चितवन । नेकपा ०माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
ुतपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sfERWH via IFTTT
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो ।
सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए ।
रिटमाथि आज पहिलो बहस भएको हो । आज दिनभर बहस नसकिएपछि भोलिका लागि सारिएको छ । महान्यायाधीशवक्ताको कार्यालयले समेत बहसमा सहभागी हुन पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । सोही आधारमा महान्यायाधीवक्ता खम्बबहादुर खाती पनि बहसमा सहभागी भए ।
रिटमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए । नवनियुक्त आईजीपी सिंहको तचर्फबाट समेत अधिवक्ताहरूले बहस गरेका थिए ।
उनको तर्फबाट महान्यायाधिवक्ता खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । बहसको क्रम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LKB5MI via IFTTT
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको प्रमाण सार्वजनिक भएको छ । उनीविरुद्ध अख्तियारमा १६ वैशाखमै उजूरी परेर दर्तामा छाप पनि हानिएको छ ।
अख्तियारमा उक्त उजूरीको दर्ता नम्बर सी ०३२५३१, ०७९०११६, १५२६२३८५ छ । उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।
सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी
काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ ।
उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।
डंगोलले भने आफूविरुद्ध प्रोपोगान्डा रचिएको दाबी गरेकी छिन् । तर, उजूरी परेको सत्य खुलिसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kEfB85 via IFTTT
काठमाडौं । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका मेयर, उपमेयर तथा वडाका सम्पूर्ण उम्मेदवार हरु चुनाबी प्रचारमा कम्मर कसेर लागेका छन ।
“सुशासन र समृद्धिका लागि युवा नेतृत्व लाई जिम्मेवारी म बनाउछु मेरो नगर” भन्ने मूल नाराका साथ मेयरका उम्मेदवार दिपक रिसाल र उनको टिम चुनाब प्रचारप्रसारमा लागेको हो ।
उनीहरु नगरको सम्पूर्ण वडामा चुनाब प्रचारप्रसारमा सक्रीय भएर लागेका छन् । नगरको संस्कृतिको संरक्षण, विकास र प्रचारप्रसार गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य ,फोहोरमैला , खानेपानी र स्वरोजगार लगाएतका बिषयमा मा बिशेस जोड दिने नाराका साथ उनीहरु चुनाब प्रचारप्रसारमा लागेका छन् । सम्पूर्ण उम्मेदवारहरु चुनाबी प्रसारमा घर घर पुगिरहेका छन् ।
हेर्नुस तस्बिर
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3F8yqK1 via IFTTT
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् ।
प्रहरी प्रशासनमा आर्थिक पारदर्शिता कायम र जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुने उनले समेत उनले जनाए । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उनले संगठनको श्रीवृद्धिमा जोड दिने बताए ।
आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए ।
कुनै पनि व्यक्ति वा संगठन आलोचना मुक्त नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘नेपाल प्रहरी र यसमा आवद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकोले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकहरूले सुक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन । मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्दछ भन्ने हो । गुनासो र आलोचना उसैको हुन्छ, जसप्रति आशा र विश्वास जोडिएको हुन्छ ।’
नेपाल प्रहरीको आधार भन्नु नै नागरिक विश्वास र भरोसा भएको चर्चा गर्दै उनले समाज र राष्ट्रको हित र सुरक्षाका खाँतिर संगठन र यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूले कानूनी राज्यको मान्यता अनुरुप निष्पक्ष एवम् व्यावसायिक प्रहरी सेवा प्रवाह गर्न र कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिए ।
व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ–आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न समेत उनले सम्पूर्ण अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने उनले बताए । ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता हुनेछैन,’ प्रहरी महानिरीक्षक सिंहले भने ।
भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने जनाए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको साथै नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3KDD8kn via IFTTT
काठमाडौं । सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन् । कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै उम्मेदवार छन् । यसले गठबन्धन भएपछि चुनावमा धक्का पुग्न सक्ने आँकलनहरु भएका छन् ।
देशभर माथि देखि तलसम्म गठबन्धन कसिलो बनाएर चुनावमा जाने प्रयास नभएका होइनन् । तर, कार्यकर्ताको दबाबले दलहरुले यसमा सफलता हासिल गरेनन् । यसकारण कतिपय पालिकाहरुमा समस्या देखिएको छ ।
आज सत्ता गठबन्धनको बैठक बसी स्थानीय तहको चुनावमा समझदारी बनाएर चुनावमा जान आफ्नो दल मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेका छन् । जस अनुसार पाँच दलीय गठबन्धनमा समझदारी भएको तर त्यस अनुरुप उम्मेदवारी फिर्ता नलिएको भए समझदारी अनुरुप कार्य गर्न गराउन आ आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने भनिएको छ ।
अब उम्मेदवारी फिर्ता नलिएको स्थानहरुमा उम्मेदवार नभएको घोषणा गरी समझदारी अनुसार साझा उम्मेदवारलाई साथ दिनुपर्नेछ ।
गठबन्धनभित्रै घात अन्र्तघातको सम्भावना बढ्दै गएपछि गठबन्धनको संयन्त्रको बैठक बसेर कडा निर्णय लिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MIW82d via IFTTT
काठमाडौँ । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।
लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो । नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सो को नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको छ ।
ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रीडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोगमा वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम गर्ने विषय सो परियोजनाको उद्देश्यका रुपमा रहेको छ । सम्झौता अनुसार एमसिसीले नेपाललाई ४५ करोड ९५ लाख अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउनेछ । वित्तीय व्यवस्थाका अतिरिक्त थप चार करोड पाँच लाख डलर बराबरको रकम समेत उपलब्ध हुनेछ ।
काठमाडौँको नाङ्लेभारेबाट सुरु हुने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलको न्यू बुटवल सवस्टेशनमा जोडिनेछ । यस्तै गल्छीबाट अर्को लाइन हेटौँडा जानेछ । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण मानिएको एमसिसी स्म्झौता अनुमोदनपछि कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ ।
पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा हुने भएकाले हाल पूर्व तयारीका सबै काम अगाडि बढिरहेको एमसिए नेपालले जनाएको छ । केही दिन पहिले मात्रै सडक विभागमा सडक निर्माणको गुणस्तरसम्बन्धी प्रयोगशाला स्थापना भएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणलगायतको काम समेत सुरु हुने प्रक्रियामा छ ।
नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ । रातमाटेमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । यस्तै, तनुहँ र बुटवलमा समेत सोही क्षमताको सवस्टेशन निर्माण हुनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OOejFA via IFTTT