काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै स्व सुवास नेम्वाङलाई भेट्न पाएनन् । मंगलबार बिहान दुई नेताबीच भेट्ने कुरा भएपनि त्यसअघि नै नेम्वाङको निधन भएको हो । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।
आलीले सामाजिक सञ्जालमा लेखेका छन्,’अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन !’
The post ओलीले भने–भेट्ने कुरा थियो, पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZvJOdr via IFTTT
काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा बिजुलीबजारको क्रिष्टल पार्टी भेन्युमा आज कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष चन्द्र साउदको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष साउदले नेपाली उपभोक्ता संरक्षण महासंघ राष्ट्रिय प्रकृतिको संस्था भएकोले राष्ट्रिय ऐनमा दर्ता गर्नुपर्ने, नेपाली उपभोक्ता संरक्षण महासंघको राज्यका सम्बन्धित सवै निकायमा अनिवार्य प्रतिनिधित्व सहितअधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्नुपर्ने, राज्यका सम्बन्धित निकायमा समन्वय गरि अनुगमन गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने कानूनी व्यवस्था गर्नुपर्ने, सबै खाले भ्रष्ट, कालोबजारीया लाई कडा कारवाहि गरि, उनिहरुको सम्पती र राज्यको नियन्त्रणम रहेका चलरअचल सम्पती निश्चित समय तोकी राज्यकोषमा दखिला गर्ने कानून निर्माण गर्नु पर्ने जस्ता माग राखेर कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ लाई ज्ञापन पत्र बझाउनु भएको थियो ।
प्रमुख अतिथिको वक्ताको रुपमा बोल्दै कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेका नेताहरुले माईक पाएपछि छोड्नै नमान्ने र भाषण छाट्दैमा देशको बिकास नहुने भन्दै ब्यङ्ग्य समेत गर्नु भएको थियो । मन्त्री गुरुङले जति अनुगमन गरे पनि नेपाली उपभोक्ताले सधैंभरी ठगिईरहनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको तथ्यलाई स्विकार गर्दे ,यस्तै सामाजिक काम गर्ने संस्थाहरुबाट आफुले पनि केहि अपेक्षा गरेको र राम्राकाम गर्ने संघ संस्थाहरुलाई सधैं सरकारले साथ र सहकार्यगर्ने प्रतिबद्धता समेत जनाउनु भयो जति जे जे भनेपनि मन शुद्ध नभए सम्म केहि पनि सुधारको अपेक्षागर्न नसकिने भन्दै मन्त्री गुरुङले चाँडै धनि बन्ने अभिलासा बोकेर बजारमा ब्यापार गर्न निस्किएका ब्यापारीहरुले यो बजारलाई सधै यस्तै गरेर चलाउन बिभिन्न तिकडमहरु अपनाउँदै आएको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यो महासंघ अहिलेको अत्याधिक आवश्यकताको बिषय भएकोले यसले गरेका कार्यहरुलाई समर्थन गर्दै अगाडी बढ्नुपर्ने र नयाँनयाँ योजना बनाएर बजारका बिकृतिहरु ह्टाउन पहल गर्नुपर्ने बताउनु भएको थियो ।
महासंघले कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समक्ष बुझाएको ज्ञापन पत्र जस्ताको तेस्तै
ज्ञापन पत्र
मन्त्रीज्यू,
नेपाली उपभोक्ता संरक्षण महासंघ(FNCP)गृह मन्त्रालय मार्फत, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको राय सहितबाट, जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता, नेपाली उपभोक्ताको हकहितको लागि जनस्तरमा स्थापित एकमात्र सबै नेपालको छाता संगठन हो ।
नेपाली उपभोक्ता संरक्षण महासंघ, देशमा भइरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन र अखाद्य वस्तु तथा सेवाका विरुद्ध थप प्रभावकारी कार्य गर्नका लागि देशका ७ प्रदेश, ७७ जिल्ला र सबै स्थानीय तहमा जनमत संकलन गरी खबरदारीको लागि जनस्तरको संगठन विस्तारको प्रक्रियामा रहेको सहर्ष जानकारी गराउँछौं ।
जनस्तरको संगठन मार्फत स्थानिय तह देखि राज्यका विभिन्न निकायमा खवरदारी गर्न उपभोक्ताको प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गरि देशमा सुशासन, स्वस्थ खाद्यवस्तु, गुणस्तरीय सेवा लगायतको सूनिश्चितता गर्न र देशमा समृद्धि ल्याउन अति आवश्यक भैसकेकोले, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेत्तृत्व गरीरहनु भएका माननीय मन्त्रीज्यू समक्ष आम उपभोक्ताले भोग्नु परेका समस्या समाधान र सरकारका निति नियमको कार्यान्वयनमा सहयोग गर्नको लागि नेपाली उपभोक्ता संरक्षण महासंघको तर्फबाट तपशिल अनुसार माग गर्दछौं ।
मागहरु
१ नेपाली उपभोक्ता संरक्षण महासंघ राष्ट्रिय प्रकृतिको संस्था भएकोले राष्ट्रिय ऐनमा दर्ता गरियोस ।
२ नेपाली उपभोक्ता संरक्षण महासंघको राज्यका सम्बन्धित सवै निकायमा अनिवार्य प्रतिनिधित्व सहितअधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गरियोस् ।
३ राज्यका सम्बन्धित निकायमा समन्वय गरि अनुगमन गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने कानूनी व्यवस्था गरियोस् ।
४ सबै खाले भ्रष्ट, कालोबजारीया लाई कडा कारवाहि गरि, उनिहरुको सम्पती र राज्यको नियन्त्रणम रहेका चलरअचल सम्पती निश्चित समय तोकी राज्यकोषमा दखिला गर्ने कानून निर्माण गरियोस् ।
चन्द्र साउद
अध्यक्ष
नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP)
केन्द्रीय कार्य समिति, काठमाण्डौ सम्पर्क नं. ०१—४७९३५५६
इमेल fncp.nepal@gmail.com
The post नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sYmubJ via IFTTT
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् ।
नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।
यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।
विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेका थिए ।
नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।
The post एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Riji4R via IFTTT
काठमाडौं । २०७९ पुस २४ गते आफ्नो कार्यभार सम्हाल्न नेपाल आईपुगेका चिनियाँ राजदूत छन् सोङ्ले काठमाडौंमा ओर्लिए लगत्तै नेपाल आउनुको कारणबारे भनेका थिए- ‘थोपा–थोपाले ट्यांकी भरिन्छ र सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने उखानलाई सम्झँदै नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पु¥याउन भूमिका खेल्ने प्रतिवद्धता जनाउँदछु’।
नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पु¥याउन भूमिका खेल्ने बताउँदै आफ्नो पदभार ग्रहण गरेका राजदूत सोङ आफ्नो कार्यभार सम्हालेको ८ महिना पनि पूराहुन नपाउँदै यतिबेला आलोचना र विवादको केन्द्रमा छन् । हत्तपत्त कुनैपनि विषयमा आफ्नो भनाई व्यक्त गर्न नखोज्ने राजदूत सोङले केही दिन पहिले नेपाल र भारतबीच सम्बन्धका बारेमा एउटा विवादास्पद अभिव्यक्ति दिएपछि निकै आलोचित भइरहेका छन् ।
गत शनिबार नेपाल चाइना हिमालय फ्रेण्डसिप, नेपाल नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले नेपाल भारतबीचको सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्रि दिएका थिए । उनले भनेका थिए “दुर्भाग्यवश, तपाईँहरुको भारत छिमेकी छ । तर, भाग्यवश भारत तपाईँहरुको छिमेकी छ, । तपाईँले बिजुली व्यापार घाटामा गर्नुभयो । तपार्ईँहरुको गर्ने उत्पादनमध्ये एक हो– बिजुली । तपाईँहरु सोच्नुहुन्छ बिजुलीले तपाईँको देशमा स्वतन्त्रता ल्याउँछ । त्यसैले नेपाल सरकारलाई मैले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै आएको छु ’।
राजदूत सोङको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै अहिले उनको अभिव्यक्तिको तीव्र आलोचना भइरहेको छ । धेरैले उनले कूटनैतिक मर्यादा भुलेको भन्दै सरकराले तत्काल प्रष्टीकरण सोध्नुपर्ने र चीनलाई आफ्नो राजदूत फिर्ता पठाउन दबाब दिनुपर्ने बताउँदै आएका छन् । कूटनीतिक क्षेत्रका जानकारहरु मात्रै नभएर नेतादेखि सांसदहरुसम्मले चिनियाँ राजदूतको भारतविरोधी अभिव्यक्तिको खण्डण र विरोध गरिरहेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले त उनको अभिव्यक्तिबारे सोधपुछ गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । समिति सभापति राजकिशोर यादवले चिनियाँ राजदूतलाई उनको अभिव्यक्तिबारे विभागीय मन्त्रालयले बोलाएर सोध्नुपर्ने स्पष्ट पारेका छन् । यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश पाइसकेको छ ।
प्रतिनिसभाको हालैको बैठकमा सरकारमा समेत सहभागी सिके राउत नेतृत्वको जनमत पार्टीले चिनियाँ राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेको छ । जनमतका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले संसद्मा बोल्दै चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गरेका थिए । उनले सरकारले तत्काल राजदूतसँग स्पष्टीकरण सोधेर फिर्ता पठाउनुपर्ने माग गरेका थिए । नागरिक समाजको तहबाट पनि चिनियाँ राजदूतको अभिव्यक्तिलाई लिएर कडा विरोध भएको छ । डा. सुन्दरमणि दीक्षित, कुटनीतिज्ञ विजयकान्त कर्णलगायतले त सार्वजनिक रुपमै चिनियाँ राजदूतलाई विभागीय मन्त्रीले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने र नेपालको नीतिविरुद्ध अभिव्यक्ति दिएको जनाउँदै चिनियाँ सरकारलाई पनि नेपाल सरकारले जानकारी गराउनुपर्ने माग गरेका छन् ।
सडकखेखि सदनसम्म विरोधका आवाज सुनिरहँदा विभागीय मन्त्रालय परराष्ट्र मन्त्रालय भने यो विषयमा मौनजस्तै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा परराष्ट्रमन्त्री नेपाली कांग्रेसले पाएको छ । परराष्ट्रमन्त्रीमा कांग्रेसका प्रभावशाली नेता एनपी साउद छन् । तर, उनले उक्त विषयमा कुनैपनि प्रतिक्रिया जनाएका छैनन् । कांग्रैसबाटै परराष्ट्रमन्त्री भइसकेका नेता डा. नारायण खड्का तथा प्रभावशाली नेताहरु शशांक कोइराला, शेखर कोइराला, रामहरी खतिवडालगायतले चिनियाँ राजदूतले कूटनैतिक सीमा नाघेको भन्दै आपत्ति जनाईरहँदा परराष्ट्र मन्त्रालय र विभागीय मन्त्री भने मौन रहेका छन् । मन्त्री साउदको मौनतालाई लिएर विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड आगामी साता संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन अमेरिका जाँदैछन् । दाहाल अमेरिकाबाट सीधै चीन भ्रमणमा जाने निश्चित् भइसकेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर सरकार र परराष्ट्र मन्त्रालयले माहोल बिग्रन सक्ने देखेर नै राजदूत सोङको अभिव्यक्तिप्रति कुनै प्रतिक्रिया नजनाएको चर्चा छ ।
उच्च स्रोतले बताए अनुसार प्रधानमनत्री दाहालले आफ्नो चीन भ्रमणका क्रममा यसपटक महत्वपूर्ण केही सम्झौताहरु गर्ने तयारी गरेका छन् । भ्रमणको मुखैमा राजदूतको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदा माहोल बिग्रसक्नेतर्फ सरकार सचेत रहेको हुँदा प्रधानमन्त्रीको भ्रमणअधि राजदूतको विवादास्पद अभिव्यक्तिप्रति मौन रहने नीति लिइएको हो ।तर, कुनै देशको एक राजदूतले अरु देशसँगको सम्बन्धलाई जोडेर विवादस्पद अभिव्यक्ति दिनु नेपाललाई हेपेको भनेर टिकाटिप्पणी सुरु भैसकेको छ ।
The post चिनियाँ राजदूत छन् सोङ्को विवादास्पद अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको रहस्यमस्य मौनता ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rh4fOe via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भैसकेपछी सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् ।
गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए । ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताए । भू–माफियाविरुद्धको अभियान देशैभर चलाउने उनको भनाइ छ ।
अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठूला नेता र कर्मचारी परेको बताउँदै उनले सुशासन,सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।
सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सकृय बनाएको बताउँदै उनले गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गरे ।
आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको भन्दै उनले अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दवाब कम गर्न सरकार सफल भएको बताए ।
‘मैले सरकारको नेतृत्व लिएपछि राजस्व, रेमिटेन्स , विदेशी मुन्द्राको संचिती बढेको छ,पर्यटन बढ्दै गएको र अर्थतन्त्रमाथिको दवाब कम हुँदैगएको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कवुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । गोर्खा जिल्लाको क्षेत्र नम्बर–२ प्रधानमन्त्री प्रचण्ड निर्वाचित भएको क्षेत्र हो ।
उनले सो निर्वाचनक्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।
The post ललिता निवास सुरुवात हो, यस्ता अभियान देशैभर चलाउँछौंः प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/462QaCN via IFTTT
काठमाडौं । नेपालमा हुने दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३ लागि नेपाली खेलाडी टोलिको छनौट प्रकृया आजबाट शुरु भएको छ ।
आयोजक देश पाकिस्तान र सह आयोजक देश नेपाल रहेर काठमाडौंको किर्तीपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिताको लागि आज काठमाडौं क्रिकेट ट्रनिङ सेन्टरको खेल मैदान सानेपामा नेपाली टिम छनौटको प्रारम्भिक प्रकृया शुरुवात गरिएको सह आयोजक संस्थाका प्रमुख बिवेक उपाध्यायले बताउनु भयो ।
नेपाली टिम छनौटको प्रारम्भिक प्रकृया शुरुवात चरणमा २९ जना खेलाडीले नाम दर्ता गराएको भएपनि १५ जनाको टिमलेमात्र आधिकारीक टिमको रुपमा प्रतियोगितामा खेल खेल्न पाउने कार्यक्रम आयोजक पक्षबाट नेपालका प्रमुख ब्यवस्थापकको रुपमा कार्य गरिरहेका बिकास अधिकारीले बताउनु भएको छ ।
दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३ प्रतियोगिता २०२३ अक्टोबर २(नेपाली पात्रो अनुसार असोज १५ गते) बाट सुरु हुने आयोजक देशका प्रतिनिधिले जानकारी गराएका छन् ।
दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३मा आयोजक पाकिस्तान, सह आयोजक नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी पाँचवटा ह्वीलचेयर क्रिकेट टोली सहभागी हुनेछन्न् । फाइनल सहित कुल ११ खेल हुनेछन् ।
The post दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३ को नेपाली टोली छनौट आजबाट शुरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44KJQik via IFTTT
काठमाडौ । शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘ बिषयक बिचार गोष्टी तथा बिभिन्न क्षेत्रमा रहेर समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रममा काठमाडौंको शिवपुरी डाँडागाउँस्थित ‘ग्रिन भ्याली रिसोर्टका महाप्रबन्धक हस्पिटालिटी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा गणेश श्रेष्ठ सम्मानित भएका छन् ।
प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले श्रेष्ठलाई हस्पिटालिटी तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेको भन्दै सम्मान गरेका हुन् ।
कार्यक्रममा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
The post ग्रिन भ्याली रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठ फोकस नेपालको बिशेष सम्मानबाट सम्मानित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sGI58t via IFTTT