काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार भएको छ। नियमावली संसद्बाट पारित भएपछि लागू हुनेछ।
नियमावलीमा कुनैपनि महाभियोग पाँच महिनाभित्र टुंग्याउनु पर्ने नटुंगिएमा सदनको सम्पत्ति बन्ने ब्यवस्था राखिएको छ। यस्तै एउटा संसद्मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्ने विषयपनि मस्यौदामा राखिएको छ।
यस्तै अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा गएपछि सांसद्को पद स्वत: निल्मबनामा पर्ने, अदालतको आदेश छलेर सांसद् फरार रहे संसद्लाई थुनमा रहनुपर्ने मानेर निल्मबन गर्ने विषयहरु मस्यौदामा प्रस्ताव गरिएको छ।
यस्तै संसदीय विषयगत समिति १० वटा बनाउने र स्वार्थ बाझिने सांसद विषयगत समितिमा सदस्य बन्न नपाउने पनि प्रस्ताव गरिएको छ।
The post प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YA5J1y via IFTTT
काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो।
महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजकसमेत रहनुभएका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए। कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ८० लाख बजेट विनियोजन गरेको छ। महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौँ आउनुहुने भएको छ। फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्नुहुने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ। साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ। पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ। फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए। महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ। मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पु¥याएका हुन्। फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।
पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ। पशुपति क्षेत्र नजिक रहेका सबै अस्पतालमा महाशिवरात्रिका अवसरमा आवश्यकताअनुसार शय्याका लागि पनि व्यवस्था गरिएको कोषले जनाएको छ। महाशिवरात्रि पर्वकै अवसर पारेर कोषले माघ २९ गतेदेखि नै ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान सुरु गरिसकेको छ। जसअन्तर्गत प्रत्येक दिन सफाइ भइरहेको छ। पहिलो चरणमा एक महिनासम्म यो अभियान चल्ने जनाइएको छ।
पाँच ठाउँमा जुत्ता चप्पलको व्यवस्थापन गरिने
भुवनेश्वरीमा स्थायी जुत्ता चप्पलको व्यवस्था भक्तजनका लागि पहिलेदेखि नै हुँदै आएको छ। यस अतिरिक्त महाशिवरात्रिका दर्शनार्थीका लागि लाइनलाई पायक पर्ने गरी दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक (शङ्कराचार्य मठ पछाडि), बज्रघर दक्षिणतर्फ र वाग्मतीपारि राम मन्दिर नजिक गरी पाँच ठाउँमा जुत्ता चप्पल व्यवस्थापन गर्न लागिएको हो।
दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइने भएको छ। फागुन ६ गते बिहान ३ बजेदेखि चारै ढोका खुला गरिने मूल मन्दिरभित्र रात्रिकालीन व्यवस्थासहित कोषका कर्मचारी, मन्दिर सेवासँग सम्बन्धित रकमी र नेपाली सेनाको टोली परिचालन गरिने भएको छ। आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जनशक्तिसमेत खटाउने कोषको तयारी छ।
बिहान सीमित मात्रामा र साँझ ६ बजेपछिमात्र विशेष पूजाको कार्यक्रम तय गरिएको छ। हंसमण्डप, वनकाली र तिलगङ्गा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ। करिब एक सय संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरण गर्ने व्यवस्था मिलाइएको छ। आवास क्षेत्र नजिक आवश्यकताअनुसार शौचालयको समेत व्यवस्था गरिएको छ। फोहर व्यवस्थापनका लागि आवास, भोजन वितरण गर्ने आयोजक संस्थाले अनिवार्यरूपमा डष्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ। पशुपति क्षेत्रमा प्लाष्टिक, काँच, शिशाजस्ता फुट्ने प्रकृतिका कप, प्लेटजस्ता सामग्री प्रयोग गर्न निषेध गरिएको कोषले जनाएको छ।
बाहिरी क्षेत्रबाट तीन दर्शन मार्ग
गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट, मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका पश्चिम ढोकाबाट, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा भएर पिङ्गलस्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवलबाट एक एक गरी बाहिरी स्थानबाट तीन वटा दर्शन मार्गको व्यवस्था गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।
तिलङ्गा–राममन्दिरतर्फ समेत आवश्यकताअनुसार लामको व्यवस्था गर्न सकिने गरी कोषले तयारी गरेको छ। महाशिवरात्रिका दिन बिहान ७ बजेअघि नै नित्य दर्शनार्थीले दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ। महाशिवरात्रिका लागि आवश्यकताअनुसार ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रमको पनि आयोजना गरिएको कोषले जनाएको छ। साजसजावट तथा मेला बजारको पनि व्यवस्था गरिने छ। फागुन ७ गतेदेखि एक हप्ताका लागि मेला बजारको व्यवस्था गरिने भएको छ।
The post पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RZGB1P via IFTTT
चितवन क्षेत्र नं- २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।
अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उनले जानकारी दिए । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।
The post चितवन–२ उपनिर्वाचन: चैत २० गते उम्मेदवारी दर्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40YQhNY via IFTTT
काठमाडौं । निर्वाचन आयोगले चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रबि लामिछानेको सांसद् पद सर्वोच्च अदालतले खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
सरकारको सिफारिसमा आयोगले बैशाख १० गते निर्वाचन गर्ने निर्णय गरेको हो।
The post चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3K4Ll4i via IFTTT
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा आयोजित अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न भएको छ ।
वडा नं ६ स्थित खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि नवराज लामा,बिशेष अतिथि ब्यबस्थापन समितिका अध्यक्ष रमेश अर्याल ,वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल ,प्राचार्य राधव प्रसाद दुवाडी ब्यबस्थापन समितिका सदस्य शिक्षक र अभिभावकको उपस्थितिमा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले बाल बिकास कक्षामा समुदाय भिन्न भिन्न मुल्य मान्यता ,सामाजिक संस्कारमा हुर्केका बालबालिकाहरु बाल विकास कक्षामा आउने र उनीहरुको मनोभावना नबुझी एकै प्रकारको व्यवहार गर्दा मनोबैज्ञानिक चोट,आघात समेत पर्न जान सक्ने भएकोले बाल विकास कक्षामा बाल मनोविज्ञान बुझेर आएका सवालहरुलाई सहजिकरण गर्दै दैनिकी क्रियाकलाप गर्नु जरुरी हुने भएकोले बाल बिकास सहजकर्ताहरुमा बालमनोभावना बुझि सहजिकरण गर्न सहयोग पुर्याउने उदेश्यका साथ मनोपरामर्श सम्बन्धि तालिम संचालन गरिएको बताउनुभयो ।
बालबालिकामा देखिने मनोसामाजिक समस्या , कारण लक्ष्यण र प्रभाव, मनोपरामर्श , प्रकार, अन्तरवैयत्तिक सम्बन्ध , संचार सीप, बाल व्यवहार परिवर्तनमा अभिभावक र बालविकास सहजकर्ताको भुमिका लगायतका बिषयमा बोल्दै बस्थापन समितिका अध्यक्ष रमेश अर्याल ,वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल ,प्राचार्य राधव प्रसाद दुवाडीले बोल्नुभएको थियो ।
बालबालिका जग भनेको बालबिकास भएको र बालबालिकालाई गरेको लगानीले दिर्घकाल सम्म प्रभाव राख्ने भएकोले पनि शैक्षिक बिकास क्रियासिल सामाजिक संस्थाहरुसँग समेत समन्वय र सहकार्य गर्दै सबै सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम गर्नुपर्ने पत्रकार मुकुन्द ढुंगानाले बताउनु भएको थियो।
गोकर्णेश्वर नगरपालिका वडा ६ को अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि कार्यक्रमा खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा सम्पन्न भएको केहि झलकहरु :
The post गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजनामा अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XhT9m4 via IFTTT
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चर्को महंगीको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताएका हुन् ।
‘राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ ।
The post विप्लवले मिटरब्याजी र महंगीका बिरुद्ध देशव्यापी प्रदर्शन गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YB9Z0k via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छिन्। उनले माघ २७ गते दिउँसो ३ बजे संसद्को बैठकलाई सम्बोधन गर्नेभएकी हुन्।
The post राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3HsvZUk via IFTTT