एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ । तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै पनि कहाँ थाहा छ र ?
बन्दुक बोकेकी आमाको झोलाबाट ती बालकले त्यो बन्दुक झिके र अन्जानमै पकड्काउन पुगे । आमाले सो बन्दुक पड्काउनलाई ठिक्क पारेर झोलामा राखकाले यो दुर्घटना हुन पुगेको हो । लस एन्जेल्सको हाइडेनमा रहेको इदाओ डिपार्टमेन्टल स्टारेमा २९ वर्षीया आमा बेरोनिका रुट्लेज आफ्नो परिवारसँग किनमेल गरिरहेकी थिइन् ।
सोही क्रममा ती महिलाको दुई वर्षीय छोराले झोलाबाट बन्दुक झिकेको पत्तै भएन । बन्दुक झिकेपछि ती बालकले आमालाई ताकेर हानेको बताइएको छ । यो निकै नै दुःखद घटना भएको छ– त्यहाँका एकजना स्थानीय अधिकारीले बताएका छन् । यो दुर्भाग्यवस हुन पगेको घटना हो उनको भनाई छ ।
ती आमाले छोरालाई उक्त स्टोरको ह्वील चियरमा राखेर आफूले सामान छान्दै गरेकी थिइन् र सोही समयमा उनले आमाको झोलाबाट त्यो बन्दुक झिकेका थिए । उनी बिदा मनाउने क्रममा किनमेलका लागि त्यहाँ गएकी थिइन् । उनले सो समयमा कुनबेला आफ्नो छोराले बन्दुक झिक्यो भन्ने नै थाहा नपाएको हुनसक्ने अनुमान गरिएको छ ।
ती महिलाले लाइसेन्स लिएर नै बन्दुक राखेको खुलेको छ । अमेरिकामा व्यक्तिले लाइसेन्स लिएर बन्दुक राख्न पाउने वा नपाउने भन्ने बारेमा बहस जारी रहेका बेला मङ्गलबार यो घटना भएको छ । स्थानीय सो डिपार्टमेन्टल स्टोरले पनि विज्ञप्ति प्रकाशन गरी निकै नै दुःखद घटना आफ्नो पसलमा भएको र पसलमा किनमेलाका लागि आएकी एक ग्राहकको अन्जानमा ज्यान गएको बताएको छ ।
उनी अरु तीनजना बालबालिकासँगै किनमेलका लागि त्यहाँ गएकी थिइन् । झोलाबाट त्यो बन्दुक झिक्ने काममा सघाएका थिए वा थिएनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
from News Portal Of Global Nepali » अन्तराष्ट्रिय http://www.nepalbritain.com/?p=24077
via IFTTT
गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि जर्मनीको फ्याङ्कर्फटमा ४६ लाख रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको आयोजनामा डिसेम्बर २७ तारिख साँझ फ्याङर्फटमा आयोजित कार्यक्रममा उपस्थीत गैरआवासीय नेपाली अगुवा तथा प्रतिनिधिहरुले गरेको प्रतिबद्धताबाट सो रकम संकलन भएको हो ।
एनआरएन जर्मनीका अध्यक्ष हरेन्द्र बनेमका अनुसार काठमाण्डौमा केन्द्रीय कार्यालय बनाउनका लागि थप रकमको आबश्यकता भएकाले रकम संकलन अभियानलाई जारी राखिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले स्वतस्फूर्तरुपमा आ-आफ्नो तर्फबाट सहयोग रकमको घोषणा गरेका थिए ।
कार्यक्रममा एनआरएन आईसीसीका महासचिव कुमार पन्त, एनआरएन सल्लाहकार दीलबहादुर गुरुङ, एनआरएन भवन निर्माण समिति युरोप संयोजक जानकी गुरुङ, एनआरएन जर्मनीका निर्वतमान आईसीसी सदस्य सन्तोषकुमार भट्टराई, एनआरएन बेल्जियमका सल्लाहकार सुकदेव तथा अष्ट्रेलियाकी महिला उद्यमी जमुना घले लगायतका अतिथिका रुपमा उपस्थीत हुनुहन्थ्यो ।
करिव १५ करोड लागतमा काठमाण्डौमा निर्माण गर्न लागिएको गैरआवासीय नेपाली संघको केन्दि्रय कार्यालय भवनका लागि अध्यक्ष घले आफै उपस्थीत भई बिभिन्न मुलुकमा रकम संकलन अभियान संचालन गरिरहनुभएको छ । यसअघि अष्ट्रेलिया, अमेरिका, हङकङ, थाइल्याण्ड लगायतका क्षेत्रमा अभियान संचलान गर्नुभएका अध्यक्ष घले यतिबेला अभियान संचालनका लागि युरोप क्षेत्रको भ्रमणमा हुनुहुन्छ ।
from Online Khabar » प्रवास http://www.onlinekhabar.com/2014/12/223979/
via IFTTT
१६ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र व्यवस्थापनको आपसी विवादका कारण प्राधिकरणले आयोजना गरेको १६ औं वाषिर्क उत्सवको कार्यक्रम अन्यौलमा परेको छ ।
कर्मचारीले प्राधिकरणमा पेशागत, संस्थागत तथा नीतिगत सुधारका लागि राखेको माग सुनुवाई नगरेको भन्दै प्राधिकरणले आयोजना गरेको वाषिर्क उत्सवको कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।
विभिन्न ट्रेड युनियनका पदाधिकारी कार्यक्रम स्थलमा आएर बहिष्कार गर्ने दाबी गरिरहँदा बिहान १० बजेका लागि निर्धारण गरेको उत्सव उद्घाटनको कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन् ।
प्राधिकरणका कर्मचारीले नेपाली आकाश युरोपियन युनियनको कालोसूचीमा परेपनि त्यसबाट हटाउनका लागि व्यवस्थापनले कुनै कदम नचालेकाले तत्काल त्यसकेा सुनुवाई गर्न माग गरेका छन् ।
त्यस्तै देशमा सञ्चालनमा रहेका सम्पूर्ण विमानस्थलको स्तरोन्नती गर्नुपर्ने, विमानस्थलमा रहेको शौचालय, क्यान्टिनलगायतको सरसफाइ तथा स्तरोन्नतीमा ध्यान दिनुपर्ने, कर्मचारीको वृद्धिविकासका लागि काम गर्नुपर्ने, क्यानमा हुने नीतिगत भ्रष्टाचारको अन्त्य हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
आफ्ना मागहरु व्यवस्थापन पक्षले सम्बोधन नगरेका कारण प्राधिकरणको उत्सव कार्यक्रम दुःखमा परिणत भएको आधिकारीक ट्रेड युनियनका अध्यक्ष दमन रावलले बताए ।
आफ्ना माग सम्बोधन नभएसम्म उत्सव सञ्चालन गर्न नदिने भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय कमचारी संगठन, लोकतान्त्रिक कर्मचारी संगठन, तराईमधेश कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी युनियन र आधिकारीक ट्रेड युनियनका पदाधिकारी आन्दोलनमा उत्रिएका छन् ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/223976/
via IFTTT
गौतम श्रेष्ठ
१६ पुस, रौतहट । शितलहरसँगै बढेको चिसोले रौतहटमा मंगलबार राति एक जनाको मृत्यु भएको छ । योसँगै चिसोकै कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
अत्याधिक चिसोका कारण कठ्याग्रिएर पिपरा पोखरीया ८ का ५० वर्षका बलि हजराकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रंगपुर १ मा रामचन्द्र चौधरीको घरमा पराल काटन गएका हजराको गए राति ३ बजे मृत्यु भएको थियो । तीन जना गाँउले सँगै पराल काटन गएका हजरा बिहान ३ बजे चिसोले काम्दै गरेको देखे पछि अन्यले सहयोग जुटाउन खोज्दै गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
हजरासँगै रौतहटमा चिसो कै कारण ज्यान गुमाउनेको सँख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्ग अनुसार शितलहरका कारण गम्हरीया बिर्ता २ का राजदेव पंडित, पि्रपा रजवाडा ७ का रामबलि देवी र सुखल महतो तथा देवाही ५ का काशी साह, संग्रामपुर गाविस ९ पर्सा टोलका जनक हजारी पासवान, पिपरिया गाविस ६ की १२ बषिर्या रिमा कुमारी यादवको को कठ्याग्रिएर मृत्यु भइसकेको छ ।
आज चार दिन पछि रौतहटको मौसममा केही सुधार देखिएको छ । लामो समय पछि आज घाम लागे पछि स्थानीयलाई केही राहत महसुस भएको छ ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/223981/
via IFTTT
१६ पुस, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताको भावनाबाट अघि बढ्न सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले वीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापबाटै लोकतन्त्रलाई स्थायित्व दिन सकिने बताए ।
३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिपी कोइराला स्मृति ट्रष्टले बुधबार बिहान राजधानीमा गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सबै दलका नेताले नयाँ संविधान निर्माणमा सरकारलाई सहयोग एवम् समर्थन गर्ने विश्वास व्यक्त गरे ।
मुलुकको शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकासका निम्ति संविधान अपरिहार्य भएको कोइरालाको भनाइ थियो ।
ट्रस्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कोइरालाले मुलुकको चौतर्फी विकास र लोकतन्त्रको स्थायित्वका लागि बिपीले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति देश विकासको माध्यम बन्नसक्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कोशलराज पौडेलले रचना गरेको ‘विश्वेश्वरप्रसाद कोइराला’ महाकाव्य पनि विमोचन गरेका थिए ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/223958/
via IFTTT