काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
“सौहार्द्रपूर्ण वातावरणमा वार्ता सम्पन्न भयो । वार्तामा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतालाई पार्टीका तर्फबाट स्वागत गर्नुभयो । चीन र नेपालका बीचमा राज्य–राज्य, जनता–जनता र पार्टीहरूका बीचमा पनि राम्रो सम्बन्ध भएकामा आभार व्यक्त गर्नुभयो”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने ।
भेटमा अध्यक्ष दाहालले आगामी दिनमा दुई देशका सहकार्यका क्षेत्रमा अझ राम्रो सम्बन्ध हुने भन्ने विश्वास व्यक्त गरेका थिए । माओवादीका तर्फबाट नेपालका सबै पार्टी र जनता एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनलाई असल छिमेकीका रुपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको विचार व्यक्त गरेका नेता श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष दाहालले नेपालको विकासको प्रक्रियामा चीनले अहिलेसम्म गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनले सहयोग गर्नुपर्ने विषयमा ठोस रुपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको ध्यानाकर्षण गराएका थिए । “विशेषतः चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका समस्या समाधान गर्ने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्न चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्गको स्तरोन्नति तथा केरुङ–रसुवागढी नाकामार्फत हुने द्विपक्षीय व्यापारमा सहयोग गर्न आग्रह गर्नुभयो”, भेटमा सहभागी नेता श्रेष्ठले भने ।
“नेपाल चीनलाई असल मित्रका रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीतिमार्फत राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा सिङ्गो नेपाल राज्य, नेपाल सरकार र माओवादी पार्टी प्रतिबद्ध छ”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै नेता श्रेष्ठले भने ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता लिउले माओवादी केन्द्र, नेपालका सबै राजनीतिक पार्टी, नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धतामा एकै ठाउँमा रहेकामा खुसी व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गरको थिए ।
नेपालको विकासको प्रक्रियामा आगामी दिनमा सधैं चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताका सन्दर्भमा नेपालले ठोस योजना छनोट गरेको अवस्थामा त्यसलाई अगाडि बढाउन सकिने बताएको नेता श्रेष्ठले जानकारी दिए। नेपाल र नेपालका कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिष्ट पार्टीको नीति रहेको उहाँले जानकारी गराएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Iti1Sj via IFTTT
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले सात वटा समितिहरु गठन गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको दशौ नगर सभाले नगर कार्यपालिका (कार्यसम्पादन ) नियमावली २०७५ को दफा १५ बमोजिम विभिन्न विषयगत समितिहरुका संयोजक तथा सदस्यहरुको नाम अनुमोदन गरेको हो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा उपप्रमुख अनिता लामाको उपस्थितिमा भएको सो नगर सभाले समिति गठन सहित ४७ वटा प्रस्तावहरु पारित गरेको छ।
को को बने समितिका संयोजक र सदस्यहरु ?
१. पूर्वाधार विकास समिति
संयोजक : सुरेन्द्र लामा
सदस्य : बस नारायण महर्जन
सदस्य : गंगा परियार
सदस्य :विक्रम श्रेष्ठ
सदस्य : सबिन अधिकारी
२.सुशासन समिति
संयोजक : शम्भु प्रसाद भट्टराई
सदस्य :राजेन्द्र श्रेष्ठ
सदस्य :मुना देशार
सदस्य :झपट कार्की
सदस्य :बालमाया श्रेष्ठ
३. सामाजिक विकास समिति
संयोजक : शान्ता ढकाल पुडासैनी
सदस्य :राममाया महर्जन
सदस्य :मेन्दोक लामा शेर्पा
सदस्य :सुशिला रम्तेल
सदस्य :मेनुका भुषाल
४.विधायन समिति
संयोजक :गोमा मंग्राती
सदस्य :रिता दाहाल
सदस्य :कृष्ण खत्री
सदस्य :हेब्सिबा तामाङ
सदस्य :मंगल नगरकोटी
५.आर्थिक विकास समिति
संयोजक : रिना श्रेष्ठ
सदस्य :सुमी परियार
सदस्य :मैना पराजुली
सदस्य :मिना बयलकोटी
सदस्य :श्याम तामाङ
६.बन ,वातावरण तथा विपद व्यवस्थापन समिति
संयोजक :राम कुमार रोक्का
सदस्य :बुद्धिमान लामा
सदस्य :राममाया बिक
सदस्य :रण बहादुर तामाङ
सदस्य :बिनोद थापा
७.लेखा समिति
संयोजक : राजकाजी श्रेष्ठ
सदस्य :चण्डिका रैला
सदस्य :तारा मिजार
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3RrcijK via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टी फुटको नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक डाकेपछि फुटको नजिक पुगेको हो ।
यादवले वीरञ्जनमा असारको २९ र ३० गते बैठक डाकेका छन् । भट्टराई त्यसभन्दा एक दिन अघि २९ र २९ असारमा काठमाडौंमा बैठक डाकेका छन् । बैठकमा सहभागिताले कस्को पक्षमा बहुमत छ भन्ने देखिनेछ ।
उपेन्द्र यादवले बाबुराम भट्टराईलाई बेवास्ता गरी मन्त्री फिर्ता बोलाउने र नयाँ बनाउने निर्णय लिएपछि जसपाको विवाद अझ चुलिएको छ । यादवले अशोक राई र मधेश प्रदेशमा आफ््नो विरोध गरिरहेकाहरुलाई हातमा लिएका छन् । राजेन्द्र श्रेष्ठ मन्त्री यथावत् छन् । प्रदीप यादव र मोहम्मद इस्तियाक राईलाई मन्त्री बनाएर थमथमाएका छन् ।
मन्त्री बनाएका नामहरुप्रति उपेन्द्रसँग जसपा नेताहरु असन्तुष्ट छन् । यादवलाई अमृता देवी अग्रहरी, नरमाया ढकाल, प्रमोद साह, डा. सुरेन्द्र यादवले गुट परिवर्तन गरेर चुनौती दिने बुझिएको छ । महेन्द्र राय यादव बाबुरामकै पक्षमा छन् ।
यादवको समूहमा अशोक राई पक्षधरका अलावा, प्रदीप यादव, मोहम्मद इस्तियाक राई पनि छन् । उनीहरुले कति जना सांसद र कार्यकारिणी समितिको सदस्य व्यवस्थापन गर्न सक्छन् चासोको विषय बनेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3awyqc3 via IFTTT
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिटव्युरोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् ।
माओवादीको १२५ पोलिटब्युरो सदस्यमा उनीहरुको नाम पनि परेको हो ।
बिना मगर प्रतिनिधि सभामा प्रत्यक्षबाट सांसद छिन् भने रेनु भरतपुर महानगरको प्रमुख हुन् ।
माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NRgGWg via IFTTT
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन् ।
राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै उनले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताए। अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे ।
उनले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अथ्र्याउए। “अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टिकरण दिँदै आउनुभएको र बुधबार संसद्मा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ”, अध्यक्ष दाहालले भने।
बजेट निर्माणको अन्तिम दिन अनधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजे पनि उनीहरू परास्त भएको अध्यक्ष दाहालको भनाइ छ । यही असार १९ गते आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोही दिन र सोमबार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uvSylm via IFTTT
काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OD4ObL via IFTTT
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।
जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bK90Ia via IFTTT