काठमाडौं । नेपाली काँग्रेसको दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरु युवावस्थाका चर्चित अनुहार हुन् । उनीहरुले युवावस्थामा राजनीतिक परिवर्तनको महत्वपूर्ण क्षणमा युवाविद्यार्थी नेताका रुपमा नेतृत्व लिएका थिए ।
२ देखि ३ दशकयता युवा भनिएकालाई अझै पनि युवा भनिदैछ । जबकि कतिपय ६० कटिसकेका छन् । ५० को हाराहारीमा पुगेका पनि धेरै नेताको संख्या छ ।
चन्द्र भण्डारी, धनराज गुरुङ्ग विगतमा युवा नेताका रुपमा चर्चित थिए । उनीहरुलाई काँग्रेसको भावी नेतृत्वको रुपमा पनि लिइयो । तर, नेतृत्वको दौडमा चल्दा चल्दै उनीहरु ६० पार गरिसकेका छन् । विश्वप्रकाश शर्मा महामन्त्री बन्दा ५० कटिसकेका छन् । गगन थापा ५० को नजिक पुगेका छन् ।
काँग्रेसमा मात्र नभएर नेकपा एमालेमा पनि त्यही हालत छ । कुनैबेला एमालेभित्र युवा संघ र विद्यार्थी यूनीयनमा उमेरहद राख्दा नयाँ पुस्ताले नेतृत्वको मौका पाए । एमालेमा ७० वर्षको उमेरहद नै राखियो । तर, केपी शर्मा ओलीले पुनः अध्यक्ष बन्न आफ्ना लागि नियम नै संशोधन गराए । ७० कटेपछि पनि ओली एमाले अध्यक्ष छन् ।
एमालेमा ओलीको उत्तराधिकारीका रुपमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल जस्ता नेता देखिएका छन् । यी नेताहरुको हातमा नेतृत्व आउन अझै समय लाग्ने देखिन्छ । युवा भन्दा भन्दै वृद्ध बन्नुपर्ने वाध्यता नेताहरुमा देखिन्छ ।
The post काँग्रेस र एमालेमा युवा नेता भन्दा भन्दै वृद्ध appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AW8OP4 via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं–७ मा डा. रामशरण थपलियाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस गरिएको हो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका थपलियासहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ ।
उनको पुख्र्यौली घर धादिङ हो । यसअघि थपलियासँग पर्यटन क्षेत्र निकट धेरै संघ–संस्थामा रहेर काम गरिसकेको अनुभव छ । नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् ।
वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत The Role of Nepali political parties in democracy Building विषयमा पीएचडी गरेका हुन् ।
यस्तै नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेका छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन ।
त्यसैगरी, एकीकृत समाजवादीबाट वसन्त मानन्धरको नाम सिफारिस भएको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएको छ ।
The post प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3REdboy via IFTTT
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा जन आन्दोलनका घाइते मुकेश कायस्थको नाममा मुकेश कायस्थ हेड इन्जुरी सेन्टर निर्माण तथा व्यवस्थापन गरिने भएको छ।
उक्त सेन्टर निर्माणका लागि सोमबार गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल जगडोल सामुदायीक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्दान व्यवस्थापन समिती बीच सम्झौता भएको छ ।
नगरपालिकाको तर्फ बाट नगर प्रमुख दिपक रिसाल र राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायीक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्दान व्यवस्थापन समितीका सुदर्शन सिग्देलले सेन्टर निर्माणको लागि बिभिन्न सर्त सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्।
राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) क्षेत्रको करिब १५ रोपनी जग्गामा करिब २० करोडको लागतमा निर्माण हुने उक्त सेन्टरमा अत्यावश्यक प्रविधि सहितको सेवा प्रदान गरिने योजना रहेको छ ।
चाडै नै निर्माण गर्न लागिएको उक्त सेन्टरको लागि नगर प्रमुख दिपक कुमार रिसालले बन मन्त्रालय संग समन्वय गरि अघि बढ्ने बताएका थिए। नगर प्रमुख रिसालको संरक्षक्त्वमा बिभिन्न समिति निर्माण गरि बनाइने उक्त सेन्टरले नगर अस्पतालमा उपलब्ध हुने सम्पूर्ण सेवा प्रदान गरिने छ ।
हस्ताक्षर कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, प्रशासन शाखा अधिकृत टंकनाथ घिमिरे वडा अध्यक्षहरु द्धारिका श्रेष्ठ ,मुरारी प्रसाद कुईकेल, जयराम महत, नारायण बहादुर सुवेदी, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा, वडा सदस्यहरु, जीउँदो सहिद मुकेश कायस्थको आमा मीरा कायस्थ लगायतको उपस्थिती रहेको थियो ।
The post गोकर्णेश्वर नगरपालिकामा जनआन्दोलनका घाइते मुकेश कायस्थको नाममा हेड इन्जुरी सेन्टर निर्माण गरिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TLzhqZ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आगामी निर्वाचनको लागि आफ्नो दल ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले सिट बाँडफाँडबारे आफ्नो पार्टीको यस्तो बटमलाईन सुनाएका हुन् ।
उनले भने-“हामी ९० सिटबाट अब एक सिटपनि तल झर्दैनौं । हामीले यसअघि १०० सिटमा दाबी गरेका थियौं ।” उनले गठबन्धनमा माधव नेपालले हैसियतभन्दा बढि नै सिटमा दाबी गरेको आरोप लगाए । माधव नेपालकै कारण सिट बाँडफाँडमा सहमति नभएको उनको आशय थियो ।
गठबन्धनमा आवद्ध दलहरु आफ्नो अडानबाट ब्याक नभएपछि सिटको भागबण्डा अझै टुँगिएको छैन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने भोलिसम्म सबै भागबण्डा टुँगोमा पुग्ने दाबी गरेका छन् । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले आधा लिने र बाँकी आधामा आफूहरु मिलेर लड्ने बताउँदै आएका छन् ।
आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले ८० सिटको हाराहारीमा सहमति जनाउने खुलासा गरेका थिए । दाहालको यस्तो खुलासासँगै नेता पौडेलले कांग्रेस ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका हुन् ।
कार्यदलका सदस्यहरुसहित गठबन्धनका शीर्ष नेताहरुको निर्णायक बैठक भोलि विहान बस्ने जनाईएको छ । सोही बैठकले भागबण्डा टुँगो लगाउने बताईएको छ ।
The post माधव नेपालले हैसियतभन्दा बढि दाबी गरेको भन्दै रामचन्द्र पौडेल फायर, कांग्रेस ९० सिटबाट तल नझर्ने अडान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3BiuUfL via IFTTT
काठमाडाैँ । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो ।
नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोलले बताए ।
निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बूढानीलकण्ठ–१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोखे ।
निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पु¥याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उनको भनाइ छ ।
The post बूढानीलकण्ठका मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन कार्यालय घेराउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ATIjcQ via IFTTT
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्।
सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।’ आफूले बाटोबाटै सांसदबाट राजीनामा दिएँ भनेर भन्न नहुने ठानेर नै संसद्को रोष्ट्रममा उभिएर राजीनामा घोषणा गर्न आएको उनको भनाई थियो ।
The post लिङ्देनले दिए सांसदबाट राजीनामा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3cNGVAG via IFTTT
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आगामी २५ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको महाभियोग सिफारिस समितिको बैठकले अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको हो ।
जबराले रन्जन कोइरालाको फैसलाबारे दुई बच्चाको लागि न्यायाधीशको विवेक प्रयोग गरेको बताएका छन् । जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा न्यायाधीशको विवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेको समेत उनले स्पष्ट पारेका हुन् ।
जबराले श्रीमतीको हत्या गरेर जंगलमा फालेको अभियोग लागेका कोइरालालाई २० वर्ष सजाय घटाएर ८ वर्षमा झारेका थिए । उनले कोइरालाकै कारण महाभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने पनि बताए ।
The post चोलेन्द्रको बयान भदौ २५ गते सम्म स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Bd5Wys via IFTTT