काठमाडौं । नेपालस्थित् अमेरिकी दूतावासले एसपीपीबारे मुख खोलेको छ। उसले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्ट पारेको छ। दूतासावले आज (मंगलबार) एसपीपीबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो भनेको हो । दूतासावले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने अनलाईन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज पनि असत्य भएको दाबी गरेको छ।
उसले भनेको छ-
नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।
स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।
२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3QorbTu via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् ।
वर्षमान पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् । नारायणकाजी श्रेष्ठले त आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नै गरे । ओलीसँग श्रेष्ठले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको भूमिका बढेको विषय देखि वाम एकता नभए ठूलो संकट आउनसक्ने भन्दै छलफल गरेको बुझिएको छ ।
श्रेष्ठले वाम एकताका लागि आफूहरु सधै तयार भएको भन्दै मार्ग खोल्न ओलीलाई पनि आग्रह गरे । विश्वस्त स्रोतका अनुसार श्रेष्ठले प्रचण्डलाई समेत वाम एकताका लागि दबाब दिएका छन् । उनले माओवादीभित्र अलग समूहलाई सक्रिय बनाएका छन् । वाम एकताका लागि कुनैपनि बेला माओवादीभित्र विद्रोह गर्ने सम्मको रणनीतिमा श्रेष्ठ पुगेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39pdfbq via IFTTT
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।
यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ । यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ ।
यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् ।
लोसपाले भने पहिले विगतदेखि नै आफ्नो दलले सरकारसँग राखेका मागका विषयमा प्रस्ट हुन सरकारलाई दबाब दिएको छ । राजधानी दैनिकबाट
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3O1hxUM via IFTTT
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री पदकै लागि फुट्ने सम्भावना बढेको छ । एसले आइतबार बैठक गरी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ ।
६–६ महिना बन्ने सहमति अनुसार फिर्ता बोलाएको माधव नेपालले प्रतिक्रिया दिएपनि बहालवाला मन्त्रीहरु मान्नेवाला छैनन् । उनीहरु बजेटको बेलामा आफूहरुलाई जानकारी सम्म नदिई हटाएकोमा विद्रोहको चेतावनी दिइरहेका छन् ।
श्रममन्त्री किसान श्रेष्ठले घुमाउरो तरिकाले पार्टी विभाजनको धम्की दिइसकेका छन् । उनले आफूहरुसँग १८ सांसद रहेको दाबी गरेका छन् । श्रेष्ठ अन्तिम समयमा नेकपा एमाले छाडेर माधव नेपालको साथमा पुगेका थिए । उनीसहित प्रेमबहादुर आले, धनबहादुर बुढा पनि एसको पक्षमा लागेका थिए । उनीहरु सबै एकढिक्का भएका छन् ।
मन्त्रीबाट फिर्ता बोलाइएका र नयाँ मन्त्रीका लागि सिफारिश गरिएकाहरुको अलग समूह बनिसकेको छ । माधव नेपाल र झलनाथ खनाललाई आले र श्रेष्ठलगायतका नेता तथा सांसदले चुनौती दिइरहेका छन् । विरोध खतिवडा पनि यही समूहमा छन् ।
एमालेभित्र विगतमा केपी शर्मा ओलीले एकल तरिकाले निर्णय गर्थे । यसपटक माधव नेपालले त्यस्तै गरे । उनी पनि ओलीपथमा लागेको टिप्पणी एसभित्र हुन थालेको छ ।
एमाले महासचिव वेदुराम भुसालले मन्त्री नपाएकै आधारमा कोही पार्टी छाड्न खोज्छ भने नरोक्ने टिप्पणी गरेका छन् । उनले मन्त्रीका लागि पार्टी नै छाड्छु भन्नेहरुबाट नचल्ने समेत बताए । यसकारण पनि एसभित्र निकै ठूलो विद्रोहको अवस्था बनेको स्पष्ट हुन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NGLZ76 via IFTTT
काठमाडौं। सरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदा हटाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । आइतबार बिदा हटाउने निर्णय १ असारदेखि लागू हुनेछ ।
यसअघि इन्धन खपत घटाउन भन्दै सरकारले शनिबार दिदै आएको बिदा यथावत् राखी आइतबार पनि बिदा दिने निर्णय लिएको थियो । तर, यसको चौतर्फी विरोध भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3H9sfq6 via IFTTT
काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो ।
बढुवा भएकामा एक नम्बरमा उत्तम सुवेदी परेका छन् । त्यसपछि अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । सिंह नेपाल प्रहरीमा अप्राविधिकतर्फ एआइजी हुने पहिलो महिला बनेकी छिन् ।
यसैगरी, सहसचिव सर्जुकुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । प्राविधिक सहसचिव वैद्य सचिवमा बढुवा भएका हुन् ।-
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MEhayB via IFTTT
काठमाडौंं । सरकारले नागरिकता विद्येयक अघि बढाउने तयारी गरेको छ । यसको लागि गृहमन्त्री बालकृष्ण खाँणले सक्रियता बढाएका छन् ।
हिजोमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यो विषयमा छलफल गरेको बुझिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गतेदेखि संसदमा छ ।
उक्त विद्येयक अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख दलका शीर्ष नेताहरुँगको भेटवार्ता बाक्लो बनाएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले पनि तत्काल यो विद्येयक अघि बढाउन भनिरहेका छन् ।
गृहमन्त्री खाँणले भने सबै सरोकारवालाहरुसँगको छलफलपछि मात्रै यसलाई अघि बढाउने तयारी गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NAZqp0 via IFTTT