डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।
भण्डारी ६७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५४४ मत ल्याए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए ।
कांग्रेस डडेल्धुराका पूर्वसभापथि कर्णबहादुर मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए । एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।
प्रधानमन्त्री देउवाको घर गन्यापधुरा गाउँपालिका–१ मा पर्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wby9TV via IFTTT
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मधु तामाङ प्यानलनै विजयी भएको हो ।अध्यक्ष तामाङ संगै वडा सदस्यहरुमा कृष्णहरि श्रेष्ठ सुनिलकुमार गिरि , माया तामाङ र सरस्वती सुनार बिजयी भएका छन।
यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर २ राप्रपाका कृष्ण बहादुर पण्डित क्षेत्री वडा अध्यक्षमा विजयी भएका थिए ।वडा नं २ को मत गणना सकिँदा नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39pASjK via IFTTT
काठमाडौँ । मतदान गर्नेदिन नजिकिँदै जाँदा नेताहरु जित हारको दाउँपेचमा व्यस्त छन् । स्थानीय स्तरको निर्वाचन भए पनि दलका शीर्ष नेताहरुको दौडधुपले गर्दा यसलाई संघीय चुनावको झल्कोको रुपमा लिन सकिन्छ । हुन त संघीय संसद अघि हुन लागेको स्थानीय तहको चुनावमा प्राप्त हुने नतिजाले संघीय नतिजाको एक खालको चित्र देख्न सकिन्छ ।
वैशाख ३० नजिकिँदै गर्दा पाँच दलीय सत्ता गठबन्धन र नेकपा (एमा)ले चुनावी सभाहरुमा व्यस्त छ । पाँच दलीय गठबन्धनले अहिले ओलीलाई देखाएर मत आफ्नो पक्षमा पार्न खोजिरहेको छ भने ओली पाँच दलीय गठबन्धनले मिलेर देश ‘लुट्न’ लागेको भन्दै खबरदारी गरिरहेका छन् ।
सामाजिक सञ्जाल र ती दलहरुले गरिरहेको चुनावी सभालाई हेर्दा बाहलवाला र तीन पूर्वप्रधानमन्त्री सहभागी पाँच दलीय गठबन्धनमाथि ओली एक्लै भारी देखिएका छन् ।
एमालेमा भने ओलीबाहेकका नेताहरु छायाँ जस्तो देखिएको चुनावी सभाहरुमा देखिएको छ।
एक अर्कालाई देखाएर भोट लिने प्रयास
सत्ता गठबन्धन र नेकपा (एमाले)ले स्थानीय स्तरमा गर्ने विकासका योजना भन्दा एक अर्कालाई देखाएर आगामी स्थानीय निर्वाचनमा भोट पाउन खोजेको पाइएको छ । एमालेले गठबन्धनको सत्तो सराप गरिरहेको छ भने पाँच दलका शीर्ष नेताहरुले ओलीलाई गाली गरेर मत बढाउन खोजिरहेका छन् । तर, स्थानीय स्तरको चुनाव भएकाले शीर्ष नेताहरुको भाषणभन्दा पनि स्थानीय स्तरमा रहेका उम्मेदवारहरुलाई हेरेर मत प्रभावित हुने निश्चित छ ।
गठबन्धनभित्रै त्रास
स्थानीय तह निर्वाचनका क्रममा तल्लो तहसम्म गठबन्धन गरेर अघि बढ्ने र सत्ता गठबन्धनका दलहरु बाहेकसँग तालमेल नगर्ने नीति लिएका गठबन्धनका दलहरुले त्यस अनुरुपमा व्यवहार गर्न सकेनन् ।
वडा स्तरसम्म गठबन्धन गर्ने भनिएको भए पनि महानगरमा मात्र गठबन्धन भएको छ । अन्य कतिपय स्थानमा मेयर र उपमेयर तथा प्रमुख र उपप्रमुखका लागि गठबन्धन भए पनि वडा स्तरमा भने दलहरु एक्ला एक्लै वा दुई दल मिलेर चुनावी मैदानमा उत्रिएका देखिएका छन् ।
कतै माओवादी र समाजवादी त कतै कांग्रेस र माओवादीबीच तालमेल भएको छ । गठबन्धन नभएर एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका स्थानमा गठबन्धनका दलहरुबीच झडप र कुटाकुट भएका विवरणहरु आइरहेका छन् ।
भरतपुर, पोखरा महानगरलगायतका स्थानमा कांग्रेसका मतदाताले इमान्दारिताका साथ गठबन्धनका उम्मेदवार विशेषगरी भरतपुरमा माओवादी र पोखरामा एकीकृत समाजवादीलाई मत दिँदैनन् कि भन्ने त्रास ति दलमा देखिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त अनलाइनखबरमा दिएको एक अन्तर्वार्ताका क्रममा कांग्रेसले आफूहरुलाई पुरस्कार दिनु पर्नेमा अहंकार देखाएको बताएसँगै गठबन्धनका दलमा शीर्ष नेताहरुबीचको अविश्वासलाई उजागर गरेको छ । “कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ । हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ । तर चित्त दुखाएर बस्ने बेला होइन,” अध्यक्ष नेपालले भनेका छन् ।
आफूहरुको पक्षमा मेयर उपमेयर रहेका पालिका पनि नदिइएकोमा उनको चित्त दुखाइ थियो । “हाम्रो शक्ति त सीधा देखिएको छ । हाम्रो पक्षमा मेयर, उपमेयर भएका पालिकामा पनि हामीलाई दिइएन । नाम चलेको नेताका पछि हजारौं कार्यकर्ता, लाखौं जनता छन्,” उनले भनेका छन् ।
उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कतै भरतपुर महानगरमा पुत्री रेनु दाहाललाई कांग्रेसले मत नदेला भन्ने त्रास रहेको छ । जसले गर्दा रेनुले हार्दा देश दुर्घटनामा पर्ने चेतावनी उनले दिए । चितवनमा आयोजित सभामा उनले भनेका थिए ‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो। समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १५÷२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भनेका थिए, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ।’
गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास
यतिबेला सत्ता गठबन्धन ओलीलाई देखाएर मत बढाउन केन्द्रित देखिएको छ । त्यसका लागि गठबन्धन दलका शीर्ष नेतृत्वले ओलीले फेरि संसद विघटन गर्ने त्रास जनतामा बाढिरहेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं ओलीले जिते फेरि संसद र स्थानीय तह विघटनको खतरा रहेको दाबी गर्दै जनतामा कतै भंग भइहाल्ने हो कि भन्ने त्रास गठबन्धनले दिन खोजिरहेको छ । सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो त्रास देखाएका हुन् ।
‘विरोध गर्नेबित्तिकै संसद विघटन गर्न मिल्छ। संसद विघटन गर्नै पाइँदैन । जबरजस्ती भंग गर्नुभयो । दुई तिहाइ बहुमत आए पनि संसद भंग गरिहाल्ने फिर्ता ल्याए पनि चल्न नदिने प्रवृत्ति छ,’देउवाले भने,‘त्यस कारण एमालेलाई जिताएर के फेरि संसद भंग गर्ने हो र । ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गराउनु हो । त्यस्तो पार्टीलाई सरकारमा फेरि ल्याउनु हुँदैन ।’
उनले यसो भनिरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि ओली त्रास जनतामा देखाइरहेका छन् ।
त्यति मात्र होइन प्रचण्डले गठबन्धनको पक्षमा मत नदिने देश दुर्घटनामा पर्छ भन्दै चेतावनी दिइरहेका छन् । ओलीलाई देखाएर सत्ता गठबन्धनले भोट बढाउन खोजिरहँदा ओलीले गठबन्धनलाई त्रास देखाएका छन् ।
गठबन्धन र विशेष गरि प्रचण्ड माधवमाथि खनिने गरेका ओलीले पछिल्ला दिनमा गठबन्धनको भविष्य असार १७ गते देखिने भन्दै नयाँ तुरुप फालेका छन् जसले गठबन्धनका दललाई झस्काएको छ । उनले उक्त मितिलाई जोड दिइरहेका छन् तर त्यसलाई ज्योतिषशास्त्रसँग जोडेर ।
जे काम पनि ज्योतिषिलाई हेराएर प्रधानमन्त्री देउवाले काम गर्ने गरेको भन्दै उनले उक्त तिथी मितिबारे देउवाका ज्योतिषिलाई सोध्न भने । शनिबार विराटगरमा ओलीले भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा असाध्यै विश्वास गर्नुहुन्छ । त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ? मैले दिन नै तोकिदिएको छु, असार १७, कस्ता कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् भनेर मैले भनेको छु ।’
असार १७ मा समस्या आउने भए पनि गठबन्धनको ठुलो खड्को वैशाख ३० मै रहेको ओलीको दाबी छ । उनले स्थानीय निर्वाचन पछि गठबन्धन नचल्ने र आगामी सरकार आफू नेतृत्वको हुने भन्दै गठबन्धनलाई चुनौती दिइरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3N1KUWz via IFTTT
काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषदका बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे बस्नेगरि अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सोही बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वान गरिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vV0GwX via IFTTT
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।
दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको आरोप लगाए। ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’
प्रचण्डले मधेसका जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे । उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए ।गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3N0Xy8a via IFTTT
काठमाडौँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ ।
दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचारसंहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ ।
आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ । प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँठाउँमा भइरहेकै छन् । आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई रु पाँच हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जानकारी आएपछि स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिता– २०७८ को परिच्छेद ३ को ५ मा सरकार, मन्त्री स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचारणको व्यवस्था छ । उक्त आचारसंहिताको ५ (क) मा त्यस्ता पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
यस्तै वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएकामा बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना कार्यक्रम घोषणा गर्न स्वीकृत गर्न र सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । यस्तै कुनै योजनाको शिलान्यास उद्घाटन सर्वेक्षण, अध्ययन वा अनुदान दिने जस्ता कार्यक्रम पनि गर्न नहुने व्यवस्था छ । नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरको प्रमुखका उम्मेद्वार केशव स्थापितले प्रतिस्पर्धी बालेन शाहका विषममा दिएको अभिव्यक्ति सञ्चारमाध्यमबाट र सामाजिक सञ्जलाबाट जानकारी पाएपछि आयोगले उहाँलाई स्पष्टीकरण पेश गर्न निर्देशन दियो ।
यस्तै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भनी फोटोसहितको समाचार सार्वजनिक भएको जानकारी आएपछि उहाँलाई पनि आयोगले स्पष्टीकरण दिन आदेश दिएको थियो । आयोगले यसरी आचारसंहिता उल्लङ्घन गरेका ३७ भन्दाबढी व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधिसकेको छ । आयोगले गएको चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरेको थियो । निर्वाचन आयोग ऐन २०७३ कोे दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता जारी गरेको हो ।
आयोगले विभिन्न राजनीति दललाई समेत स्पष्टीकरण सोधेको छ । यही २० गते नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिको नामबाट अर्काे पार्टीका विषय जोडेर बनाइएको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले भन्दै त्यसको जवाफ माग गरेको थियो । “उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरित देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी ३ (तीन) दिन भित्र जवाफ उपलब्ध गराई दिन हुन आदेशानुसार अनुरोध गरिन्छ”, आयोगको पत्रमा भनिएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)सँग पनि निर्वाचन आयोगले जवाफ माग गरेको थियो । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँग कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष विक्रम साहलगायतका व्यक्तिले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार आएको भन्दै स्पष्टीकरण मागेको थियो । यी त प्रतिनिधि घटना भए तर विभिन्न जिल्लामा समेत नेता, मन्त्री, उम्मेदवार र तिनका कार्यकर्ताबाट हुने उल्लङ्घनप्रति आयोग कडाइका साथ लागिरहेको छ ।
दल, उम्मेदवार र तिनका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण
निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारणबारे उल्लेख छ । सोही परिच्छेदको दफा १२ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सभा, सम्मेलन जुलुस, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार गर्दा सभ्य र अनुसासित भई गर्नुपर्ने उल्लेख छ ।
स्थानीय प्रशासनको अनुमतिविना सार्वजनिक स्थानमा जुलुस, सभा, बैठक, भेला गर्न नहुने, जुलुस, सभामा सहभागि व्यक्तिले निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर भएको कपडा, टोपी, भेष्ट, सर्ट ज्याकेट, कमिज, मास्क गम्छा, व्याच वा लकेट लगाउन र झोला बोक्न नहुने उल्लेख छ । उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाइ वितरण गर्न बाधा पर्दैन । कसैको घर तथा सार्वजनिक स्थलमा दलको झण्डा निर्वाचन चिह्न टाँस्न, राख्न नहुने तथा कुनै पनि संस्थालाई नगद, जिन्सी, अनुदान वितरण गर्न नहुने व्यवस्था छ । जुलुस आमसभा तथा बैठक र प्रचारका कार्यक्रम बिहान ८ देखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचनका प्रयोजनार्थ ७५ ग्रामको कागजमा (तीन सय वर्ग इञ्चसम्म) आकार भएको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्नेछ । उम्मेदवारको कार्यालयमा ३ वाइ ३ को दलको झण्डा, सोही नापको चुनाव चिह्नबाहेक कुनै किसिमको डिजिटल बोर्ड फ्लेस राख्न र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवथा छ । भित्ते लेखनसमेत गर्न पाइँदैन । त्यस्तै निर्वाचन आयोगको अनुमति लिई उम्मेदवारले निर्वाचन क्षेत्र वा उम्मेदवार भएको क्षेत्रमा बढीमा दुई वटा दुईपाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ ।
आयोगले आफैँ अनुगमन गरेर पनि आचारसंहिता विपरीतको गतिविधि नियन्त्रण गरिरहेको छ । केही दिनअघि आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि गत शनिबार स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टीसर्ट १० थान, दलको व्यानर तीन थान जफत गरेको थियो । राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LTGeSp via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै जनताबाट चुनिएर ओली लोकतन्त्र र परिवर्तनमाथि नै धावा बोल्न पुगेको आरोप लगाए ।
‘परिवर्तन र लोकतन्त्र माँस्न केपी शर्मा ओली निमित्त कहींबाट हुन्,’ पौडेलले भने । जनताले ओलीको गतिविधिलाई समयमै बुझ्नुपर्ने बताए ।
आफूहरु लोकतन्त्र जोगाउन गठबन्धन गर्ने निर्णयमा पुगेको बताए । भविष्यमा मिलेर सरकार बनाउनुपर्ने भएकाले अहिले नै चुनावमा तालमेल गरेको जिकिर गरे ।
गठबन्धन गरेकैले काँग्रेसले कतिपय ठाउँमा मुख्यमन्त्री पाएको, राष्ट्रिय सभाको चुनाव जितेको उल्लेख गर्दै मिलेर जानुको विकल्प नभएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l3frHT via IFTTT