काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाल कुनै देश विशेषसँग बढी टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न भएको भन्दै प्रश्न उठाएका हुन् ।
२०७९ सालको शुभकामना दिदै उनले आज साँझ एक सन्देशमार्फत् छिमेकी मुलुकहरुप्रति अबलम्बन गर्ने नीति तथा व्यवहारले राष्ट्रको अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने भन्दै गम्भीरता देखाएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ,’ पूर्व राजा शाहले सन्देशमा भनेका छन् ।
पछिल्लो समय नेपाल कुनै एक छिमेकीसँग बढी ढल्किएको विषय उठिरहँदा शाहेको भनाई आएको हो ।
शाहले अर्थ व्यवस्था जटिल बन्दै गएको अर्थविद्हरु तथा उद्दमीहरुको चिन्ताबारे समेत उल्लेख गरेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिंदो आर्थिक बोझले जीवन गुजरा गर्न कठिन भएको दुखेसो समेत प्रकट भइरहेको भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jy6Tbb via IFTTT
काठमाडौंं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानको प्रभावकारिता बढेको बताएका छन् । उनले उक्त अभियानमार्फत पार्टी संगठनको पहुँच व्यापक विस्तार भएको दाबी गरे ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले पार्टीको ८ वटै संरचना व्यापक रुपमा परिचालन भएको पनि सुनाए । काँग्रेसले फागुन २९ गतेदेखि सुरु भएको काँग्रेसको एक महिने चुनावी अभियानमा चैत २९ गते आज सकिएको हो । आठ उद्देश्य राखेर सुरु गरिएको एक महिने अभियानले फलदायी भएको प्रवक्ता महतले बताए ।
उनले स्थानीय तहको आवश्यकत्ताअनुसार नै गठबन्धन गरिने बताए । उनले भने,‘हामी स्थानीय तहको आवश्यकत्ताअनुसार नै गठबनधन गर्छौं, कहाँ आवश्यक छ ? अनि के आवश्यक छ ? त्यसको निर्णय विभिन्न तहहरूको संरचनालाई जुन हाम्रो विधानले दिएको अधिकार दिएको छ, त्यो अनुसार नै सम्पन्न हुन्छ ।’ उनले स्थानीय तह निर्वाचनमा तालमेलका कुरा राष्ट्रिय निर्वाचनजस्तो सहज नभएको स्पष्ट पारे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3E7Da21 via IFTTT
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ ।
सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।
आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिक स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन् ।
सरकारले चुनावमा नेपाल प्रहरी र त्यस अन्तर्गत १ लाख म्यादी प्रहरीका अलावा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय लिइसकेको छ । सेना परिचालनको पनि मार्ग खोलेर राखेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rlf7Yv via IFTTT
काठमाण्डौैँ, । नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी विच पाटी एकिकरण भएको छ ।
मंगलबार एक कार्यक्रमका विच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी पाटी एकिकरण भएको हो ।
काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन ।
दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन ।
दुवै पार्टीविच राष्ट्रिय मुद्दा र विकास बारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघिय परिषद् अध्यक्ष रहने गरि पार्टी एकिरण भएको घोषणा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।
जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन ।
विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन । पार्टी एकता घोषणा पत्रमा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो¥याउने प्रतिबद्धता जाहेर गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vcLMR4 via IFTTT
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।
आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए ।
सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए । कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए । आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ । गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा उनको जोड थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3E4hQKL via IFTTT
काठमाडौं । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ ।
निर्वाचन आयोगले चुनवाी प्रक्रिया बढिसकेको नमिल्ने बताइदियो । तर, विप्लवका नेताहरु सरकारमा रहेका प्रभावशाली मन्त्रीहरुसँग छलफल गर्न थालेका छन् ।
विश्वस्त स्रोतका अनुसार नेपाली काँग्रेसका एकजना प्रभावशाली मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विप्लवको चुनावमा आउने चाहनालाई पूरा नगरे भविष्यमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था आउनसक्ने रिपोर्टिङ गरेका छन् । उनले विगतमा माओवादीले राखेका मागहरुको बेवास्ता गर्दा देशमा हिंसात्मक द्वन्द्व भएको इतिहास स्मरण गराउँदै चुनावमा आउने विप्लवको चाहनालाई सम्बोधन गर्नुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।
विप्लवलाई चुनावमा ल्याउन पार्टी दर्ताको अवसर दिनुपर्छ । तर, निर्वाचन आयोगले आव्हान गरेको पार्टी दर्ताको म्याद गुज्रिइसकेको छ । यसलाई पुनः सुचारु गर्दा ३० वैशाखमा चुनाव नहुने सक्छ । यसकारण पनि विप्लवलाई चुनावमा ल्याउने वातावरण बनाउँदा केही पर धकेलिन सक्छ ।
सरकारले केही समय चुनाव सार्ने विकल्पबारे समेत छलफल भित्र भित्र चलाएको बुझिएको छ । यसरी पर सार्दा चुनाव जेठको अन्ततिर या भविष्यमा तीन तहको चुनाव एकैपटक गर्ने अवस्था बन्नसक्छ ।
सत्ता गठबन्धनबीच स्थानीय चुनावमा भागवण्डाको समस्या यसै पनि आइरहेको छ । जिल्ला जिल्लामा सत्ता गठबन्धनका दलहरुबीच कुरा मिल्न सकेको छ । यसलाई दृष्टिगत गरी कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने, चुनावी तालमेल पनि एकैपटक भई सम्भावित विद्रोहहरु रोक्न सक्ने विषयमा पनि छलफल बढेको छ ।
यसैगरी, शनिबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले असोजमा चुनिएका जनप्रतिनिधिहरुको संवैधानिक अधिकार हरण हुने तर्क समेत गरेका छन् । यसका अर्थ स्थानीय निकायमा असोजमा जनप्रतिनिधि भएकाले ५ वर्ष पूर्ण कार्यकाल रहन पाउनुपर्छ भन्ने हो । यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JseL8G via IFTTT
काठमाडौं । आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार चयनमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ पहिलो बनेको छ ।
नेकपा एमाले वडा कमिटीको बैठकबाट वडा अध्यक्षमा राजु अधिकारी, वडा सदस्यहरुमा बिनोद कुमार तामाङ, रत्ना नगर्जी, प्यारी कुमारी बास्तोला (कञ्चन) र डल्ले लामा सर्वसम्मत रुपमा चयन भएका छन् ।
छानिएका पाँच मध्ये राजु अधिकारी, रत्ना नगर्जी र बिनोद कुमार तामाङ पुनः दोहोरिएका हुन भने प्यारी कुमारी बास्तोला र डल्ले लामा आगामी निर्वाचनका लागि नयाँ अनुहार हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DZ80d7 via IFTTT