काठमाडौं । निर्मल बाल विकास विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनर्स्थपना गर्ने उदेश्यले काठमाडौमा स्थापना गरिएको सरकारी विद्यालय हो । यस विद्यालयले वि.स.२०३८ सालमा काठमाडौको पुरानो बनेश्वर स्थीत भिमसेनगोलामा रहेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवहारिक ज्ञान, सीप द्धारा उनीहरुको क्षमता र रुची अनुसार शिक्षा प्रदान गर्दै आएको छ ।
यस विद्यालयले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको आर्थिक विकासका लागि विभिन्न सयमा स्वरोजगार हुन सकिने सीप मूलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । यस विद्यालयले यस्ता विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्ने क्रममा यही असार २२ गते देखि २६ गते सम्म ५ दिन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई कागज तथा सालको पातको दुना, टपरी, प्लेट बनाउने तालिम प्रदान गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कोषले आर्थिक रुपमा सहयोग गरेको तालिम बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र तिनका अभिभावकहरुलाई आत्म निर्भर गरोने उदेश्यले सञ्चालन गरिएको तालिमको प्रमाण पत्र तालिम समापन समारोहका प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नं ३१ क वडा अध्यक्ष सरोज ढकालले प्रदान गर्नु भएको थियो ।
यस कार्यक्रममा काठमाडौं बालाजु निवासी १७ वर्षिया बौद्धिक अपाङ्गता व्यक्ति दिक्षान्त पोखरेलकी आमा धनाकुमारी ढकालले यो दुना टपरी बनाउने सीप मूलक तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै यो तालिमले आर्थिक अवस्थामा सुधार ल्याउन सहज हुने र अभिभावकहरु मिलेर भविश्यमा यस तालिममा सिकेका सीप तथा ज्ञानलाई सही उपयोग गर्दै व्यवसाय गर्ने कुरामा जोड दिनु भयो ।
साथै उहाँले यो तालिममा सहभागी हुने अवसर प्रदान गर्नु भएकोमा निर्मल बाल विकास विद्यालय परिवार र प्रधानाध्यापक ज्योती खनाल भट्टराईलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । तालिम पश्चात प्रमाण पत्र वितरण समारोह कार्यक्रममा अभिभावक एवं यस तालिमका संयोजक पूर्णमान श्रेष्ठले कागज तथा सालको पातको दुना, टपरी तथा प्लेटहरुको बजारमा माग रहेकोले यो तालिम निकै नै प्रभावकारी हुने र यस तालिमको सही उपयोग गर्ने बताउनु भयो ।
त्यसै गरी तालिमका प्रशिक्षक कृष्ण खड्गीले यो दुना, टपरी तथा प्लेट बनाउने मेसिन आफैले निर्माण गरेको, यो मेशिन यस विद्यालयललाई र माग गर्ने अभिभावकहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउने भन्दै अभिभावहरुले निकै नै उत्साह पूर्वक यस तालिममा सहभागी हुनु भएको बताउनु भयो ।
साथै उहाँले यस तालिममा सिकेका सीप तथा ज्ञानहरुलाई सदुपयोग गरी व्यवसाय गर्न चाहने अभिभावकहरुलाई उत्पादन सामाग्रीको बजार व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै यस तालिमले अपाङ्गता भएका व्यक्तिहरु तथा अभिभावकहरुलाई रोजगार तथा स्वरोजगारमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा काठमाडौं ज्ञानेश्वर निवासी २२ बर्षिय बौद्धिक अपाङ्गता व्यक्तिकी आमा मिना कार्कीले यो तालिमले आफुलाई स्वरोजगार बनाउन सहयोग गर्ने, आर्थिक उन्नती हुने, उत्पादन सामाग्री खपत हुने हुदा ज्यादै खुशी लागेको र यहाँ सिकेको सीपलाई उपयोग गर्ने बताउदै आयोजक संस्थालाई विशेष धन्यवाद दिनु भयो भने काठमाडौं धुमबराही निवासी २६ बर्षिय बौद्धिक अपाङ्गता व्यक्ति रजनी श्रेष्ठकी आमा प्रेम कुमारी श्रेष्ठ पनि यो स्वरोजगार मुलक तालिम लिन पाउदा ज्यादै खुशी लागेको भन्दै यस तालिम मार्फत आफुले पनि समुहगत रुपमा दुना, टपरी बनाउने र स्वरोजगार भएर आर्थिक उपार्जन गर्न तर्फ लाग्ने भन्दै यो अवसर उपलब्ध गराइदिनु भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो ।
प्रमाण पत्र वितरण कार्यक्रममा नुवाकोट स्थाई ठेगाना भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका निवासी १६ वर्षिय बौद्धिक अपाङ्गता भएकी व्यक्ति आयश्रेया गुरुङ्की आमा लक्ष्मी गुरुङ्ले यो तालिम ज्यादै महत्वपूर्ण र स्वरोजगार मूलक भएकोले छोरीले राज्यबाट प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता संकलन गरि राखेको र त्यही रकममा अन्य आवश्यक रकम थप गरेर कागज र सालको पातको दुना टपरी बनाउने मेशिन खरिद गरी स्वरोजगार बन्ने योजना रहेको बताउनु भयो ।
साथै तालिम पश्चात छोरी उत्पादन सामाग्रीहरु संकलन गरी प्याकिङका साथै उचित व्यवस्थापन गर्न सक्ने हुदा काम काम गर्न सहज हुने भन्दै तालिम प्रदान गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो । भने तालिममा सहभागी अर्का अभभिावका सानु बस्नेत पनि यो तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस तालिममा सिकेको सीपलाई उपयोग गर्ने बताउनु भयो ।
तालिम आयोजक संस्था निर्मल बाल विकास विद्यालयका कार्यवाहक अध्यक्ष विनेद क्षेत्रीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुलाई स्वरोजगार बनाएर आर्थिक स्तर उकास्नका लागि यो तालिम प्रदान गरिएको भन्दै यो ५ दिने सीप मूलक तालिम प्रभावकारी भएको बताउनु भयो ।
यस ५ दिने तालिम पश्चात असार २९ गते बुधबारका दिन आफ्नै कार्यलय परिसरमा आयोजना गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी मोतीप्रसाद भट्टराईले दुना टपरी उत्पादन गर्ने मेशिनको अवलोकन गर्दै तालिममा सहभागी अभिभावकहरुलाई अबका दिनमा यस तालिममा सिकेका सीप तथा ज्ञानको सदुपयोग गर्दै स्वरोजगारी हुन आग्रह गर्नु भयो ।
साथै उहाँले यस तालिमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको आर्थिक उपार्जनक लागि सहज हुने, समाजमा उदारहणिय काम हुने, समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति सकारात्मक परिर्वतन आउने कुरामा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PpQfIr via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन् । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताएका हुन् ।
“संविधानले निर्देश गरेबमोजिम नेपालको शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन, यो नेपालको शिक्षा क्षेत्रका लागि विडम्बना हो, शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ”, उन भने । पूर्वप्रधानमन्त्री खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गरे । उनले अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने भन्दै नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा समयसापेक्ष विकास हुनुपर्ने बताए । “देशको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ”, उनले भने । राज्यमन्त्री श्रेष्ठले प्राविधिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्र देशमा राम्रो हुनुपर्छ भनेर आफूले निरन्तर संसद्मा कुरा उठाउँदै आएको बताए ।
उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । शिक्षाको पहुँच ग्रामीण स्तरसम्म पुगे पनि गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको समस्या भएको बताए । प्रविधिमूलक शिक्षालाई जोड दिनसके बेरोजगारीको अन्त्य हुने उनको भनाइ थियो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै रोजगारी प्रदान गर्ने खालको शिक्षा दिनेगरी अबको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए । सोही अवसरमा नेपालको शिक्षा क्षेत्रको विकासमा विशेष योगदान पु¥याएका शैक्षिक संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nZbzsI via IFTTT
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करकाे दर हेरफेर गरेकाे आाराेपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।
गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी छिन् ।
बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायर हेरफेर गरेको भन्दै संसदमा आवाज उठेपछि शर्माले गत २२ असारमा राजीनमा दिएका थिए । उक्त विषयमा छानबिन गर्नका लागि प्रतिनिधिसभा बैठकले ११ सदस्सीय छानबिन समिति बनाएर काम थालेकाे १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार समिति गठन भएको झन्डै एक सातापछि समितिको बैठक बस्न लागेको हो । गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्सीय रहेका छन । जसअनुसार खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3O5S5gw via IFTTT
काठमाडौँ । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । “राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन”, सांसद गौतमले भने, “लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो तर महिला भएकाले अहिलेसम्म उपाध्यक्ष खाली छ ।”
उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए । “संविधानमा नै प्रष्ट रुपमा लेखिएको छ, सभामुख पुरुष भए उपसभामुख महिला हुने वा सभामुख महिला भए उपसभामुख पुरुष हुनेछ भनेर, त्यस्तै व्यवस्था राष्ट्रियसभामा पनि छ”, सांसद गौतमले भने, “दुवै सदनमा महिला अनिवार्य भएको पदमा छैनन्, महिला सांसदहरुले यसबारेमा आन्दोलन नै गर्नुपर्ने होइन ?
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IwWfgv via IFTTT
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेकोछ । यसले आज सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रधानमन्त्री देउवाको पुत्लादहन गरेको हो ।
आज (मंगलबार) युवा संघका कार्यकर्ताले काठमाडौमा माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NWpUkg via IFTTT
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।
‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगामी २ मंसिरको मिति प्रस्ताव गरेको छ ।
आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो । राजधानी दैनिकबाट
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cac5Bj via IFTTT
काठमाडौं । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा आज सम्झौता भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर आजैबाट २ बर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो ।
सम्झौता को बारेमा बोल्दै ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले यो भन्दा अगाडी पनि अस्पतालले आफ्नो सेवामुलक ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तरगत गर्नुपर्ने सबै काम गरीरहेको र राज्यको चौथो अंग कोरुपमा रहेको संचार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताउनु भयो ।
नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले यस्ता सामाजिक सेवा अन्तरगत लिन मिल्ने सेवा र सुबिधा हरुलाई पत्रकारको पहुँच सम्म पुर्याउन सके पत्रकारको जीवनस्तर उठाउन मद्यत पुग्ने हुनाले अब नोजाको पहलमा बिभिन्न संघ संस्था ,कम्पनि तथा सेवाहरुमा सम्झौता गरेर नोजालाई ब्यबस्थित बनाएर अगाडी लैजाने सोचका साथ यो कार्यलाई अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा रे टेलिभिजन , सारा खबर , राष्ट्रिय खवर , ए बि सि टेलिभिजन, साझा सवाल डटकम , मुग्लानी खवर लगाएतका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको बिशेष सिफारीसको आधारमा निशुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ ।
सम्झौता अनुसार नोजामा आबद्ध मिडियाहरुले अस्पतालको बिज्ञापनमा ५० प्रतिशत छुट सहित प्रकाशन गर्नुपर्ने छ ।
यस्ता सम्झौता हरुबाट श्रमजिवि पत्रकार हरुले अकालमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट मुक्तहुने तथा पत्रकारको जिवन स्तर उठाउन समेत मद्यत पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाको दावी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yYdJ1V via IFTTT