जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् ।
राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपा स्रोतले जानकारी दिएको छ । नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि हुने पनि स्रोतको दावी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NI6CPg via IFTTT
गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर निमार्णाधिन अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गरेका छन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा समेत गरेका छन् ।
सर्वोच्च अदालतले १२ जेठमा निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो । त्यो फैसलाको पूर्णपाठ बुधबार आएको छ, जसले हालको प्रक्रिया खारेज भएपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो खुला भने बन्द गरेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको छ ।
विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ भएको बताए । समयमै विमानस्थल निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्रयाकको औचित्य समेत पुष्टि नहुने उनको तर्क छ । ‘फाष्ट ट्रयाकको डिपीआर बनाउँदा नै निजगढ एयरपोर्टको आवश्यकतालाई मध्यनगर गरेर नै गरिएको हो,’ प्रचण्डले भने ‘यो राष्ट्रिय गौरवको ड्रिम प्रोजेक्ट हो । यसले देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउँछ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bLSuqV via IFTTT
बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले आवेगमा आएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले ठहर गरेको छ ।उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।
विमलाले एकराजसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताए ।विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।
घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीकै निर्देशनमा बुटवल ल्याइएको थियो ।
मन्त्रीको कमजोरी भेटिएकाले राजीनामा दिन लगाएर मात्रै प्रतिवेदन सार्वजनिक गरिएको श्रोतको दाबी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OYodUd via IFTTT
काठमाडौं । तामाङ चलचित्र काख्रे आज काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा प्रतिनिधि सभा सदस्य बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रम बिच प्रदर्शनीको भएको छ ।
कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तित्व हरुलाई सम्मानपत्र , कदर पत्र र प्रशंसा पत्र माफर्त सम्मान गरीएको थियो । सोहि क्रममा मिडिया क्षेत्रबाट तामाङ चलचित्रमा योगदान दिएको भन्दै सारा खबर डटकम का सन्चालक मिलन कुमार लामा दोङ लाई सम्मान गरीएको थियो ।
कार्यक्रममा तामाङ समुदायको चर्चित नायक तथा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान , तामाङ महानायकका उपाधि पाएका अमिर दोङ , नायीका चाँदनी मोक्तान लगायत कलाकार , बिभिन्न बिधाका पत्रकार , राजनितिज्ञ ,समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।
चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्रको प्रिमियर सो मा नाचघरको हल खचक्कै भरीने दर्शकहरुको उपस्थिति रहेको थियो ।
यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।
कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो ।
काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । काख्रे कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको कमेडी चलचित्र हो ।
चलचित्र काख्रेको मध्यान्तर सम्म हुटिङ सहित रमाउँदै चलचित्र हरीरहेका दर्शकहरु मध्यान्तर पछाडी भने केहि निराश बनेका थिए । पर्दामा चलचित्र देखिदाँ संग संगै २ वटा आवाज आएर चलचित्रलाई खल्लो बनाएको दर्शकहरुले प्रतिकृया दिएका छन् ।
समग्रमा चलचित्र राम्रो हुँदा हुँदै पनि केहि प्राबिधिक समस्याको कारण यस्तो भएको चलचित्र निर्माण पक्षले स्विकार गर्दै आम दर्शकहरु संग क्षमा याचना समेत गरेको छ ।
नाायक ऋतुराज पाख्रिन तथा निर्देशक रोशन फ्युवाले आफुहरुको कमजोरी स्विकार्दै अब आईन्दा यस्तो हुन नदिने प्रतिबद्धता सहित आम दर्शकहरुमा क्षमायाचना गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yb6WjR via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ ।
१८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3acp9pd via IFTTT
काठमाडौं । सुनिता लुङ्बाको अभिनय रहेको ब्यबसायीक कमेडी तामाङ चलचित्र काख्रेले असार १८ गते शनिवार जमलको राष्ट्रिय नाचघरमा बिशेष प्रदर्शनी गर्ने समय आउन १ दिन मात्र बाँकी हुँदा लुङ्बा अभिनित अर्को तामाङ चलचित्र दार्बुङको पनि बिशेष प्रदर्शनी हुने मिति तथा ट्रेलर सार्वजानिक भएको छ ।
कोरोना माहामारी र त्यसले मनोरन्जन क्षेत्रमा पारेको प्रभावसंग तामाङ समुदायको अगुवाईमा बनेका चलचित्र र म्युजिक भिडियोले जुध्नु परीरहेको अवस्थामा तामाङ चलचित्र उद्योगमा नायीका तथा संचारकर्मी सुनिता लुङ्बाको नाम अग्र स्थानमा आउन थालेको छ ।
आज बौद्धको मःम प्लाजामा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माता टिमले एच एम एम मिडिया युटुयुब च्यानल मार्फत प्रमो सार्वजानिक तथा असार ३२ गते राष्ट्रिय नाचघर जमलमा बिशेष सो हुने जानकारी गराएको हो ।
कार्यक्रममा तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने नायक तथा निर्देशक अमिर दोङ ,नायीका चाँदनी मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार हरुले सोधेका प्रश्नको जवाफ दिदैं निर्देशक हुत्त सन्जय लामाले चलचित्र प्रमोशन बाहेक करीब १३ लाखको लगानीमा गाउँघरमा हुने र देखिने बिभिन्न घटनाहरुमा आधारीत रहेर बनेको बताएका छन् । एउटा नारीको ईच्छा आकांक्षा र अपांग भएर जिउनुको पिडालाई चलचित्रमा समेटिएकोले चलचित्र हेरुन्जेल दर्शकहरु निदाउन नपर्ने निर्देशक लामाको दावी छ ।
चलचित्रको शिर्शक को बिषयमा पत्रकार मिलन लामा र निर्माण पक्षबिच एकै छिन दोहारी नै चलेको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै नायक कुमार मोक्तानले तामाङ चलचित्रको बजार सानो छ भन्ने मानसिकता हटाएर अरु चलचित्र झैं प्रतिश्पर्धामा जान सक्ने बनाउन सबैले प्रयास गर्नुपर्ने बताउनु भयो । अहिलेको मुख्य बजार भनेको युट्युब भएको ले त्यसमा ट्र्ेडिङ नं १ मा आउन सक्ने म्युजिक भिडियो तथा चलचित्र निर्माण गर्न सके मात्र अरु संग प्रतिश्पर्धा गर्न सकिने मोक्तानले बताउनु भयो । तामाङ कलाकार ,निर्माता ,निर्देशक तथा कलाकारहरुले कुनै पनि बिषयमा गम्भिर अध्ययन नगर्ने र रचनात्मक सोच बाट अगाडी नबढ्ने हो भने तामाङ चलचित्र क्षेत्र अझ खस्किने अबस्थामा रहेको बताउनु भयो ।
चलचित्रमा निर्देशक–हुत्त सन्जय लामा , अर्जुन खड्का , निर्माता – लोसाङ लामा ,इकेस लामा , सह निर्माता –पर्खाइ मोक्तान ,भुईसाल लामा , द्वन्द –सुरज श्रेष्ठ , गितकार –सम्झना लामा , बुद्ध ब्लोन तामाङ,संगीतकार–कार्साङ लामा ,पाश्र्व संगीत –कार्साङ लामा , पाश्र्व गायक ÷गायीका – बबिता पाख्रीन ,पुजा लामा ,आकाश ब्लोन , कार्साङ लामा , सम्पादन –अजून खड्का , मिक्सिङ– दिपक ताामङ , छायांकन— प्रज्वल राउत ,मेकअप – नरेश खरेल , प्रमोशन गीत –जितु लोप्चन , प्रयास दोङ रहेका छन् भने स्वर्गिय जयनन्द लामा ,हुत्त सन्जय लामा ,सुनिता लुङ्बा ,मान बहादुर तामाङ,सिर्जना गोले , डोमो ह्योल्मो ,मायादेवी मोक्तान ,भइसाल लामा , राजकुमार तामाङ ,इन्द्र बहादुर स्याङ्तान , दोर्जे मोक्तान , करेशा वाइबा ,सुस्मिता तामाङ, राम तामाङ , पेमा योन्जन, दिपेश लामा, रुदेन माझी, हिरन माझी, क्रिष्टल मगर, सुनमाया तामाङ, तथा सागर लामा लगाएतको अभिनय रहेको निर्माण पक्षले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yJlMjn via IFTTT
काठमाडौं । काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले जानकारी दिएको छ ।
असार १८ गते शनिबार दिनको ठिक १:०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा काख्रे चलचित्रको प्रिमियर शो हुनेछ । कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो ।
असार ३ गते काख्र चलचित्रको टेलर सार्वजनिक भएको थियोे । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय नाँचघर जमलमा प्रिमियर शो हुने जानकारी दिएका थिए । अहिले सम्पूर्ण तयारी पूरा भएको काख्रे निर्माण टिमले बताएका छन् ।
काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको चलचित्र भएको बताएको छ ।
यसैगरी निर्देशक रोशन फ्युवाले अहिलेसम्मकै तामाङ समुदायको ब्याङ्ग्यात्मक पहिलो चलचित्र भएको दाबी गरेका छन्। नायिका सुनिता लुङ्वाको भनाइ भने यस्तो छ । “मैले यो चलचित्रमा फरक भुमिकामा अभिनय गरेको छु ।
यो भन्दा धेरै चलचित्रहरुमा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो तर यो चलचित्रले जस्तो फरक सन्देश अरु चलचित्रबाट दिन सकेको थिएन तर असार १८ गते सबैले राम्रै सन्देश बोकेर जानेछन् भन्नेमा म ढुक्क छु ।” काख्रे चलचित्रले वर्तमान युवाहरूले काठमाडौंमा बोकेका समस्याहरुलाई प्रमुख मुद्दाको रुपमा प्रस्तुत गरेको पाइन्छ ।
काठमाडौंको डिस्कोथेग तिर महिलाहरुको जीवन अवस्थाको बारेमा काख्रे चलचित्रबाट थाहा पाउने लेखक ऋतुराज पाख्रिनको दाबी रहेको छ ।
यो चलचित्रमा नायिका सुनिता लुङ्वा, नायक ऋतुराज पाख्रिन,हास्यकलाकार कुइसाङ रुम्बा मोडल प्रभा घिसिङ …… लगाएतको कलाकारहरुको अभिनयबाट आन्नद लिन सकिने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NAqrYW via IFTTT