काठमाडौं । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की हिजो (साउन २० गते) देखि सेवा निवृत्त भएपछि श्रेष्ठले नेतृत्व सम्हालेका हुन् ।
पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिङ्गो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे । संवैधानिक परिषद्को बैठकले नेपालको ३१औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस गरिसकेको छ ।
संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइदेखि नियुक्तिसम्मको प्रक्रियामा केही समय लाग्ने देखिएको छ ।
श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ । न्याय सेवाको अधिकृत हुँदै जिल्ला न्यायाधीश, उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश हुनुभएका कार्यकालमा अदालतमा रोकिएका कामहरु प्रारम्भ हुने विश्वास व्यक्त गरिएको छ ।
The post कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qx9h3t via IFTTT
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको बताएका छन्।
शनिबार बैठकस्थलबाट बाहिरिदैँ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको बताएका हुन्।
उनले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठूलो अभ्यास भएको बताउँदै भने, ‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ।’
The post केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भयो : अध्यक्ष प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Ymh2eo via IFTTT
The post कमल थापाले राजेन्द्र लिङ्देनलाई भने:- “सत्ताको फोहरी खेलमा नलाग्नुस्,सडकमा आउनोस् सङ्गै आन्दोलन गरौ” appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DJ4KmS via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौति दिँदै आफ्ना भनाई राखेका छन् ।
पार्टीमा परिवारवाद लादेकोदेखि छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएकोमा समेत केन्द्रीय सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।
केन्द्रीय सदस्यहरुले पार्टी रुपान्तरणको खाँचौ औंल्यउँदै रुपान्तरण प्रचण्डबाटै सुरु हुन आवश्यक रहेको बताए । आगामी महाधिवेशनबाट पनि प्रचण्डले पार्टी अध्यक्षको चाहना राख्ने भए चुनाव लड्न तयार हुनुपर्ने उनीहरुको भनाई थियो ।
The post प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44S66aO via IFTTT
काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नितिलाई अबलम्बन गर्दै शान्ति,बिकास र उत्पादनको दिशामा अगाडी बढ्नु अहिलेको सरकारको मुख्य काम भएको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संघर्ष समितिका संयोजक भविश्वर पराजुलीले बताउनु भएको छ ।
आज नयाँबसपार्क बिजि मल अगाडी भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संघर्ष समिति र नेपाल सांस्कृतिक समाजको आयोजनामा भएको कार्यक्रममा बोल्दै भ्रष्टाचार बिरुद्धको अभियन्ता भविश्वर पराजुलीले यस्तो बताउनु भएको हो ।
जन गायकको रुपमा परिचय बनाउन सफल ऋषि अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रुकमिणी जाग्रीले राख्नु भएको थियो भने वक्ताको रुपमा बसन्त बहादुर भुजेल,हरि तामाङ,पहल सिंह परियार र भविश्वर पराजुली रहनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अब सबैले टोल टोलबाट भ्रटाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्ने र सरकारले भ्रष्टाचार बिरुद्ध निर्मम भएर लाग्नु पर्ने तर्क राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल सांस्कृतिक समाजका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
The post भ्रष्टाचार बिरुद्धका अभियन्ताहरु भन्नुहुन्छ “भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्छ” appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44RAeTY via IFTTT
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी एक्सनमा उत्रिएका छन् । विद्यमान सरुवा प्रणालीको विकृति हटाउन लागिरहेका मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्दै एक्सनमा उत्रिएका हुन् । मन्त्री मोदी पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर छन् ।
मन्त्री मोदीको निर्देशनपछि सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो ।
यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ ।
त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ ।
यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
यसअघिदेखि नै मन्त्री मोदीले पहुँच नभएकै कारणले विकटको विकट क्षेत्रमा रहिरहनुपर्ने कर्मचारीको बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन् ।
The post सिंहदरबार वरिपरीका कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउँदै मन्त्री मोदी, २२ जनाको भयो सरुवा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/455xbqO via IFTTT
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) छिटो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
आज (मंगलबार) कांग्रेस संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बसेको पदाधिकारी बैठकले संक्रमण कालीन मुद्दालाई टुंगोमा पुर्याउन उक्त ऐन छिट्टै पारित गर्न आवश्ष्क रहेको निश्कर्ष निकालेको हो ।
उक्त ऐन हाल प्रतिनिधि सभामा विचाराधीन छ । विधेयकको विवादित विषयमाथि अहिले प्रतिनिधि सभाको उपसमितिमा छलफल भइरहेको छ ।
The post टिआरसी विधेयक चाँडै पारित गर्न आवश्यक रहेको कांग्रेसको निश्कर्ष appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47cGTJX via IFTTT