काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद् सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा गएर देउवाकै खुट्टा ढोग्ने बताएका छन्। आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगकुरा गर्दै सांसद् शर्माले पार्टी सभापति देउवाको घरमा गएर देउवाकै खुट्टा ढोग्ने बताएका हुन्।
उनले भने, ‘त्यतिबेला म अलि टेन्सनमा पनि थिए। पार्टीको सभापतिलाई मुर्दावाद भनेको सुन्नुभयो र? म उहाँलाई घरमा गएर खुट्टा ढोगेर भेट्छु भनेर भनिरहेको छु। शेरबहादुर देउवालाई जिन्दावाद भन्न पैसा तिर्नुपर्छ र? हाम्रा सबै नेता जिन्दावाद नै हो। व्यक्तिमा नजाउ।’
यस्तै, उनले देउवालाई प्रधानमन्त्री बनाएर अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर अगाडि जानुपर्छ भन्ने सीधा कुरा छ। दायाँ बायाँ कुरै छैन। नेताहरुले भित्र र बाहिरको परिस्थिति र विविध कुरा हेर्नु हुन्छ, तर ढिलो चाँडो त्यहीँ जान्छ।’
The post सुनिल शर्मा भन्छन् : देउवाको घरमा गएर खुट्टा ढोग्छु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3s7g6i6 via IFTTT
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको बताएका छन्।
शनिबार सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको र त्यसको छानबिनका लागि आफू तयार रहेको बताएका हुन्।
उनले भने, ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो। ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो। त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो। म छानबिनका लागि तयार छु।’
यस्तै, उनले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको आरोप लगाए।
उनले अहिलेको निर्वाचन प्रणाली नै बदल्नुपर्ने बताउँदै भने, ‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ। गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो।’
The post ललिता निवास : ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो पूर्वप्रधानमन्त्री भट्टराईको स्वीकारोक्ति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3se6Us8 via IFTTT
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ५ जना डाक्टहरू पक्राउ परेका छन्।
बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले कांग्रेस सांसद डा सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा सांसद शर्माका अलावा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्।
The post नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : शर्मासँगै पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3s9tDpp via IFTTT
पोखरा । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको हो ।
अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।
The post २४ तोला सुन सहित महिला पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qneYGF via IFTTT
काठमाडौं । नेकपा(माओवादी केन्द्र) को कोटाबाट लुम्बिनी बिकास कोषको उपाध्यक्षमा नियुक्ति हुनुभएका नेकपा(माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका नेता खेन्पो लार्क्याल लामाको बिषयमा मिडियामा तथा सामाजिक सन्जालमा बिभिन्न किसिमका बिरोधावास टिप्पणीहरु भए पनि उहाँको घरमै पुगेर बधाई तथा शुभकामना दिनेहरुको घुईचो पनि कम छैन ।
बुढानीलकण्ठ ,गाणेश चोक स्थित उहाँको निजि निवासमा बिहानै देखि वधाई तथा शुभकामना दिनेहरुको भिडभाड देखिएको थियो ।
आफ्नो निवासको अतिथिकक्ष र बाहिर कम्पाउण्डमा रहेका शुभ चिन्तक तथा माओवादीका नेता कार्यकर्ता संग ब्यस्त देखिनुभएका उपाध्यक्ष लार्क्याल लामाले यस्ता सानातिना बिरोधहरु आई रहने बताउँदै यदि आफु गलत भए प्रमाणित गरेर देखाउन चुनौति समेत दिनु भएको छ ।
अब दुनियाले के भन्छ होईन मैले यो पदमा रहेर के गर्छु त्यो हेर्नुस् भन्दै लामाले कुरा काट्नेहरुको पछि लागेर साध्य नहुने बताउनु भयो ।
भेटघाट तथा बधाई दिन माओवादीका उच्च स्तरका नेताहरुसमेत लामाको घरमै पुगेका थिए ।
यसै बिच नेकपा(माओवादी केन्द्र) सम्बद्ध सम्पर्क समन्वय बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठको नेतृत्वमा पुगेको टोलिले लामालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
शुभकामना दिन जाने टोलिमा बागमती प्रदेश अध्यक्ष ठुलोबाबु श्रेष्ठ , सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज महेन्द्र घोरासैनी , जिल्ला अध्यक्ष जयराम आचार्य , महिला नेतृ मिथिला सिग्देल , सिन्धुपाल्चोकका युवा नेता जिमि लामा (विश्व), जिल्ला उपाध्यक्ष महेशलाल श्रेष्ठ , १ नम्बर क्षेत्रिय संयोजक विश्वराम पराजुली, क्षेत्रिय सचिव देवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
The post अब मेरो काम हेरेर मात्र मुल्याङ्कन गर्नुहोला : लाहर्क्याल लामा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/450xFPu via IFTTT
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने बताएका छन् । प्रतिनिधि सभामा आज आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले मन्त्रालयले प्रहरीलाई तथ्य र प्रमाणले भ्याउनेसम्म निरपेक्ष रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउन निर्देशन भएको उनले बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यहाँ भन्दा माथि किन नगएको ? भन्ने प्रश्नहरु उठेका छन् । हाम्रो स्ट्यन्ड बाई डाइरेक्टिभ छ प्रहरी संयन्त्रलाई । अध्ययन अनुसन्धान र तथ्य र प्रमाणले जहासम्म जानुपर्छ त्यहाँसम्म जाने र निरपेक्ष भएर दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने,’– उनले भने ।
कसैलाई कुनै पनि मुद्दामा फलाना दोषी होला भन्ने लागेकै आधारमा कारबाही नहुने उनले बताए । तथ्य र प्रमाणले भ्याएसम्म कोही पनि नछुट्ने उनले बताए ।
‘हामीमध्ये कसैलाई फलाना पनि संलग्न होला, अनुसन्धान त्यहाँ पुगेन भन्ने लागेको होला । तर, सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन । तथ्य प्रमाणको आधारमा गर्नुपर्छ । तसर्थ दोषीलाई तथ्य प्रमाणको आधारमा कानुनको दायरामा ल्याउने र कारबाही गर्ने प्रक्रियामा गएको छ,’– उनले भने ।
माओवादी वा कुनै पार्टी होस् अनुसन्धान र तथ्य प्रमाणले दोषी देखाउँछ भने कुनै नछुट्ने उनले बताए । अनुसन्धानमा दोषी पाइएमा कोही उम्किन नसक्ने उनले बताए ।
The post ‘नक्कली शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले जहासम्म जानुपर्छ, त्यहाँसम्म जान प्रहरीलाई निर्देशन दिएको छु’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Oq4spX via IFTTT
काठमाडौं । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नियम, कानुन बनाउने अधिकार पाएको संसद्ले कुनै पनि विषयमा छानविन गर्न पाउनु पर्छभन्दा हस्तक्षेप गर्न नहुने बताए । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले दलका नेताहरुसँग आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरुको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने र आफ्नो अधिकार र महत्व नबुझ्नेले उच्चस्तरीय छानविन समितिको विषयमा बोल्न नहुने बताए ।
‘हामीले संसद् अवरुद्ध गरेको होईन । एयरपोर्टबाट एक पटकमात्रै होईन, नौ पटक सुन तस्करी भएको छ । भण्डै १४/१५ क्वीन्टल सुन तस्करी भएको छ । त्यसको प्रमाण बाहिर आइसकेको छ । यो सरकार के हेरेर बस्यो ? यसका निकायहरु के हेरेर बसे ? यसमा सरकारमा रहेका मान्छेहरुको भूमिका छ भन्ने सबैले पुष्टि गरिसकेका छन् ।’ उनले भने, ‘त्यस्तो चिजलाई संसदीय समिति बनाएर छानविन गर्नपर्छ भन्दा त्यसलाई अस्वीकार गर्नु भनेको संसद्को सार्वभौम अधिकारमाथि यो सरकारले बालात्कार गरेको छ ।’
संसदीय समितिले गरेको छानविनलाई अस्वीकार गर्ने हो भने सांसदहरुले सरकारलाई नै अस्वीकार गर्नुपर्ने उनको भनाई छ । सरकारका निकायहरु संलग्न रहेको अन्तराष्ट्रिय विमानस्थलबाट एक सय क्वीन्टल सुन बाहिर आउँदा एमालेले संसदीय छानविन समितिको माग गर्नु स्वभाविक भएको उनले बताए ।
उनले संसदीय छानविन समिति बनेको दिन नै संसद् अवरोध हट्ने बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरा गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुन प्रकरणमा आफ्ना सांसदको नाम आएपछि आत्तिएको उनले बताए ।
सर्वोच्च अदालतले बेला–बेलामा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गइरहेको उनको आरोप छ । ललिता निवास प्रकरणमा माधव नेपालले प्रचण्डको निर्णय कार्यान्वयन गरेको अभिव्यक्ति दिएको उनको भनाई छ ।
‘ललिता निवास प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई र प्रचण्डजी समेत संलग्न हुनुभएको छ,’– उनले भने ।
The post सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनेपछि संसद् अवरोध हट्छः नेता पोखरेल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OMLlrC via IFTTT