कैलाली। कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।
कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउन रोक्ने क्रममा देवकोटा खड्गचोकमा बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
The post बसबाट खसेर बस मालिकको मृत्यु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBhzYI via IFTTT
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ ।
दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ । आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
The post राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBH7F2 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट निर्वाचित भएपछि आफैंमाथि छानविन गर्ने नागरिक अगुवा सम्मिलित समिति गठन गर्ने बताएका छन्। बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा उनले आफैं माथि छानविन गर्ने समिति गठन गर्ने बताएका हुन्।
‘हामीले भनेका छौं, हामी माथि नै छानविन गर्ने एउटा नागरिक छानविन समिति बनाइनुपर्छ। त्यसको सुरुवात हामीले गर्ने छौं,’ काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले भने।
उनले उक्त समितिको छानविनका क्रममा गलत सवित भए सांसद पद नगए पनि अर्को पटक निर्वाचनका लागि आफू अयोग्य हुने पनि जिकिर गरे। ‘समितिले हामीमाथि छानविन गर्दा गलत सावित गर्यो भने हाम्रो सांसद पद जाँदैन,’ पौडेलले भने, ‘तर, अर्को पटक हामी गलत ठहरियौं भने चुनाव जित्दैनौं। जनताका बीचमा हामी नांगिन्छौं। मिडियाले हामीलाई बर्बाद गरिदिन्छ।’ विश्वका अन्य देशहरुमा जस्तो ‘राइट टु रिजेक्ट’ को व्यवस्था नेपालमा पनि लागु हुनु पर्नेमा उनको जोड थियो।
‘यो यसकारणले आवश्यक छ कि संसारमा यस्तो पनि व्यवस्था छ, राइट टु रिजेक्ट,’ पौडेलले भने, ‘५ वर्षका लागि चुनिएको एउटा सांसद गलत काममा मुछियो भने उसलाई गरेको समर्थन फिर्ता लिने व्यवस्था दुनियाँ म छ, यहाँ पनि हुनुपर्छ।’ उनले निर्वाचन जितेको एक वर्षभित्रै काठमाडौं–५ को बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने प्रतिवद्धतासमेत जनाए।
पौडेलले मतदातासँग ‘डिजिटल कनेक्टिभिटी’ सहज बनाउन ‘एप्स’ विकास गरेर काम अघि बढाउने पनि बताए। ‘मतदातासँग डिजिटल कनेक्टिभिटी सहज बनाउँछौं। हामी एउटा एप्सको विकास गर्छौं। कहाँ खाल्डो परेको छ त्यसमार्फत् जानकारी गराइदिनुस्। हामीले जानकारी प्राप्त गरेको ५ दिनभित्र त्यो खाल्डो पुरिसक्छौं,’ उनले भने, ‘कहाँ ढल फुटेको छ त्यसको पनि हामीलाई जानकारी गराइदिनुस्। स्थानीय तहको सहयोग लिनुपर्ने हो कि कसको सहयोग लिनुपर्ने हो, कसको सहयोग लिने हो सहयोग लिएर हामी त्यसको तत्काल समस्या हल गर्छौं।’
आफू सांसद विकास कोषको हिमायती नभए पनि सांसद विकास कोषको रकम लगानीका लागि नागरिक अगुवाहरुको समिति निर्माण गरेर काम गर्ने पनि पौडेलले प्रतिवद्धता जनाए। ‘सांसद विकास कोषको म विरोधी हुँ। तर, म मात्र विरोधी भएर हुँदैन। सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने त्यसको निम्ति नागरिक अगुवाहरुको एउटा समिति बनाइने छ। समितिले छनौट गरेको योजनाहरुमा पैसा हाल्ने व्यवस्था गर्ने छौं,’ उनले भने। सो कार्यक्रममा अर्थशास्त्री स्वर्णिम वाग्ले, वरिष्ठ कलाकार नीर शाहले पौडेललाई विजयीको शुभकामना दिएका थिए ।
The post हामीले जित्यौं भने आफैमाथि छानबिन समिति गठन गछौं–प्रदीप पौडेल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DFBOMd via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा ३५ फिट अग्लो गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।
The post गौतम बुद्धको मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी मुस्ताङमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zLMcky via IFTTT
काठमाडौं । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् ।
ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतको विश्वास छ । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेका भारतीय दूतावासले जनाएको छ ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ । सदियौं पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारीसाधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने पनि दूतावासले जनाएको छ ।
The post भारतले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DCfqn2 via IFTTT
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर हेभिवेट उम्मेदवार छन् । यी तीनमध्ये राउतको यो पहिलो संसदीय निर्वाचन हो । अहिले यादवलाई यीनै राउत र ठाकुर भारी पर्ने चर्चा चलेको छ।
यादव भने एमालेको समर्थनको कारण जित्नेमा ढुक्क छन् । उनी एमाले–जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । यादव सोही क्षेत्रबाट ०७४ मा पनि विजयी भएका थिए । यता, जयप्रकाश ठाकुर भने पाँच दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा मैदानमा खडा भएका छन् । यादवले पटक पटक मधेश आन्दोलनको नाममा सत्ता–लाभ हाँसिल गरेको र मधेशी जनतालाई सधैं धोका दिएको ठाकुरको आरोप रहँदै आएको छ ।
उता, राउतले पनि यादवले सिंगो मधेशको लागि कुनैपनि राम्रो काम गर्न नसकेको आरोप लगाउने गरेका छन् । पछिल्लो समय यादवलाई हराउनको लागि राउत र ठाकुरबीच नै अघोषित साँठगाँठ हुने अनुमान गरिएको छ । यादवलाई हराएर गतिलो पाठ सिकाउनुपर्नेमा दुवै नेता सहमत छन् । उपेन्द्र यादव पनि यसपटक चुनाव जित्न फलामको चिउरा चपाएसरह हुने भएकोले चुनावी मैदानमै खटिएका छन् । उनी सप्तरी २ मा चुम्बकझैं टाँसिएका छन् ।
The post उपेन्द्र यादव हराउन सिके राउत र जयप्रकाश ठाकुरबीच अघोषित मोर्चाबन्दी, यादव तनावमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Wuo4N5 via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
आज (मंगलबार) न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्की अदालत गएकी थिईन् । उनले हिजो (सोमबार) रिट दायर गरेकी थिईन् । सो रिटमा सुनुवाई गर्दै अदालतले आज यस्तो आदेश जारी गरेको हो ।
The post डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sPlOSR via IFTTT