सिन्धुपाल्चोक । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको मिति नजिकिदै गर्दा राष्ट्रिय महत्व राख्ने दलहरुले धमा धम उम्मेदवारको चयन गर्न थालेका छन् ।
राजधानिको नजिकै रहेको तथा राजनैतिक हिसाबमा अत्यन्तै महत्वको साथ हेरिने सिन्धुपाल्चोक जिल्लामा मुख्य तिन वटै पार्टीले आ—आफ्ना संभाबित उम्मेदवार घोषणा गरि सकेका छन् ।
गठबन्धनबाट चुनाब लड्ने घोषणा गरेका बाम लोकतान्त्रिक गठबन्धन अन्तरगतका माओवादी र नेपाली काँग्रेसले समेत आ—आफ्नो उम्मेदवार को नाम सार्वजानिक गरेका छन् ।
नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ कुनैपनि हालतमा नछोड्ने भन्दै सम्बन्धित पार्टी कमिटि बाट सर्वसहमत निर्णय गराएर उपल्लो कमिटिमा सिफारीस पठाए पछि आज माओवादीले समेत आफ्नो उम्मेदवारको नाम सावैजानिक गरेको छ ।
काँग्रेस बाट मोहन बहादुर बस्नेत र माओवादी बाट सभामुख अग्नि सापकोटा, माधव सापकोटा (सुबोध) तथा फुलम तामाङ (प्रज्ञा) लाई सिफारीस गरेको छ भने एमाले बाट पुराना नेता अरुण नेपाल , शरेस नेपाल तथा ब्यबसायी भरत पराजुली लाई सिफारीसमा परेका छन् ।
राजनैतिक क्षेत्रमा खुलेर नलागेको भएपनि कुटनितिक र आर्थिक क्षेत्रमा सबल मानिएका भरत पराजुली लाई नै एमालेले अगाडी बढाउन सक्ने सिन्धुपाल्चोकको राजनितिलाई नजिकै बाट नियालीरहेका केहि बौद्धिक ब्यक्तिहरुले बताएका छन् ।
राजनितिमा अब्बल मानिएका माधब सापकोटा (सुबोध) र लामो समय देखि सिन्धुपाल्चोकको राजनितिमा हालि मुहालि गरेका मोहन बहादुर बस्नेतलाई टक्कर दिन सक्ने उम्मेदवारको रुपमा एमालेले भरत पराजुलीलाई अगाडी सारेको जानकारहरु बताउँछन् ।
The post सिन्धुपाल्चोक बाट एमालेले ब्यबसायी भरत पराजुली लाई अघि सार्यो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RrJuqK via IFTTT
काठमाण्डौ । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले काठमाण्डौ क्षेत्र नं ४ बाट डा. भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेलले दावी गरेको भएपनि बृहत छलफल पछी डा. भट्टराईको नाम सर्वसम्मत गरी जिल्ला कमिटीमा पठाएको जानकारी दिदै संयोजक खड्काले नेकपा एमाले काठमाण्डौ -४ निर्वाचन अभियानमा जुट्ने बताएका छन।
भोलि भाद्र १७ गते प्रदेस सभा क्षेत्रका उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को बैठकमा प्रदेश कमिटी एबं क्षेत्र नं ४ इन्चार्ज निर्मल कुईकेल, बागमती सदस्य तथा बुढानीलकण्ठ नगरप्रमुख मिठारामअधिकारी , बागमती प्रदेश कमिटी सदस्यसङ्गम गहतराज सहित जिल्ला कमिटी सदस्य तथा परिभाषित जिम्मेवारी तोकिएका विभिन्न तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
The post काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा. राजन भट्टराई सर्वसम्मत सिफारिस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wTo91m via IFTTT
काठमाडौं । आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा दुई र समानुपातिकतर्फ छ तथा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जना उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ छ जनालाई सिफारिस गरिएको छ । प्रत्यक्षमा समेत नाम समावेश हुनुभएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ । अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन् ।
यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा ९तामाङ० सहित राज्यलक्ष्मी पाँडे ९श्रेष्ठ० र लालीमाया तामाङलाई सिफारिस गरिएको हो । केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति जगतबहादुर तामाङले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ केन्द्रीय सदस्य केसी सहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको लागि प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको कार्यबाहक सभापति उपेन्द्र दाहालले जानकारी दिए ।
प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिए । समानुपातिकतर्फ सभापति पौडेलसहित १५ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘क’ बाट प्रत्यक्षतर्फ जगदिश्वरनरसिंह केसी, रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति वैकुण्ठ पाण्डेले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको प्रदेश सभापति गणेशमान तामाङले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ ।
पार्टीको विधान र परिपत्रअनुसार प्रदेश उम्मेदवारको लागी सिफारिस गरिएका नाम प्रदेश कार्यसमितिले क्षेत्रीय कार्यसमितिमा पठाएको छ भने प्रदेशबाट आएको नामावलीमा क्षेत्रले केही संशोधन गरेर जिल्लामा पठाएको जनाएको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागी क्षेत्रीय कार्यसमिति बैठकले सिफारिस गरेर जिल्ला कार्यसमितिलाई शुक्रबार बुझाएको हो । प्रदेश र क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर बागमती प्रदेश कार्यसमितिमा पठाउने जिल्ला सचिव वैकुण्ठ मिश्रले जानकारी दिए ।
The post नुवाकोटमा प्रवक्ता डा महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस, केसी समानुपातिकमा सिमिति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3cIQdho via IFTTT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको र कुनै पनि बेला टुट्न सक्ने बताएका छन। झापाको गौरीगञ्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको हुुँदा गठबन्धनको धागो कुनै पनि बेला चुँडिनसक्ने बताएका थिए ।
गठबन्धनलाई जनताले राम्रोसँग चिनिसकेको बताउँदै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गरे । उनले पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह गरेका थिए । उनले भने,‘नेता–नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन ।’ जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने पनि दाबी गरे ।
गठबन्धनमा रहेका माधव नेपाल दिनरात रोइकराई गर्दै हिडिरहेको बताउँदै अध्यक्ष ओलीले भने– ‘उब्रेको खान जाँदा जुठो खान्न भन्न पाइँदैन । माधव नेपाल अहिले जुठो खान्न भनिरहेका छन्, गठबन्धनमा काँंग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने हो ।
The post गठबन्धन धरापमा परेको ओलीको खुलासा, कुनैपनि बेला टुट्नसक्ने दाबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wWoalc via IFTTT
काठमाडौं । १०४ बर्षिय जहानिय राणा शासन , ३० बर्षे पञ्चायत , १७ बर्षे बहुदलिय राजतन्त्र बिचमा भएका बिभन्न शसस्त्र तथा निशस्त्र आन्दोलनको जगमा स्थापित भएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था बाट समाजवादी मोडलको बिकास गर्ने उदेश्यले नेपालको राजनितिमा तेस्रो धु्रवको बिकास गर्ने तयारी स्वरुप आज स्वतन्त्र राजनैतिक शक्ति नेपाल र सामुहिक नेपाल बिच बैठक बसि बिभिन्न बुँदामा छलफल तथा सहमति भएको छ ।
बैठक पश्चात दुवै समुहका नेताहरुको हस्ताक्षर रहेको प्रेस बिज्ञप्ति जारी भएको छ ।
बिज्ञप्तिमा नयाँ राजनैतिक शक्ति निर्माण सहित मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन यत्रतत्र छरिएर रहेका राजनैतिक समुहहरुलाई केन्द्रिकृत तथा गोलबन्द गर्दै सार्थक र दिर्घकालिन परिणाम निकाल्न प्रयत्न गर्ने जनाईएको छ ।
स्वतन्त्र राजनैतिक शक्ति नेपाल को तर्फबाट गोबिन्द गिरी तथा सामुहिक नेपालको तर्फबाट रबिन्द्र कुमार श्रेष्ठ को हस्ताक्षर रहेको बिज्ञप्तिमा मोर्चा बन्दिको लागि बिशेष पहल गर्न सबैमा आह्वान गरिएको छ ।
तेस्रो राजनैतिक धार निर्माण गर्न रमेश खरेल ,पुण्य प्रसाईँ , बिराज भक्त श्रेष्ठ,रोमलााल गिरी , गंगालाल श्रेष्ठ , मुकुन्द सिलवाल , बिकास बाबु श्रेष्ठ ,शैलेन्द्र घिमिरे लगायतको आजको बैठकमा ऐकेबद्धता रहेको थियो ।
बिचार मिल्ने सबैलाई एकैठाउँमा ल्याएर तेस्रो राजनैतिक धार निमार्ण गर्न अब आफुहरुले बिशेष पहल गर्ने सामुहिक नेपालका प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
The post नेपालको राजनितिमा तेस्रो ध्रुवको बिकास गर्ने तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wT7Lho via IFTTT
काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनाए ।
सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनको भनाई छ । यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।
सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो ।
The post गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KI7uU8 via IFTTT
काठमाडौं । मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा भएपछि उनले सकेसम्म झापाका कुनै पनि कार्यक्रम छुटाएका छैनन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहेका छैनन्। काठमाडौं–५ का स्थायी बासिन्दासमेत भएकाले उनी त्यहींबाट निर्वाचन लड्ने ध्याउन्नमा छन्। उनले यसअघिको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए।
उपाध्यक्ष सुवास नेम्वाङले विगतदेखि इलाम–२ बाट निर्वाचन जित्दै आएका छन्। एमालेबाट लगातार निर्र्वाचन जित्ने नेतामध्ये नेम्वाङ पनि एक हुन्।
पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको कुनै निर्वाचन क्षेत्र छैन। उनले यसपटक पनि प्रत्यक्षबाट निर्वाचन नलड्ने बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा पनि निर्वाचन लड्ने सोचाइमा छैनन्। केही दिनअघि आफूनिकट नेताहरूसँगको छलफलमा उनले प्रत्यक्ष निर्वाचन नलड्ने बताएका थिए। उनीनिकट एक नेताका अनुसार यसपल्ट थापाले समानुपातिकमा बस्ने रुचि देखाएका छन्।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न नेताकार्यकर्ताले दबाब दिएको भए पनि उनले कुनै प्रतिक्रिया जनाइसकेकी छैनन्। उनी सकेसम्म प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने सोचमा छन्।
अर्का उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट चुनाव भिड्ने तयारीमा छन्। अर्थमन्त्री हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका लागि ठुलै रकम छुट्याएका पौडेलले उक्त क्षेत्र नछाड्ने भएका हुन्।
अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ लाई कार्यक्षेत्र बनाएर निर्वाचनको तयारी गरिरहेका छन्। महासचिव शंकर पोखरेलले पनि संघीय संसद्को निर्वाचनमा भाग लिने जानकारी गराइसकेका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ दुवैले प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारी गरेका छन्।
अर्का उपमहासचिव विष्णु रिमाल भने प्रत्यक्ष निर्वाचनमा सहभागी हुने छैनन्। उनी अहिलेसम्म जनअनुमोदित हुनेगरी निर्वाचनमा सहभागी भएका छैनन्।
यस्तै सचिव गोकर्ण विष्टले गुल्मी–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदैछन्। अर्का सचिव योगेश भट्टराईले पनि पुरानै निर्वाचन क्षेत्र ताप्लेजुङलाई रोजेका छन्।
सचिव पद्मा अर्यालले स्याङ्जा–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी छन्। अर्का सचिव रघुवीर महासेठले पनि धनुषा–४ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव छविलाल विश्वकर्मा सकेसम्म प्रत्यक्षबाट निर्वाचन लड्ने तयारीमा छन्।
The post एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Q4D5k4 via IFTTT