सिन्धुपाल्चोक । आसन्न स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सबै राजनैतिक दलहरुले आ–आफ्नो सकृयता बढाउँदै उम्मेदवारहरुको टुङ्गो लगाउन थालेका छन् ।
सरकारमा रहेका दलहरुले गठबन्धनको लागि प्रयास गरीरहँदा प्रतिपक्षमा रहेको एमालेले भने आफ्नो तर्फबाट उम्ेदवार घोषणा गर्न थालेको छ । सिन्धुपाल्चोकको १२ वटा स्थानिय तह तथा १०३ वटा वडा मध्य बलेफी ६ मा एमालेका सकृय स्थानिय नेता तेज बहादुर पराजुलीको नाम सर्वसहमतबाट सिफरीस भएको छ ।
गत स्थानिय निर्वाचनमा झिनो मतले पराजय भएका पराजुली को यो उम्मेद्वारी ले अन्य दलहरुलाई चुनौति थपिएको छ । सामाजिक काममा समेत सकृय पराजुली लामो समय देखि नेकपा एमाले मा रहेर राजनिति गरीरहेका छन् । आम वडाबासीहरुको चाहाना बमोजिम नै आफ्नो उम्मेद्वारी रहेको पराजुलीले बताउनु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DVVzyX via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अब पार्टीको रुपमा नरहेको र सानो गुटमा सिमित हुन पुगेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले देशव्यापी रुपमा आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दाबी गरे ।
उनले एमाले चाहीँ व्यक्तिको वर्चश्वको चलिरहेको समूहको संज्ञा दिएका छन् । उनले आफ्नो पार्टी नै कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको पनि दाबी गरे ।
एमाले त दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएको उनको आरोप छ । त्यस्तै, अध्यक्ष नेपालले भ्यू टावर बनाईएकोप्रति आपत्ति जनाएका छन् । अरबौं खर्च गरेर भ्यू टावर बनाउनु गलत भएको उनको टिप्पणी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uq9R7P via IFTTT
काठमाडौं । बागमती प्रदेश- काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकाको मेयरमा पदमा नेपाली कांग्रेसका दीपक रिसालले दाबी गरेका छन।
नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिवको जिम्मेवारीमा सम्हाल्दै आएका रिसाल हाल नगरपालिकाको सल्लाहकारको भूमिकामा रहेर नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा अहम भूमिका खेलेका छन् । २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेका उनि राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि निक्कै सकृय देखिन्छन।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जोरपाटीका स्थानिय निवासी रिसाल अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुन् । उनी हाल गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको वर्तमान महासचिव छन् । गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आर्थिक संकलन गरेर समेत सप्ताह लगाएको उनले बताएका छन। उनले विभिन्न कुरामा परिवर्तन गर्दै नगरपालिकाको समुन्नत बिकासका लागि शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।
‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले गोकर्णेश्वर नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ भन्दै मेयर पदमा उनको दाबेदार भएको बताए। दिपक रिसालले आफू कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेको बताउदै मेयर बनेर अझ बढी काम गर्ने चाहना भने,उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने र बर्तमाण मेयर सन्तोष चालिसे जीको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।
उनले भने, मेयर सन्तोष चालिसे बीस २०७४ सालमा भएको सहमति अनुसार आफुले सन्तोष चालिसे जीलाई सघाएँको र यसपटकको चुनावमा मेयर सन्तोष चालिसेले सघाउनु पर्ने समेत बताएका छन।सन्तोषजीले आफैंले अबको मेयरको उम्मेदवार दीपक हो भनेपछि मेरो बाटो खुल्ला भएको छ, त्यसै अनुसार मैले मेयर पदमा चुनाव लड्ने आन्तरिक तयारी गरिरहेको छु, रिसालले भने।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NZ0Gmn via IFTTT
काठमाडौं । सरकारले रिक्त रहेका २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
निकै नै महत्वपूर्ण मानिएको चीनको लागि माओवादी कोटाबाट बिष्णुपुकार श्रेष्ठको नाम नियुक्तिको लागि सिफारिस गरिएको छ ।
ससदीय सुनुवाई प्रक्रिया पुरा भएर सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ । २० जना राजदूतमा १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र मन्त्रालयबाट छन् ।
सरकारले राजनीतिक दलको कोटाबाट दानबहादुर तामाङ, दक्षिण अफ्रिका। शर्मिला पराजुली ढकाल, स्पेन बासुदेव मिश्र, श्रीलंका,मिलन तुलाधर, रसिया कैलाश पोखरेल, अस्ट्रेलिया,डिल्लीराज पौडेल, मलेसिया,शान्ता रिजाल, इजराइल,जेपी प्याकुरेल, दक्षिण कोरिया,प्राडा रामसुरज राय यादव, डेनमार्क नवराज सुवेदी, साउदी अरबको लागि नियुक्त गरेको छ ।
मन्त्रालयको कोटाबाट नरेश विक्रम ढकाल,घनश्याम भण्डारी,हरिशचन्द्र घिमिरे,डोरनाथ अर्याल,सुशीलकुमार लम्साल,भरतकुमार रेग्मी,निर्मलराज काफ्ले,दुर्गाबहादुर सुवेदी र तिर्थराज वाग्ले रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3KlGjhf via IFTTT
नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी-विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताउनु भएको छ ।
नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवादी यिनै पाँचदलीय गठबन्धन भएको भन्दै चुनावमा हराउन सकिएन भने देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुने बताउनु भएको हो ।
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले अस्पताल र विद्यालयका आयोजनाहरुसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत कुन दिन देखि बाँड्न रोक्ने आशंका व्यक्त गर्नुभयो ।
नेकपा समाजवादी एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनु भयो ।
अध्यक्ष ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु भयो ।
बाँकेमा मात्रै होइन, अहिले एमाले प्रवेशका लागि देशभर जनलहर चलेको उहाँले बताउनु भयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rb5Ceg via IFTTT
काठमाडौं । २०७९ बैशाख ३० गतेको लागि घोषणा गरिएको स्थानिय तहको चुनाव नजिकिदै गर्दा नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोकको चुनाबि माहोल तात्तिन थालेको छ ।
स्थानिय चुनावमा गठबन्धनको बिषयमाथि छलफल भईरहेको अवस्थामा माओवादी केन्द्रको स्थानिय समितिहरुले भने आवस्यकता पर्दा एक्लै पनि चुनावमा जान सकिने गरी तयारी भईरहेको बताएका छन् । प्रतेक गाउँपालिकाले चैत्र २८ गते सम्ममा आ–आफ्नो वडा सम्मको प्रतिनिधि चयन गर्ने समय राखेर वडा स्तरमा छलफल चलाई रहेको बेला नेकपा माआवादी केन्द्र सम्बद्ध सिन्धुपाल्चोक काठमाडौ. सम्पर्क समन्वय समितिले भने सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहमा आफ्नो तर्फबाट उम्मेदवारी सिफारीस गरी नेकपा माआवादी केन्द्र सम्पर्क समन्वय समिति बागमती प्रदेश मा पठाएको छ । समितिले पठाएको सिफरीसमा सम्पर्क समन्वय समितिका केहि प्रभावशालि नेता हरुको समेत राखिएको छ ।
सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का ईन्चार्ज बयान बहादुर कार्की , प्रदेश सदस्य लक्ष्मि बस्नेत , महिला बिभाग ईन्चार्ज मिथिला सिग्देल , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का सचिव तोक बहादुर गधराज , अर्चना खड्का ,शारदा आचार्य,आशा गुरुङ ,कृष्ण कुमारी कुँवर तथा देवराज बस्नेत लगायत रहेका छन् । सम्पर्क समन्वय समितिलाई उचित मुल्याङ्कन गरेर कोटा छुट्याउनु पर्ने भन्दै दबाबमुलक ढंगबाट यो सिफारीस माथिल्लो समितिमा गएको हुन सक्ने बताईएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j8RSMK via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापति समेत भएकाले भारतीय जनता पार्टीको कार्यालयमा गएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् । आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले देउवा प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा भाजपा कार्यालय गएको बताए ।
‘नेपाली काँग्रेसको सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको हो,’ परराष्ट्रमन्त्री डा. खड्काले पत्रकारको प्रश्नमा भने, ‘उहाँ प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा जानुभएको हो ।’ नेपाली काँग्रेसको भारतीय जनता पार्टीसँग सुमधुर सम्बन्ध रहेको भन्दै दुई पार्टीबीच भ्रमणहरु हुने बताए ।
देउवा भाजपाको केन्द्रीय कार्यालयमा जानुलाई कूटनीतिक मर्यादा विपरित भनी आलोचना भइरहँदा खड्काको पछिल्लो भनाई आएको हो ।
खड्काले प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग सीमा समस्याबारे कुराकानी गरेको बताए । कूटनीतिक माध्यमले सीमा सम्बन्धी समस्याको हल गर्ने विषयमा कुराकानी भएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3r1zxW6 via IFTTT