काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले पास गरेर पठाएको कुनैपनि विषय आफूलाई रोक्ने अधिकार नभएको बताएका छन् ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका ६७० जनामध्ये व्यक्ति हत्याको आरोप पुष्टि भएर सजाय भोगिरहेका व्यक्तिसमेत परेपछि विरोध जनाउँदै ध्यानाकर्षणपत्र बुझाउन गएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोलीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले आफूले सरकारको सिफारिसलाई आफूले लागूमात्रै गरेको भन्दै त्यसको जस अपजस सरकारले नै लिने बताए ।
राष्ट्रपति पौडेलले रास्वपाका सांसदहरुले पक्रिया नबुझेर शीतल निवास आएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो भन्दै प्रश्नसमेत गरेका छन् । ‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन’, राष्ट्रपति पौडेलले भने, ‘तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईंहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्था अनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो।’
संविधान दिवसका दिन माफी पाउनेमा तरुण दलका पूर्वनेता रिगल भनिने योगराज ढकालसमेत छन् । बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा अदालतबाट उनले जन्मकैदको सजाय पाएका थिए । ढकाललाई माफी दिएकोमा मानन्धरका परिवारले पनि सरकार र राष्ट्रपतिमाथि प्रश्न उठाएका छन् ।
The post रास्वपाको टोलीलाई राष्ट्रपति पौडेलको प्रश्नः तपाईंहरु सोझै किन यहाँ आउनुभयो ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46e6Qbc via IFTTT
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताए ।
“यति समयमा गन्तव्यमा पुग्छौँ भन्ने अनुमानलाई सिद्ध बनाउन सक्नु हामी सबैको जिम्मेवारी हो”, गृहमन्त्री श्रेष्ठले भने, “सडक जामले मानिस समयमा काममा नपुग्ने, जामको बहाना देखाउने, दुर्घटनाबाट धेरै क्षति हुने भएकाले सडक गुणस्तरको समस्यालाई सबै मिली समाधान गर्नुपर्छ ।” उनले सडक ट्राफिक लाइटको वैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको बताए ।
सडक दुर्घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पछिल्लो १० वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भयावह देखिएको बताए । “सडक दुर्घटनाबाट हुने दुःखद् स्थितिको अन्त्य गर्नु, त्यसलाई प्रभावकारीरुपमा न्यूनीकरण गर्न सचेत पहलकदमी गर्नु सबैको जिम्मेवारी हो”, उनले भने । सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभएको जनाउँदै गृहमन्त्री श्रेष्ठले सडकको गुणस्तर, क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र आमनागरिकको चेतना तथा आचरण दुर्घटनाका कारण बन्दै आएको बताए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यकाको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षबीच सहकार्य अभिवृद्धि गरी आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताए । बढ्दो सरहरीकण, जनघनत्वका आधारमा सवारी पूर्वाधारको अभाव, सवारी साधनको तीव्र वृद्धि, मानवीय, वातावरणीय र यान्त्रिकलगायत कारणले सडक दुर्घटना बढेको उनको भनाइ थियो । “प्रहरीले आगामी दुई वर्षको कार्ययोजनामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाइ प्रणालीगत सुधार गर्ने योजना तर्जुमा गरेको छ”, उनले भने ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँमा सार्वजनिक यातायातको विकासबिना जनताले सुख नपाउने उल्लेख गर्दै सार्वजनिक यातायातमा सरकारले लगानी गर्नुपर्ने बताए । उ
The post दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : गृहमन्त्री श्रेष्ठ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rIqbSC via IFTTT
काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।
‘जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन्’, उक्त ध्यानाकर्षणपत्रमा भनिएको छ ।
देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादीले ठहर गरेको छ ।
‘त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।
यही कारण श्रमजीवी, मजदुर तथा गरिबको जीवन कष्टकर हुँदै गएको भन्दै एकीकृत समाजवादीले उद्योगी व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्न नसकेर निराशा थपिएको पनि दाबी गरेको छ ।
‘यी समस्या आजै सिर्जना भएका होइनन्, तापनि यसको सम्बोधन गर्नु र आम जनतालाई आश्वस्त पार्नु सरकारको दायित्व हो’, पत्रमा भनिएको छ ।
हेर्नुहोस् ध्यानाकर्षणपत्र
The post माधव नेपालको पत्र : आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46eMdvA via IFTTT
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमानदार हुनुपर्नेमा बताएकी छन् । हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान-२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताइन् ।
‘वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन’, उनले भनिन्, ‘सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।’ धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, ‘यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।’
उनले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् । प्याब्सन कार्यसमिति अध्यक्ष डिके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औँल्याउँदै त्यसका लागि सबैको इमानदारीपूर्वक काम गर्नुपर्ने बताइन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाज विकासक्रममा मुलुकको विकासका लागि स्थापना भएको प्रजातन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिँदै गलत कामलाई सच्याउँदै राम्रो कामको गर्न सुझाव दिए ।
एनप्याव्सनका सहअध्यक्ष सुवास न्यौपानेले सुशासन, विकास र समृद्धिका लागि सबैमा चिन्ता र चिन्तन हुनुपर्ने धारणा राखे । पूर्वराजदूत महेश दाहालले देश भनेको जनता र जनताको भावना भएको उल्लेख गर्दै देश समृद्ध बनाउन धेरैभन्दा धेरै उद्योगधन्दा खोल्नुपर्नेमा जोड दिए ।
राजनीतिक विश्लेषक मुमाराम खनालले शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले खाेलेको संस्था भएको हुँदा शिक्षाको सुधारमा लाग्न राजनीति नगर्न सुझाव दिए । पूर्वसचिव शारदाप्रसाद त्रितालले सुशासन कायम गर्न सरकारले नै ध्यान दिनुपर्ने भए पनि सरकार बनाउने र टिकाउनेमा मात्रै ध्यान दिनु दुःखद भएको अनुभव सुनाए ।
अध्यक्ष टीकाराम पुरीले देशलाई माया गर्ने देशभक्त नेपाली मिलेर सुशासन, विकास र समृद्धिका लागि स्थापना गरिएको जानकारी दिए । कार्यक्रममा संस्थाले गर्ने कामका बारेमा अवधारणापत्र सार्वजनिक गरेको थियो ।
The post विकास गर्न शासक इमानदार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48LygXJ via IFTTT
काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राईभर र भरिया पक्राउ गरेको बताएका छन् । उनले अहिले पनि वास्तविक तस्कर मुस्कुराइ रहेको बताए ।
आज (मंगलबार) नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अन्य व्यापारीले २०/५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा गयो भन्ने कुरा नै नखुलेको बताए ।
‘ड्राईभर, भरियालाई कारबाही गरेर यो सबै बन्द हुन्छ ? मुस्कुराइ राखेको छ जो करप्टर हो । जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ । आनन्द लिइराखेको छ,’– उनले भने ।
सुन तस्करीका लागि नेपाली नागरिकता दिएर २०७४ सालदेखि नै तयारी रहेको खुलेको उनले बताए । नागरिकता कसले दिएको, किन दिएको र कति पैसा लिएर दिएको भन्नेबारे सरकारले छानविनसमेत गर्न नचाहेको ओलीले बताए ।
‘कसले लगानी गरेको छ ? २०७४ देखि तयारी गरेको रहेछ नि नागरिकता दिइदिई । नागरिकता दिने को ? किन नागरिकता दिइयो ? कसले नागरिकता दियो ?’ प्रश्न गर्दै उनले भने, ‘कति खाएर, कति लिएर नागरिकता के गरेर दिइयो नागरिकता ? भाषा बोल्छ कि बोल्दैन थाहा पाए होला नि नागरिकता दिँदा । सिफारिस कसले दियो ? सिफारिस प्रमाणित गर्ने अधिकारी को हो ?
The post सरकारले ड्राईभर र भरिया पक्राउ गर्यो, जसले सुन तस्करी गरेको हो ऊ मुस्कुराइरहेको छः केपी ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48rukLj via IFTTT
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै समय पार्टीमा आवद्ध भएको व्यक्तिले अपराध गर्छभने त्यसको जिम्मेवारीको भारी पार्टीले नबोक्ने बताएका छन् । आज (सोमबार) केन्द्रीय कार्यसमितिको बैठकमा उनले संविधान दिवसका दिन आम माफी पाएका रिगलतर्फ लक्षित गर्दै उनले आम माफीको निर्णय सरकारले गरेको भन्दै त्यसको भारी कांग्रेसले बोक्न नसक्ने बताए ।
‘अघि आममाफीको कुरा उठ्यो । राष्ट्रपतिको त औपचारिकतामात्रै हो । सरकारले एउटा निर्णय गर्छ, त्यो निर्णयको सिंगो भारी कांग्रेसले बोक्नुपर्छ । हामीलाई त केही पनि थाहा छैन, किन दिएको पनि थाहा छैन, किन गरेको पनि थाहा छैन । एउटा साथी कुनै बेला कांग्रेसमा छ, उसले व्यक्तिगत रुपमा अपराध गर्छ, गलत गर्छभने त्यसको भारी त्यो व्यक्तिले नै बोक्नपर्छ,’– उनले भने ।
उनले महेन्द्र यादवमाथि भएको आक्रमणको भारी सिंगो पार्टीले बोक्न पर्ने र पार्टी तयार रहेको बताए । यादवको गल्ती कमिकमजोरी नभई उक्त आक्रमण भएको उनको दाबी छ ।
रिगल व्यक्ति हत्यामा दोषी ठहरपछि अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति हुन् । २०७२ साल असार २८ गते २९ वर्षीय चेतन मानन्धरमाथि उनले खुँडा प्रहार गरेर हत्या गरेका थिए । त्यसपछि फरार भएका रिगलले दुई महिनापछि प्रहरीमा आत्मसमपर्ण गरेका थिए । उनलाई २०७६ बैशाखमा अदालतले सर्वाश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । संविधान दिवसका दिन उनले आममाफी पाएका छन् ।
The post महामन्त्री थापाले भने, ‘आममाफीको निर्णय सरकारले गरेको हो, भारी कांग्रेसले बोक्दैन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3EQ2r1Y via IFTTT
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई हटाउनुपर्ने बताएका छन्। ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले जनतालाई नहेरेको बताए।
‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको आरोप छ। ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने।
‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो- माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’
देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उनको आरोप छ। अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ। ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,’ उनले भने, ‘एउटा कानुन बनेको छैन संसदबाट।’
सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उनको भनाइ छ।
The post यो सरकारलाई जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्छ: अध्यक्ष ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RA5FOS via IFTTT