काठमाडौं । गणतान्त्रिक लोकतन्त्रको प्रयोग गर्ने शिलसिलामा हरेक ब्यवसायमा लागेका ब्यवसायीहरुको हकहितको लागि संघ संस्था बनाउने प्रकृया अहिलेपनि चलिरहेकै छ ।
करिब १२ बर्ष देखि ह्युम पाईप बनाउने ब्यवसायीहरुको उत्थानको लागि गठन गरिएको ह्युम पाईप उद्योग संघ नेपालले हालै नयाँ नेतृत्व पाएको छ ।
असोज ६ गते सम्पन्न ह्युम पाईप उद्योग संघ नेपालको १२ औ साधारण सभाबाट अध्यक्षमा सिन्धुपाल्चोक बलेफी ०६का कुल प्रसाद आचार्य लगायत सम्पूर्ण कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
उक्त निर्वाचनलाइ सर्वसम्मत बनाउन भुमिका निभाउनु हुने देशका विभिन्न भागबाट पाल्नु भएका यस व्यवसायका अग्रजलगायत सम्पूर्ण व्यवसायी हरुलाई नव निर्वाचित अध्यक्ष कुल प्रसाद आचार्यले हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।
लामो समय सरकारी सेवामा रहेर अवकाश लिनु भएका आचार्यको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले यो संघलाई थप उचाईमा पुर्याएर आम ह्युम पाईप ब्यवसाय भित्र रहेका समस्याहरुको समाधानको लागि अगाडी बढ्ने बिस्वास गरिएको छ ।
The post ह्युम पाईप उद्योग संघ नेपालको अध्यक्षमा सिन्धुपाल्चोकका कुल प्रसाद आचार्य निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3t86ZOL via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् । केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् ।
स्रोतका अनुसार बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेका थिए । भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।
The post शेखर कोइरालाले भेटे खाँड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LAXkXr via IFTTT
काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ । साथै माफी मिनाहका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पनि राष्ट्रपति कार्यालयले माग गरेको छ ।
गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको छ । तर कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।
संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी गृह मन्त्रालयले पाँच दिन अघि राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो । अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरु छन् ।
मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह मन्त्रालय स्रोतले बतायो । संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ । १५९(१) मा भनिएको छ ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।’
सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा भनिएको छ– (१) बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्नेछ । तर मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न नरहेको स्रोतले बतायो ।
गृह मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्छ । पहिलो, कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ भने दोस्रो, भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ ।
अहिले पठाइएका ३४ जना दोस्रो प्रकृतिका हुन् । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारण पनि नखुलाइएको स्रोतले जनाएको छ ।
कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको थियो । त्यसमध्ये कसैको ५० प्रतिशत र कसैको ६० प्रतिशत कैद मिनाहा गर्ने प्रस्ताव आएको छ । त्यसबारेमा निर्णय भइसकेको छ । यो प्रस्ताव मन्त्रिपरिषदको भएकाले राष्ट्रपतिले स्वतः सदर गरेका छन् ।
The post राष्ट्रपति कार्यालयले गृह मन्त्रालयलाई सोध्यो– ३४ जनाको माफी मिनाहको आधार के हो ? लेखेर पठाउन माग appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ES21bi via IFTTT
काठमाडौं । न्याय परिषद्ले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको छ । न्याय परिषद्को गत शुक्रबारको बैठकले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको सूचना मंगलबार सार्वजनिक गरेको हो ।
न्याय परिषद्का अनुसार नवनियुक्त उच्च अदालतको न्यायाधीशहरुमा श्याम कुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।
त्यस्तै न्यायाधीशहरु राधाकृष्ण उप्रेती र अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापन गरिएको छ भने हरिश्चन्द्र ढुङ्गाना, ऋषिराम निरौला, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, मोहनराज भट्टराई र अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पदस्थापन गरिएको छ ।
यस्तो छ पदस्थापन भएका अन्य न्यायाधीशहरुको सूची
The post उच्च अदालतमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन, को कहाँ पुगे ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZlrjrX via IFTTT
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले पशुपतिनाथको बसर्पाकमा अनियमितता र कानूनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता भंग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यसअघिको सम्झौता भंग गरेको र अर्को प्रक्रिया नहुँदासम्म पार्किङको निःशुल्क व्यवस्था गरिएको जानकारी दिएका छन् ।
मन्त्री किरातीले फेशबुकमा लेखेका छन्–‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ, अर्को प्रक्रिया पुरा नहुँदा सम्म पार्किङ्ग निःशुल्क गरिएको जानकारी गराइन्छ ।
The post पशुपतिनाथको बसपार्कमा सम्झौता भंग गरेको मन्त्री किरातीको घोषणा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LuXnE6 via IFTTT
काडमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले रेडी ट्रेड लिंक प्रालिको नाममा हालसम्म ३०२ किलो अवैध सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ ।
दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको उक्त कम्पनीले विभिन्न देश हुँदै नेपालमा हालसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको खुलेको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको उनले बताइन् । हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको पाइएको बज्राचार्यले बताइन्।
उनका अनुसार पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिइँदैछ।
साउन ३ गते त्रिभुवन विमानस्थल बाहिर बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले आज (बुधबार) सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।
The post डी ट्रेड कम्पनीकै नाममा ३०२ किलो अवैध सुन भित्रिएको सीआइबीको निष्कर्ष appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sQjgqN via IFTTT
काठमाडौँ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन्।
नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
त्यसअनुसार नै गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो।
यस्तै त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने पनि प्रवक्ता शर्माले जानकारी दिए।
बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो।
प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो। उनको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ।
त्यसपछि बालुवाटारस्थित निवासमा लगिने छ। बिहीबारमात्रै उनको अन्तिम संस्कार गर्न लागेको हो।
The post संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sUpUwo via IFTTT