दाङ, श्रावण ८ । दाङको घोराही नगरपालिका–४ चौघेरामा रहेको मनकामना बोर्डिङ स्कुलमा पढाउने एक शिक्षकको लापरबाहीले एक बालिकाको आँखाको ज्योति गुम्नसक्ने देखिएको छ । शिक्षकको पिटाइका कारण कक्षा ७ मा अध्यनरत चौघेरा निवासी १२ वर्षीया रसीयाली बुढाले आँखाको ज्योति गुमाउने स्थिति उत्पन्न भएको हो । गत आषाढ १८ गते ‘लोटस’विषय पढाउन गएका शिक्षक सोम पौडेलले ‘अक्षर राम्रो लेखेनौ’ भनेर सबै विद्यार्थीहरुलाई सामूहिक रुपमा लाइन लगाएर हरियो छडी प्रयोग गरी पिट्न सुरु गरे । त्यही क्रममा रसीयालीको आँखामा छडी लाग्नपुग्यो र उनी बेहोस भइन् । (थप भिडियोमा हेर्नुहोस्) यहाँ बक्समा क्लिक गर्नुहोस - See more at:
from The News to News .com http://ift.tt/1ul9bg9
via IFTTT
आजकल धेरै मानिस निकै व्यस्त हुन थालेका छन् । जीवनमा निकै भागदौड गर्ने गर्दा मानिसले आफ्नो लागि समेत समय छुट्टाउन सकेका छैन् । यसरी गरिने भागदौडका कारण मानिसले आफ्नो स्वास्थ्य, शरिरको समेत ख्याल गर्न छाडेका छन् । यसरी लापरवाही गर्दा मानिसको शरिर तथा स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ ।
तर, यसरी भागदौडको जीवनमा सामान्य कुराहरू विचार गर्न सक्यौ भने हाम्रो शरिर स्वस्थ तथा निरोगी रहनुका साथै जवान पनि रहन सक्नु हुन्छ । आफूलाई जवान राखिरहनका लागि यी केही सामान्य कुराहरू विचार गर्नु उपयुक्त हुनेछ । थाहा पाऔ के-के छन् ती उपायहरू...
- गलत खानपानः असंयमित तथा अनियमित खानपानले स्वास्थ्य, उमेर तथा मानिसको जवानीलाई असर गर्छ । बढी मात्रामा जंक फुडको प्रयोग गर्नु आफ्नो शरिरलाई चाडै बुढो तथा रोगी बनाउनु हो । यसभन्दा हरियो सागसब्जी तथा फलफूल खाने गरे यसले जवान तथा स्वस्थ रहन मद्धत गर्छ । आजकल मानिसहरू सकेसम्म चिल्लो, गुलियो, पिरो खान रूचाउँछन् तर, यसले तपाईको शरिरलाई स्वस्थ राख्दैन ।
- कोल्ड ड्रिङ्क्सः सकेसम्म कोल्डड्रिङ्क्सको कम प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । बढी कोल्डड्रिङ्क्सले तपाईको शरिरको छालालाई चाडो बुढो बनाउँछ र सानो उमेरमा नै आफ्नो जवानी गुमाउनुपर्ने हुन्छ ।
- धुम्रपानः चुरोटको धुँवा स्वास्थ्यका निकै हानिकारक हुन्छ । यदी तपाई धुम्रपान गर्नुहुन्छ या धुम्रपान गर्ने मानिसहरूसँग समय बिताउनु हुन्छ भने तपाईको शरिरलाई यसले निकै बेफाइदा गर्छ । यसले विभिन्न रोग ल्याउनुका साथै छालामा समेत असर पार्छ र निकै चाडो बुढो देखाउँछ ।
- व्यायामः दैनिक रूपमा केही समय व्यायाम गर्दा शरिरलाई निकै फाइदा गर्छ । दिनहुँ व्यायाम गर्दा शरिरमा रक्तसञ्चार बढ्छ र मानिसको शरिरमा रक्तसञ्चारको बृद्धी हुँदा यसले छालालाई समेत फाइदा पुर्याउँछ । यसरी व्यायाम गर्दा शरिरमा थकान समेत बढ्छ र मिठो निन्द्रा लाग्छ । आवश्यक मात्रामा निन्द्रा पुर्याउनुले पनि शरिरलाई जवान राख्न मद्धत गर्छ ।
- तनावः लगातार तनावमा रहँदा पनि चाडै बुढो देखीने हुन्छ । तनावले अनुहारको माशंपेशीलाई खुम्च्याउँछ, जसले कम उमेरमा पनि बुढ्यौली लागेको जस्तो देखिन्छ । यसबाट बच्नका लागि सकेसम्म धेरै पानी पिउने तथा अनुहारको व्यायाम गर्ने गर्नुपर्छ ।
यसरी रातको बीचमा सम्पर्क गर्नु राम्रो कुरा हो

जी.
तपाईंको प्रश्न पढ्दा तपाईंहरूको बीच यौनचाहनाका बारेमा स्पष्ट कुराकानी नभएको र एक-अर्काको यौनचाहनालाई सम्मान नगरिएजस्तो बुझिन्छ। दुवैको यौनइच्छा बीच तादात्म्य मिल्न सकेको छैन भन्ने स्पष्ट नै छ। यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो। चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने कुरामा दुई जनाबीच गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या उत्पन्न हुनसक्छ।
तपाईंको यौनचाहना हप्ताको एक पटक मात्र हो र तपाईंको श्रीमान्मा हरेक दिन हुन्छ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन। अनुसन्धानकै कुरा गर्ने हो भने पुरुषको वीर्यको उत्पादन तथा प्राकृतिक टेस्टोस्टेरोन हार्मोनका कारणले पुरुषहरू हरेक ७२ घण्टामा वा हरेक तीन दिनमा वीर्य स्खलन गर्न चाहन्छन्। यसको अर्थ के भने पुरुषहरूमा हरेक तीन दिनमा यौन इच्छा हुनु प्राकृतिक स्वभाव नै हो। महिलामा पनि तीव्र यौनइच्छा हुन्छ। फरक कति मात्र हो भने महिलाहरू दैनिकभन्दा पनि विशेष दिनहरूमा यौन इच्छा गर्छन्। केही अनुसन्धानले महिनावारी सुरु हुन लागेको समयमा महिलाहरूलाई तीव्र यौन इच्छा हुने देखिएको छ भने केहीलाई महिनावारी भएको साता दिनभित्र तीव्र इच्छा हुन्छ।
प्रश्नमा तपाईंलाई कहिले यौनइच्छा हुन्छ भन्ने कुरा स्पष्ट छैन। तैपनि तपाईंलाई पनि यौनइच्छा हुन्छ भन्ने कुरा पक्कै महसुस गर्नुभएको छ। मानौं आफूलाई जुन दिन यौन इच्छा हुन्छ, त्यो दिन श्रीमान्ले यौनसम्पर्क गर्न नमानेको खण्डमा तपाईलाईं कस्तो लाग्छ ? पक्कै नराम्रो लाग्छ। धेरैजसो अनुसन्धानले यौनइच्छा भएका बेला पुरुषले सम्पर्क गर्न नमाने अथवा पूर्ण सन्तुष्टि नदिए महिलाहरूलाई धोका दिएजस्तो महसुस हुन्छ। यस्तो बेला उनीहरूले आफ्ना पार्टनर अरू नै महिलासँग सल्किएको शंका गर्छन्। यौनचाहना भएका बेला महिलाले आफ्नो पार्टनरले समन्वय नगर्दा जस्तो पीडा अनुभूति गर्छन् त्यस्तै अनुभूति पुरुषलाई पनि हुन्छ। त्यसैले यौनसम्पर्कमा दुवैको भावना बढीभन्दा बढी बुझ्ने प्रयास गर्नुपर्छ। दोष आफ्नो पार्टनरलाई दिनुभन्दा संवाद र समन्वयद्वारा यसलाई अघि बढाउनु उपयुक्त हुन्छ।
हरेक व्यक्तिको यौनइच्छा फरक-फरक हुन्छ। दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन्, एक-अर्काको यौन इच्छाको फरकपनलाई कसरी एउटै बनाउने महत्त्वपूर्ण कुरा हो। राति हुने यौनसम्पर्कलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। तपाईंको प्रश्नअनुसार तपाईंका श्रीमान्ले आफ्नो यौन इच्छाका बारेमा खुलेर प्रस्टसँग कुरा राख्न नसक्नुभएको बुझिन्छ, अथवा तपाईंहरूले दुई व्यक्तिबीच हुने यौनइच्छाको भिन्नतालाई नबुझेको हुन सक्छ। तपाईंहरूबीच केही कमी अवश्य नै छ, जसलाई बुझ्नु आवश्यक छ।
तपाईंको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै खराबी वा भनौं डेभिएसन आएजस्तो लाग्दैन। बरु तपाइर्ंहरूको यौनइच्छा वा दैनिक जीवनका बारेमा कुनै कुरा नै नहुने हो कि जस्तो बुझिन्छ। तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि ? त्यो पनि प्रस्ट हुन आवश्यक हुन्छ।
प्रश्न पढ्दा एक-अर्कालाई सम्मान गर्ने स्वाभावमा कमी भएको पनि बुझिन्छ। एक-अर्काप्रतिको आकर्षणमा कमी आएको पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकन हुन सक्छन। तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। एक-अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा समेत विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। त्यसैले पनि दम्पतीबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ।
हाम्रो समाजमा धेरै मानिस दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन्, तर प्रेमपूर्ण संवाद, एक-अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्त्व दिएको पाइँदैन। एक-अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि एवं कलह उत्पन्न हुन्छ। त्यसले यौनसम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ। तपाइर्ंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ।
- http://www.ekantipur.com/saptahik/article/?id=14762

