरण युएस खबर डट कमका प्रधानसम्पादक लोकराज अधिकारीले गरेका थिए ।
The post सम्मान थापेपछि पोषण के.सी.पत्रकारिताका विषयमा के बोले ? appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1DUFGSg
via IFTTT
मिडिया एनपी, कोरिया, १५ साउन । कोरियामा एक नेपालीको आफ्नै नेपाली साथीबाट हत्या भएको छ । ख्यंगीदो ग्वाङजुस्थित फर्निचर कम्पनीमा कार्यरत भोजपुरका ३४ वर्षीय परशुराम राईले काभ्रेका ३६ वर्षीय सुदिप राउतको हत्या गरेको बताइएको छ ।
बिहीबार सँगै खाना खाई सुतेका राउतलाई सुतेकै अवस्थामा राईले हत्या गरेका जनाइएको छ । हत्यापछि राई आफैंले प्रहरीलाई खबर गरेका थिए ।
रोजगार अनुमति प्रणालीबाट मृतक राउत एक हप्ता अघि कोरिया प्रवेश गरेका हुन भने राई आएको दुई साता मात्र भएको थियो ।
The post आफ्नै साथीबाट मारिए कोरियामा एक नेपाली appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1UbkSj0
via IFTTT
चर्चित हास्य शो ‘कमेडी नाइट्स विथ कपिल’ अव दर्शकले हेर्न पाउने छैनन् भन्ने हल्ला चलेको धेरै भैसक्यो । अव यसको सट्टामा ‘कमेडी नाईट्स बचाओ’ नामक शो आउने भएको छ ।
यो कमेडी शोलाई चर्चित हास्य जोडी कृष्णा अभिशेक र सुदेश लहडीले गर्नेछन् । यस अघि कलर्सको कपिल शर्माले चलाउने ‘कमेडी नाइट्स विथ कपिल’ भारतीय टेलिभिजन जगतमा नै सबैभन्दा हिट शो बनेको थियो ।
यो शो आउने भएपछि ‘कमेडी नाइट्स विथ कपिल’ को ठाउँ लिन सक्छ कि सक्दैन भनेर चर्चा शुरु भएको छ । तर कलर्सका प्रवक्ताले भने कपिलको शो बन्द नहुने बताएका छन् ।
The post ‘कमेडी नाइट्स विथ कपिल’को सट्टामा ‘कमेडी नाईट्स बचाओ’ आउने appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1eF2xuC
via IFTTT
काठमाडौँ, श्रावण १५ / आज गुरु पूर्णिमा । आफ्ना गुरुप्रति श्रद्धाभक्ती अर्पण गर्दै गुरु पूर्णिमा मनाइँदैछ । महाभारत, श्रीमद्भागवत, अठार पुराण लगायतका ग्रन्थका रचयिता तथा बेदलाई चार भागमा बिभाजन गर्ने देवर्षी बेद व्यासको जन्म जयन्तिको अवसरमा प्रत्येक बर्षको असार शुक्ल पूर्णिमाको दिन गुरु पुर्णिमा मनाउने गरिन्छ ।द्वापर युगको अन्त्यतिर आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाको पुत्रका रुपमा व्यासको जन्म भएको हिन्दुग्रन्थमा उल्लेख छ ।
प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यो पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र जिम्मेबारीको बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरुलाई सम्मान प्रकट गर्ने गर्छन् ।
आजको दिन विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दिनको रुपमा पनि लिइन्छ । विद्यार्थीले गुरुलाई विभिन्न मिठाइ र फलफुल दिई खुसी पार्ने र आर्शिवाद लिने गर्छन ।
आजको दिनले विद्यार्थी र शिक्षकबीचको आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रमा आदर्श र सेवामूलक भई अघि बढ्न निर्देश गर्दछ भन्ने जनविश्वास रहेको छ ।
## News source from Zoomnp http://bit.ly/1DeljEM
via IFTTT