साउथ इण्डिएन नायिका चार्मी कौरको जन्म सन् १९८७ मे १७ मा मुम्बइमा एउटा शिख परिवारमा जन्मेकी थिइन। उनके १५ वर्षकै उमेरमा तेलेगु फिल्म ‘नी तोडु कावली’ मा अभिनय गरेरे आफ्नो फिल्मी करिअर सुरुवात गरेकी थिइन। चार्मीको पहिलो व्यावसायिक सफल फिल्म ‘कट्टुचेमबकम्’ रहेको थियो। उनले अभिनय गरेका फिल्महरुमा मास’, ‘चक्रम’, ‘रगड़ा’, ‘पॉलिटिकल राउडी’, ‘लक्ष्मी’, ‘स्टाइल’, ‘मन्त्रा’, ‘लव-कुश आदी रहेका छन।
चार्मीको पहिलो हिन्दी फिल्म ‘बुड्ढा होगा तेरा बाप’ थियो। यसपछि उनले ‘जिला गाजियाबाद’ भन्ने फिल्म खेलिन। उनले तेलेगु र हिन्दी बाहेक मलायाम अनि कन्नड भाषाका फिल्महरु पनि खेलेकी छिन्। ५० भन्दा बढी फिल्महरु खेलिसकेकी चार्मीका केही तस्बिरहरु हेर्नुहोस्।
साउथका १० हट नायिका (फोटो फिचर)
The post साउथकी चार्मीको चार्म (फोटो फिचर) appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1KvM1rp
via IFTTT
मिडिया एनपी, रौतहट, १७ जेठ । रौतहटमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
गौर चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गतको पडारिया चोकमा शनिबारराती एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्सका चालक, सुत्केरी महिला, नवजात शिशु मृत्यु भएको हो ।
एम्बुलेन्समा सवार सुत्केरी महिला सकुवापाकी २२ वर्षकी हसिबुन खातुन र शिशु तथा एम्बुलेन्स चालक चन्द्रपुर नगरपालिका टेकानपुरका ३० वर्षका सुरेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घट्नास्थलमै तथा खातुन र शुशीको उपचारका क्रममा आइतबार बिहान पर्साको वीरगञ्जस्थित नेशनल अस्पतालमा ज्यान गएको हो ।
जुम्ल्याहा बच्चा जन्मिएकोमा छोरीसहित खातुनको ससुरा सचित अन्सारी, जेठानी रुक्साना खातुन र एम्बुलेन्सका सहचालक समुन्द्र विक गम्भिर घाईते भएका छन् । उनीहरुको नेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । वीरगञ्जबाट सकुवापा तर्फ छुटेको ज १ च ३४३ नम्बरको एम्बुलेन्स र ना २ ख ९६९८ नम्बरको ट्रब चन्द्रपुर नगरपालिका वडा नं १३ मा एक आपासमा ठोक्किँदा सो हताहती भएको हो ।
The post एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा ३ को मृत्यु appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://ift.tt/1Byy1rT
via IFTTT
काठमाडौं – दुवै मृर्गौला फेल भएकी बालिका दीक्षा बुढाका परिवारजनले उनको मृर्गौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सहयोगी मनहरुप्रति आग्रह गरेका छन् । नेटा गाविस– ३, खलटाकुरी, सुर्खेत स्थायी घर भएकी बालिका दीक्षाको परिवारले भएको सबै सम्पत्ति बेच्दा १ लाख पनि नआउने र मृर्गौला प्रत्यारोपणका लागि सात लाख आवश्यक पर्ने भएकाले सहयोग गरेर उनको जीवन रक्षा गरिदिन आग्रह गरेका हुन् ।
श्री शिखर उच्च माध्यमिक विद्यालय, रामघाटमा कक्षा ५ मा अध्ययनरत दीक्षालाई बैशाखको अन्तिम साता ज्वरो आएपछि जिल्लाको नर्सिङ्ग होममा चेकअप गर्दा मृगौलाको समस्या भएको पत्ता लागेको थियो । पछि काठमाण्डौं शिक्षण अस्पतालमा रिफर गरिएकी उनको मृर्गौला चेकजाँच गर्दा दुवै दुवै मृगौला फेल भएकोले प्रत्यारोपण गर्नुपर्ने रिपोर्ट अस्पतालले दिएको थियो ।
अस्पतालले मृर्गौला प्रत्यारोपणका गर्नुपर्ने बताए पनि आर्थिक अभावका कारण उनको उपचार अघि बढ्न सकेको छैन । उनका बाबु अमरबहादुर बुढाले उनको सम्पर्क नम्बर ९८४८१०८१०५ मा सम्पर्क गरेर या राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, सुर्खेतको खाता नं. ४०८००३८५६५१० मा रकम संकलन ग रेर सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । आजको रातो पाटीमा खबर छ
feed news collection from etaja khabar http://ift.tt/1KFsw2T
निर्देशन दिनेर राउत र निर्माता सुवास गिरीले भुकम्पका कारण अहिले मनोरञ्जनको समय नभएको भन्दै चलचित्र ‘क्लासिक’को छायांकन २ महिना पछि सरेको जानकारी दिएका छन् ।
नयाँ बर्षको पूर्व सन्ध्यामा भव्य कार्यक्रम गर्दै घोषणा गरिएको यो चलचित्रको छायांकन वैशाख १५ बाट गर्ने तयारी गरिएको थियो । तर, वैशाख १२ गते भुकम्प आएपछि चलचित्रको छायांकन अनिश्चितकालका लागि सरेको थियो । अब यो चलचित्र साउन १५ गतेबाट फ्लोरमा जानेछ ।
चलचित्रको छायांकन सरेको जानकारी पत्रकार, प्राविधीक र कलाकारलाई गराइएको निर्माता सुवास गिरीले बताए । नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको यो चलचित्रले आँखा नदेख्नेहरुको कथा भन्छ ।
लामो समयदेखि चलचित्रको तयारी भैरहेको थियो । माघ २९ गते प्रदर्शन मिति तय गरेर चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको थियो । आजको अनलाइन खबरमा खबर छ।
feed news collection from etaja khabar http://ift.tt/1KFsw2P
गोरखा जेठ १७– गएको माघमा काठमाडौं जाँदा अन्तिम पटक एलिसको मुहार देखेको थिएँ, प्रलयले मेरी छोरीलाई मात्र लगेन साँढे दुई वर्षको अवोध आर्जनलाई पनि लग्यो सर । ’ यत्ति भन्दै नारायणी देवी भक्कानिन थालिन् । उभिइरहेका माओवादी अध्यक्ष प्रचण्ड थचक्क मुढामा बसेर संझाउन थाले ‘नारायणी जि,नरुनुस् एलिस जस्तै अरु दशहजारले ज्यान गुमाएका छन् । यसरी रोएर छोरी फर्किन्नन्, मन बुझाएर बस्नुपर्छ ।’
शनिवार आफूले लामो समय अध्यापन गरेको गोरखा आरुचनौटे गाविसको आरुघाटमा पर्ने भिमोदय उमाविमा पुग्दा एमाओवादी अध्यक्ष प्रचण्डलाई ‘सर’ भन्नेहरुको ठूलै ताँती थियो । विसं २०३३ सालदेखि ०३५ सम्म पढाउँदा आरुघाटका प्रायः सबैले प्रचण्डलाई ‘सर’ भन्थे । प्रचण्डसँगै पढाएका नारायणी देवी श्रेष्ठका श्रीमान् गणेश कुमार श्रेष्ठ अहिले भिमोदय उच्च माविको विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष भएका छन् । नारायणीको भन्दा पल्लो भुनव प्रसाद श्रेष्ठको घरमा डेरा गरेर पढाएका प्रचण्डले साथी शिक्षक गणेसको घरमा खाना खाने गरेका थिए । करिब तीन वर्ष चियादेखि खानासम्म नरायणीले नै बनाएर खुवाइन् ।
‘पछि यत्ति ठूलो नेता हुनुभो,आज आउँदा आफैँ अभिभावक आएजस्तो लाग्यो’ नारायणीले आँसु पुच्दै भनिन् ।
माओवादी अध्यक्ष प्रचण्ड आफ्ना साथी शिक्षकको छोरी र नातीको मृत्युको खवर सुनेपछि गणेश श्रेष्ठको घरमा पुगेका थिए ।
भिमोदय उमाविमा पार्टीले चलाइरहेको श्रम अभियानमा सहभागी भएपछी प्रचण्ड आरुचनौटे–३ को जनशक्ति निमावी पुगे । जनशक्ति निमावि नजिकै गणेशको घर थियो । भग्नावशेषमा परिणत भएको जनशक्ति निमावि नजिकै निर्माणाधीन अस्थायी कक्षाकोठामा गणेशलाई प्रचण्डले सोधे – नारायणी जि,काठमाडौंमा हुनुहुन्छ कि यतै हो ? गणेशले भने ‘घरमै छिन् सर ।’
त्यसपछि प्रचण्ड गणेश श्रेष्ठको घरतिर हनिए । गणेश श्रेष्ठको सुन्दर घरलाई प्रलयले भग्नावशेषमा परिणत गरिदएको थियो । वरिपरि आँप र लिचीका बगैंचा थिए । तीमध्ये एउटा आँपको छहारीमा गुन्द्री हालेर नारायणी झोक्राइरहेकी थिइन् । आफ्नो आँगनमा प्रचण्डलाई देख्नासाथ भक्कानिएकी नारायणीले भनिन् ‘माघमा काठमाडौं जाँदा एलिसको हातले पकाएको खाएकी थिएँ, त्यसपछी भेट भएको थिएन, वैशाख १२ गते एक्कासी घरले पुरेको खबर आयो ।
उनकी ३५ वर्षीया छोरी एलिस श्रेष्ठ र नाती आर्जनले काठमाडौंको शोभा भगवतीमा ज्यान गुमाएका थिए । आफ्नी नन्दको घरमा लगाइएको पूजामा सहभागी भैरहेको बेला भूकम्पले घर ढलेसँगै उनीहरुको ज्यान गयो । ‘छोरी शोभा भगवती पुगेको पाँच मिनेटमै त्यस्तो भएछ नारायणीले भनिन् ।
नारायणी लगातार विलौंना गर्दै रोएपछी माओवादी अध्यक्ष भावुक बने । उनी पटक–पटक उठेर हिँड्न खोज्थे तर उठ्नै सकेनन् । प्रचण्ड कहिले आफ्नो छोरी जस्तै अरुले पनि ज्यान गुमाएकाले सबैको यस्तो भएको छ भनेर मन बुझाउन आग्रह गर्थे, कहिले दुःख साट्न आएको भन्थे । आँसु पुछ्दै नारायणी उत्तर दिन्थिन् – बिर्सनै सक्दिनँ सर,अरु धेरैले ज्यान गुमाए पनि आफ्नो मात्रै ठूलो जस्तो लाग्छ ।’
त्यसपछि प्रचण्डको छेउमै उभिएका गणेशले श्रीमतीलाई नरुन आग्रह गरे । ‘तपार्इंहरुको दुःख हामी सबै मिलेर झेलौंला’ भन्दै प्रचण्ड बिदा भए । नारायणी रोइरहिन् ।
छोरी एलिस श्रेष्ठलाई गणेशले त्रिशुलीका एक इन्जिनीयरसँग विवाह गरिदिएका थिए । उनका तीन छोरी र एक छोरामध्ये छोरा यशुकर श्रेष्ठ बोटलर्स नेपालमा कार्यरत छन् । आजको रातो पाटीमा खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1Jg6WzW
एजेन्सी ।
बलिउड अभिनेत्रीहरुबीच विवाह नगर्ने आमा बन्ने प्रतिस्पर्धा चलिरहेको छ । खासमा उनीहरुले विवाह नगरेपनि सन्तानकोरुपमा वालवालिका हुर्काउने र हेरचाह गर्ने काम गरिरहेका छन् ।
यस्तै अविवाहित तर धेरै सन्तानकी आमा हुन् सुन्दरी प्रिती जिन्टा । विवाह नभएकी प्रति जिन्टासँग ३४ सन्तान रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्नो जन्मदिनको अवसरमा प्रितले आफू यतिधेरै सन्तानको आमा रहेको खुलासा गरेकी हुन् । उनले ३४ वालवालिकालाई धर्म सन्तानकोरुपमा अपनाएको र नयाँ जीवन दिने बताएकी छिन् ।
यो पनि हेर्नुस्
सलमान भन्छन्ः प्रितीलाई पत्नि बनाउन चाहन्छु
प्रिती जिन्टासँग रोमान्स गरेका सेलिब्रेटी को को
The post विवाह नभएकी तर आमा बनेकी प्रिती जिन्टा appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1LQBBDK
via IFTTT
हलिउड कलाकारहरु फिल्ममा आफ्नो भुमिका निभाउनको लागि आफ्नो खानपान देखि रुपरंग नै परिवर्तन गर्छन्। फिल्मको भुमिका जीवन्त पार्न यस्तो गर्ने कलाकारहरु कहिले त यति सम्म परिवर्तन भइदिन्छन् कि ‘एउटै मान्छे हो र?’ भन्ने प्रश्न सिर्जना हुन्छ। अभिनय जीवनमै उतारिन्छ। शरिरको तौल देखि कपाल अनि दाह्रीको नौला रुपहरुमा देख्न पाइन्छ कलाकारहरुलाइ। ‘कास्ट अवे’ फिल्मको लागि टम ह्याङक्सले आफ्नो तौल अप्रत्यासित रुपमा घटाएका थिए। त्यस्तै नटालिया पोर्टम्यानले ‘ब्ल्याक स्वान’ फिल्मको लागि करिच २० पाउंण्ड तौल घटाएकी थिइन। त्यस्तै क्रिस्चिएन बेल ले ‘द म्यासिनिस्ट’ को लगि करिब ६३ पाउण्ड तौल घटाएका थिए।
हलिउडका केही फिल्मका लागि यस्तै केही कलाकारहरु कस्तो सम्म परिवर्तन भए?हेर्नहोस् केही तस्बिरहरु,
निकोलस केज आउदै गरेको फिल्म ‘आर्मी झफ वन’मा
रसल ब्रान्ड, डेनिस ओहेर, केन मरिनो, पल शीर जस्ता कलाकारहरु को भुमिका रहने यो कमेडी फिल्ममा ओसामा विन लादेनलाइ समात्ने सम्बन्धि कथा रहेको खुलासा भएको छ। यो फिल्म वास्तविक घटनामै आधारित हुने छ। यो फिल्म सन् २०१५ को अन्त्य तिर रिलिज हुने तय गरिएको छ।
चार्लीज थेरोन ‘मन्स्टर’मा
सन् २००३ नोभेम्बर १६ मा रिलिज भएको यो ‘क्राइम ड्रामा’ फिल्मले करिब ८० लाख डलर कमाएको थियो। चार्लिज थेरोन सहित क्रिस्टिना रिची, ब्रुस डर्न, ली टर्जीसन आदिको मुख्य भुमिका भएको यो फिल्मको अभिनयले थेरोनले सत्रवटा अवार्ड पाएकी थिइन जसमा एकेडेमी अवार्ड(उत्कृष्ट नायिका), गोल्डेन ग्लोब अवार्ड(उत्कृष्ट नायिका), स्क्रिन एक्टर्स गिल्ड अवार्ड हरु पनि रहेका छन्।
म्याथ्यु म्याकनौहे ‘डलास बायर्स क्लब’मा
यो फिल्म सन् २०१३ नोभम्बर १ मा रिलिज गरिएको थियो। ५० लाख डलर खर्च गरि बनाइएको यो फिल्मले ५५० लाख डलर कमाएको थियो। एचआइभी्/एड्स को भर्खर रिसर्च भइरहदाको अवस्थालाइ लिएर फिल्मको कथा वस्तु आधारित छ।
ह्यूग ज्याकम्यान ब्ल्याकबियर्ड को भुमिकामा ‘प्यान’ फिल्ममा
सन २०१५ अक्टोबर ९ मा रिलिज हुने प्यान फिल्म करिब १५०० लाख डलर खर्चमा बनाइएको छ। यो ‘फेन्टासी’ फिल्ममा ह्यूग ज्याकम्यान सहित ग्यारेट डेडलुन्ड, रुनी मारा अनि अमान्डा सेफ्राइडको मुख्य भुमिका रहनेछ।
एडी रेडमैन लिली एल्बेको भुमिकामा ‘द डेनिस गर्ल’मा
यो फिल्म सन् २०१५ नोभेम्बर २७ मा रिलिज हुनेछ। डेबिड एबरशफको उपन्यासमा आधारित यो फल्ममा एडीको सहित एलिसिया भिकेन्डर, एम्बर हर्ड, म्याथियास सोनर्टस आदिको मुख्य भुमिका रहनेछ।
निकोल किडम्यान ‘द आवर्स’मा
सन् २००२ डिसेम्बर २५ मा रिलिज भएको यो फिल्मले १० करोड डलर कमाएको थियो। उपन्यासमा आधारित यो फिल्ममा निकोल सहित जुलियानि मोरे, एड ह्यारिस आदिको भुमिका रहेको छ।
जेरेड लेटो जोकरको भुमिकामा आउदै गरेको फिल्म ‘सुसाइड स्क्वाड’मा
मार्गोट रोबी ‘सुसाइड स्क्वाड’मा
वील स्मिथ, जेरेड लेटो, आदिको मुख्य भुमिका रहेको यो फिल्म सन् २०१६ अगस्ट ५ मा रिलिज हुनेछ। डीसी इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्म ‘सुपर हिरो’ आधारित कथामा छ।
स्टीभ क्यारेल ‘फक्सक्याचर’
स्टीभ क्यारेल, च्यानिङ टाटम, मार्क रुफ्यालो आदिको मुख्य भुमिका सहित को यो फिल्म सन् २०१४ मे १९ मा रिलिज गरिएको थियो। यसले १५० लाख डलर कमाउन सफल भएको थियो।
The post फिल्मकै लागि यस्तोसम्म गर्छन् हलिउड कलाकार (फोटो फिचर) appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1LQBzeW
via IFTTT