Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1yOy7IO
via IFTTT
काठमाडौं,माघ १७ – पानीको ‘कार्टेलिङ’ गरेको ठहर गर्दै वाणिज्य तथा आपूर्ति विभागले प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐनअन्तर्गत काठमाडौंको शीतल जल उद्योगमा सिलबन्दी गरेर कारबाही माग गर्दै गत आइतबार (माघ ११ गते) आवश्यक प्रक्रिया नपुर्याई काठमाडौं जिल्ला प्रशासनमा मुद्दा दायर गर्यो।
प्रशासनले प्रक्रिया पूरा नगरेको तथा उक्त ऐनअन्तर्गत पुनरावेदन अदालतको वाणिज्य इजलासमा मुद्दा दायर गर्नुपर्ने भन्दै सोही दिन फाइल फर्कायो। उक्त उद्योगले उन्मुक्ति पायो।
उपभोक्ताबाट चर्को मूल्य असुल गरेको अभियोगमा गत आइतबार (माघ ११ गते) विशालबजारका ६ जना व्यापारीविरुद्ध विभागले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत प्रक्रिया नपुर्याई हदबन्दी कटाएर काठमाडौं जिल्ला प्रशासनमा मुद्दा दायर गर्यो।
जिल्ला प्रशासनले आफू अनुसन्धान गर्ने तथा तहकिकात गर्ने निकाय नभएको तथा हदबन्दी कटाएर आवश्यक प्रक्रिया नपुर्याई मुद्दा आएकाले केही गर्न नसक्ने भन्दै सोही दिन विभागलाई फाइल फिर्ता पठायो।
विभागले पुस २४ गते धादिङ नौबीसेको सुगम ग्यास उद्योगमा अनुगमन गर्यो । उक्त उद्योगले पुरानो डिलरलाई ग्यास उपलब्ध नगराई काठमाडौं बानेश्वरस्थित नयाँ डिलर कर्माचार्य सप्लायर्स कम्पनीलाई प्रतिसिलिन्डर दुई हजार एक सय रुपैयाँका दरले सय थान सिलिन्डर बिक्री गरेको रसिद बरामद भयो।
पुरानो डिलरलाई सिलिन्डर उपलब्ध नगराई बढी मूल्य लिएर नयाँ डिलरलाई ग्यास उपलब्ध गराएको ठहर गर्दै विभागका महानिर्देशक शम्भु कोइरालाले आफैं हस्ताक्षर गरेर कुनै प्रक्रिया पूरा नगरी कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारबाही माग गर्दै माघ २ गते काठमाडौं जिल्ला प्रशासनमा फाइल पठाए।
प्रशासनले यसको कार्यक्षेत्र धादिङभएकाले त्यहाँ नै प्रक्रिया अघि बढाउनुपर्ने तथा आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै आइतबार (माघ ११ गते) उक्त फाइल फर्कायो।
भरिएको ग्यास सिलिन्डर लुकाएर राखेको भन्दै विभागले पुस ३० गते कमलपोखरीस्थित प्रगम ग्यास स्टोरका सञ्चालक प्रगम मानन्धरविरुद्ध आवश्यक सम्पूर्ण प्रक्रिया पुर्याएर हदबन्दीभित्रै कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत काठमाडौं जिल्ला प्रशासनमा मुद्दा दायर गर्यो।
प्रशासनले सबै प्रक्रिया पूरा गरेको तथा हदबन्दीभित्रै अभियोगपत्र दायर भएकाले आवश्यक छानबिन गरेर कारबाही अघि बढाउँदै सोही दिन उक्त व्यापारीलाई ७५ हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा गर्यो।
उपभोक्तालाई राहत दिन नियमित अनुगमनको जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति विभागले कालोबजारी ऐन तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनअन्तर्गत मुद्दासम्बन्धी अभियोगपत्र दायर गर्ने निकाय, क्षेत्राधिकार तथा अभियोगपत्र दायर गर्नुअघि पालना गर्नुपर्ने प्रक्रियाहरू पालना नगर्दा दोषी व्यक्ति र उद्योगले उन्मुक्ति पाउँदै आएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1yOy7bL
via IFTTT
लोक गायिका ज्योति मगर लोक गायन क्षेत्रमा धेरैले चिन्ने नाम हो । कतिपयले उनलाई गायनले भन्दा अंग प्रदर्शनले बढी चिनाउन खोजेको भनेर आरोप पनि लगाउँछन् ।
कतिपय कार्यक्रममा उनले लगाएका पहिरन र प्रस्तुती साह्रै उत्ताउलो भएको भन्ने टिप्पणी समेत भए । नेपाल टेलिभिजनमा उनको अन्तरवार्ता नै रोकियो । आफ्नै विषयमा उनको भनाइ चाँहि के छ त? नेपाली हेडलाइन्सले गायिका ज्योति मगरसँग गरेको कुराकानीको संपादित अंशः
आजभोली के मा व्यस्त हुनु हुन्छ ?
–यता उता कार्यक्रम, कन्सर्ट यस्तै । भ्याइ नभ्याइ नै त छैन् । तर नर्मल रुपमा चलिरहेको छ ।
पछिल्लो गीत कुन निकाल्नु भो ?
–पिरतीमा दम छ । अब तत्काल नै रोइला रिलिज हुँदै छ । चाँडै नै सार्वजनिक हुन्छ ।
कहिलेदेखि गीत गाउन थाल्नु भयो ?
–प्रोफेसनलरुपमा ०६२/०६३ सालबाट सुरु गरेको हुँ ।
यस क्षेत्रमा कसरी प्रवेश गर्नु भो ?
–रहरले प्रवेश गरे । स्कुल पढ्ने बेला स्कुलमा हुने दोहोरी प्रतियोगिता । त्यसपछि विभिन्न दोहोरी प्रतियोगीता र एसएलसीपछि काठमाडौं आएपनि निरन्तर रुपमा सुरु गरें ।
पहिलो एल्बम कसरी आयो? शुरुमा एल्बम कसरी निकाल्नु भो ?
–०६३ बाट रेकर्डिङ सुरु भएर ०६४ सालमा आइपुग्दा भिजियुलसम्म भएको थियो तर सार्वजनिक नै भएन । नयाँलाई प्राथमिकता दिइएन । कम्पनीहरुको लागि सायद मेरो गीत फिट भएन कि ? दोस्रो ,मायासँग र तेस्रो यही मूलाको चानाले स्थापित गरायो ।
लोक गायिका हुन कति सजिलो छ ?
–पहिला आउन आह्रो थियो । अडियो क्यासकेटमा सबैले चिन्थे । अहिले अलिकता पैसा भयो आउन सजिलो छ । टिक्न धेरै गाह्रो छ । धेरै मान्छेहरुले चिन्न गाह्रो छ ।
तपाई स्थापित हुनुभयो त ?
छैन, संघर्षमै छु ।
गायिका भएर बाच्न सकिने अवस्था छ ?
–कसरी जिउन चाहान्छौं भन्ने कुरा हो । जे छ त्यसमा जिउने हो भने हात मुख जोडन पुग्छ । घर किन्ने र गाडी किन्न गाह्रो छ ।
तपाईलाई उत्ताउलो गायिका भन्छन नि त ?
– त्यस्तो भन्नेहरुलाई धन्यवाद दिन चाहन्छु । उत्ताउलो भन्नाले समाजमा पच्ने कि नपच्ने कुरा आउँछ । मरो गीत सभ्य भाषामा बनाइएको छ । सेक्सलाई मिठो तरिकाले प्रस्तुती गरिएको छ । त्यो हिसाबले पच्छ । अहिलेसम्म त्यसलाई पचाएकै छन् । फुयुजन गर्ने हिसाबले नै सेक्सी टाइपको गीत बनाएको हुँ ।
लोक गीतमा सेक्स भन्ने कुरा त्यति धेरै आउँदैन तपाइँले त जवर्जस्त ल्याउनु भो नि हैन ?
–कसरी ? जिम्माल वाउकी छोरी सुन्न भएको होला । त्यस गीतमा एउटा पार्ट यस्तो छ–
कालो रातमा रमाइलको रंग भो
जे हुनुथ्यो मायालुसँग भो
जिम्माल बाउकी छोरी अध्याँरोमा ला’को माया काली छौ कि गोरी ?यसको अर्थ अध्याँरोमा माया लगाइयो जे भयो–भयो । तर अर्को दिन कालो थियो कि गोरो थियो थाहा नै भएन । यसलाई सेक्सी भन्ने सोच्यो भने हो । तर मलाई उत्ताउलो भन्ने लाग्दैन ।
तपाईको परिभाषामा सेक्सी भनेको चाँहि के हो ?
–सुन्दर । कसरी व्यक्त गर्ने मैले । अलिकता मिठो । थोरै भएपनि सेक्स ओरिएन्टेड । अध्याँरोमा माया लाएको टाइपको ।
तपाईको त पहिरन पनि पप गायिकाको जस्तो छ नि ?
गायक÷गायिकाले घाँटी बेच्ने हो । नाच्नेले नृत्य देखाउने हो । कलाकार भनेको मनोरञ्जन दिनेहरु नै हुन् । दर्शकलाई स्वरले होस कि पहिरनले होस कि हाउभाउले होस । म कलाकार भन्दा पनि दर्शक नै हुँ । म पनि कन्सर्टहरु हेर्छु । त्यो कुरा म पनि फिल गर्छु । उँभिएर गाएको गीत भन्दा नाचेर गाएको गीतमा मनोरञ्जन बढी हुने गर्छ ।
तपाईलाई अंग प्रर्दशन गर्ने गायिका पनि त भन्छन नि, एउटा त अन्तरवार्ता नै रोकियो होइन ?
–केही हदसम्म हो । अंग प्रदर्शन भनेको अंग देखाउनु हो । आजको फेसनलाई फलो गर्नुपर्छ भन्ने हो । यसको अर्थ यो होइन कि मेरो अंग देखाउनु पर्छ । एनटिभीमा लिएको अन्तर्वार्ता रोक्नु नै पर्ने त्यस्तो ठूलो कारण थिएन । किनकी गुन्यू चोली ओपन छ भन्दैमा अलिकति क्लिभेज ओपन छ भन्दैमा देखाउन नसक्नु त उहाँहरुको कमजोरी हो । देखाउनको लागि होइन । प्रायः ड्रेसहरुमा नेपालीपन नै हुन्छ । जापानको कार्यक्रममा पनि मैले सारी लगाएको थिए । देखाउने मानिसले स्कर्ट लाउँछ । टू पिस लाउँछ । सारी लाएर जाँदैन नि त ? मैले आधुनिक सारी बनाएको हो ।
जापानमा त उत्पातै गर्नु भो होइन ?
–जापानको कार्यक्रममा दुई वटा पोसाकमा उभिएँको थिए । पहिलो गुन्यू चोलीमा देखिएको छ । सारीमा प्रस्तुत हुँदा ग्ल्यामर त विक्री हुँदो रहेछ नि ? मिडियामा पनि नकारात्मक मात्र किन ? सकारात्मक किन आएन न त ? कुन गीतमा के लगाउने भन्ने कुरा अहिलेसम्म कानुनमा लेखिएको छैन । सबैले नेपाली पोसाकलाई प्राथमिकता दिनुपर्छ ।
यो पनि हेर्नुस्
लोक गायिकाले यस्तो गरेपछि ...(तस्विर सहित)
लोक संगीतको क्षेत्रमा राम्रा/नराम्रो पक्ष के छन् ?
–लोक गीतको क्षेत्रमा लोक गीतको क्षेत्रमा विमाकुमारी दुरा विष्णु माझीले जस्तै गीत गाउनु पर्छ भन्ने छ । यो भन्दा फरकपन दिन खोज्दा पत्याउनु हुन्न । तर हाम्रो सर्कलमा सहकर्मीहरु एक अर्कोमा आत्मियता छ । लोक क्षेत्रमा अन्य क्षेत्रमा भन्दा बढी सहकार्य छ । त्यो राम्रो पक्ष हो ।
नयाँ कलाकारलाई तपाईको सुझाव ?
म्युजिक भनेको सरस्वतीको पूजा हो । दाम कमाउने कुरा नगर्नुहोस लगनशिता र धैर्यता चाहिन्छ ।
र अन्त्यमा...
जसरी ज्योती मगरलाई आरोप पनि छ । चर्चामा आउनको लागि गर्छ भन्ने छ । यो गलत छ । सबै कपडा खोल्नेहरु चर्चित पनि छैनन् । सबै कपडा लगाउनेहरु पनि चर्चित छैनन् । कामसँग सरोकार राख्छ । म मेहनेत गर्ने कलाकार हो ।source nepaliheadlines
from Bichitra Khabar http://ift.tt/1DfMkCR

भनिन्छ कुमारित्व नारीको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले कुमारित्व तोडिनुले उनीहरुमा ठूलो अर्थ लाग्छ, कमसेकम आफ्नै आत्मविश्वास र गर्वका लागि । त्यसैले कुमारित्व तोडिनुलाई महिलाले जिवनको सबैभन्दा ठूलो मूल्य चुकाउने विषयको रुपमा लिने गर्छन् भनिन्छ । धेरै महिलाहरुले पहिलोपटकको सम्भोगमा आफ्नो कुमारित्वको विषयलाई लिएर आफैप्रति घृणा अनुभुति समेत गर्ने गर्छन् । नगरुन् पनि किन, त्यो क्रिडापछि उनीहरुसँग कुमारित्व भन्ने चिज स्वाहा हुन्छ ।
तर कुमारित्व तोडिने विषय पछिल्लो समयमा महिलाको लागि दुखको कुरा नभएर आनन्दको विषय बन्दै गएको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार पहिलेको समयको तुलनामा महिलाहरुले आफ्नो कुमारित्व तोड्ने कार्यमा बढि आनन्द भोग गर्ने गर्छन् ।
जर्नल अफ सेक्स रिसर्चमा छापिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘महिलाहरुले आफ्नो सबैभन्दा पहिलो सम्भोगका बेला बढि आनन्द तथा कम पश्चाताप महसूस गर्ने गरेका छन् भने पुरुषहरुमा पनि चिन्ता घट्दो छ ।’
महिला र पुरुषबीचको समग्र लैंगिक भिन्नता कुमारित्व क्षयिकरण सम्म पुगेको छ । यद्यपि यस्तो फरकपनामा भने सन् १९८० यता महत्वपूर्ण परिवर्तन आएको शोधकर्ताहरु बताउँछन् ।
पहिलोपटकको सम्भोगमा पुरुषले प्राप्त गर्ने आनन्द पछिल्लो ३ दशकमा समान रहेको छ, जबकी महिलाले भने पहिलोपटकको सम्भोगमा प्राप्त गर्ने आनन्दमा उल्लेखनीय बढोत्तरी गरेका छन्, रिपोर्टमा भनिएको छ । पहिलो सम्भोगमा पुरुषको चिन्ताको तह तथा महिलाको पश्चातापको तह दुबै घट्दै गएको पाइएको छ ।
रिपोर्ट अनुसार महिलाको यौनिकता सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता अनुसार परिवर्तन हुँदैछ ।
from Bichitra Khabar http://ift.tt/1zfPzLG
via IFTTT