चितवन । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्री पद र पदकका लागि अदालतले मोर्चाबन्दी गरेर एमालेलाई सरकारबाट हटाएको बताए ।
‘पापको घैँटो फुट्यो भने जस्तो हिजो सेटिङ भएको ठाउँमा आज एकअर्कालाई पोलापोल गर्नुभाछ । अदालतले केही नेताको स्वार्थमा परमादेश जारी गर्दिने । त्यो परमादेश जारी गरिदिए बापत सरकारले उहाँका कसैलाई मन्त्री र कसैलाई पदक उपहार दिने गर्नुभाछ । अपवित्र साँठगाँठ त्यहाँ भएको छ’, उनले भने ।
एमालेमाथि भइरहेको षड्यन्त्र र घेराबन्दीविरुद्ध महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्न लागिएको उनले बताए । महाधिवेशनमा जनताको महासागर उतारेर शक्ति प्रदर्शन गर्नुपर्ने उनले बताए ।
‘चितवनबाट मात्रै तपाइहरूले एक लाखभन्दा बढी कार्यकर्ता उतार्नुपर्ने छ । सुन्दा अस्वाभाविक जस्तो लाग्ला । तपाइका पार्टी सदस्यका हिसाबले एक जनाले पाँच जना ल्याइयो भने चितवनले एक लाख त सजिलै उतार्न सक्छ । बाँकी चार लाख हाम्रो जिम्मामा छाड्नुस्’, उनले भने । जनपरिचालनमा चितवनले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी र चक्रव्यूह निर्माण गरिएको पनि उनले बताए ।
‘संसारमा सत्तापक्षका विरुद्धमा प्रतिपक्षले मोर्चाबन्दी गर्छन्, स्वाभाविक मानिन्छ । तर, हामी कहाँ प्रतिपक्षका विरुद्धमा सत्तापक्षले मोर्चाबन्दी गरिरहेको छ’, उनले भने, ‘सत्ता गठबन्धनले गायत्री मन्त्र जस्तो यो गठबन्धन चुनावसम्मै जान्छ भन्ने गर्नुहुन्छ । एमालेसँग एक्लै लड्ने तागत गठबन्धनका कुनै शक्तिसँग पनि छैन ।’
एमालेविरुद्ध मोर्चाबन्दी गर्नकै लागि संघीयता र संविधान खारेज गर्नेदेखि ११ वटा प्रदेशको माग गर्ने पार्टी एकठाउँमा आएको उनले बताए । ‘यो कुनै सिद्धान्तको गठबन्धन होइन । एमालेप्रतिको विरोध र प्रतिशोध र कुण्ठाले उहाँहरूलाई एक ठाउँमा ल्याएको छ’, उनले भने ।
एमाले भित्रका अवसरवादीलाई प्रयोग गरेर अध्यादेशको चरम दुरुपयोग गरिएको समेत उनले बताए । यी सबै षड्यन्त्रका विरुद्ध महाधिवेशनको उद्घाटन सत्रमा जनताको महासागर उतारेर एमालेको शक्ति देखाउनुपर्ने उनको भनाइ थियो ।
महानगर कमिटीले लियो शपथ
एमाले भरतपुर महानगर कमिटीको नयाँ पदाधिकारीले बिहीबार शपथ ग्रहण गरेका छन् । लामो रस्साकस्सीपछि सर्वसम्मत रूपमा चयन गरिएको भनिएको कमिटीलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीको उपस्थितिमा शपथ खुवाइएको हो ।
महानगर कमिटीमा शंकर थपलियाको अध्यक्षतामा ११४ सदस्सीय कमिटी चयन गरिएको हो । थपलियालाई एमाले जिल्ला नेता केशवप्रसाद रेग्मीले शपथ खुवाएका हुन् । महानगर कमिटी अध्यक्ष थपलियाले सचिव, सहसचिव लगायत सदस्यलाई शपथ खुवाएका हुन् । महानगर कमिटीको सचिवमा टिकाराम सुवेदी र सहसचिवमा निशा अधिकारी चयन भएका छन् ।
उपाध्यक्ष र एक सहसचिव पछि थप गर्ने भनिएको छ । महानगर कमिटीको अधिवेशन कात्तिक १५ गते भएको थियो । अध्यक्षलगायतको पदमा धेरैको आंकाक्षा देखिएपछि पदाधिकारी चयनमा पार्टी नेतृत्वलाई सकस भएको थियो । अध्यक्षका प्रत्याशी प्रह्लाद प्रधानको समूहले महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमै ब्यानर प्रदर्शन गरेर विरोध जनाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3C8gQTs via IFTTT
मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारत उत्तर प्रदेशका महमद जुहेवलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
दुबईबाट सुन लिएर आएको सुराकका आधारामा प्रहरीले ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधाकिलो सुन बरामद गरिएको हो ।
उत्तर प्रदेशको बुलन्द शहर घर भएका जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर सो सुन ल्याएका थिए ।
४२ वर्षका महमद जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ । उनले दुईवटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3D7upDN via IFTTT
काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो ।
यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ ।
प्रचार संयोजक तथा एमाले सचिव योगेश भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ‘तपाईं संगठित सदस्यहरूले रु १००/- मात्र हालिदिनुभयो भने मंसिरमा हुने महाधिवेशन खर्च पुग्छ । सबै सदस्यहरूले खातामा जम्मा गर्दा सात करोडभन्दा बढी उठ्छ, हामी आफ्नै खर्चमा सम्मेलन सक्छौँ, चन्दा माग्नुपर्दैन ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30c3wjs via IFTTT
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘अदालत प्रशासन चलाउने काम मेरो हो । नेपालको संविधान कानुन, न्याय प्रशासन ऐनअन्तर्गत बेन्च तत्काल अगाडि बढाउँछु । गैरकानुनी काम निस्तेज गर्छु’ जबराको भनाई उद्धृत गर्दै अधिवक्ता बस्नेतले भने ।
अधिवक्ताको समूहले मुख्य तीनवटा माग राखेर प्रधानन्यायाधीशलाई ज्ञापन बुझाएको हो । जसमा बेन्च सूचारु गर्नुपर्ने, बारको वैधानिक माग पूरा गर्ने तथा अवैधानिक कुरालाई अस्वीकार गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी वरिष्ठ अधिवक्ता, १९ जना न्यायाधीशहरु र हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालत भ्रष्टाचार भइरहेको देखाएकाले भ्रष्टाचारको छानविन गरी को को दोषी छन् न्यायाधीश, वकिल, बिलौचिया सबैलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
‘हामीले यो तत्काल अगाडि बढाउनुस् भन्यौँ’ बस्नेतले भने । उनकाअनुसार अदालत प्रशासनले रिट र मुद्दा दर्ता नगरेकोमा पनि अधिवक्ताहरुले प्रधानन्यायाधीशसँग असन्तुष्टि जनाएका थिए । न्यायाधीशलाई हड्ताल गर्ने अधिकार नभएको तर्फ पनि ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुले तपाई गलत हुनुहुन्छ भने नैतिकताका आधारमा राजीनामा दिनुस् । सही हुनुहुन्छ भने कसैको दबाबमा नपर्नुस् । न्याय प्रशासन ऐनअन्तर्गत अदालतलाई अगाडि बढाउनुस् । बन्धक बनाउन मिल्दैन भनेका थिए ।
‘भोलि सेवाग्राही आएर सर्वोच्च गेटमा ढुंगा हान्ने दिन नआओस् । त्यस्तो दिन आउनु राम्रो हुँदैन भनेर साथीहरुले कुरा राख्नुभयो’ अधिवक्ता बस्नेतले भने, ‘प्रधानन्यायाधीशले हाम्रो कुरा गम्भीरतापूर्वक सुन्नुभयो । भोलिबाटै बेन्च सूचारु गर्ने र अन्य माग पनि कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभयो ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3C0SyuB via IFTTT
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य(सचिव ढकालले पदवहाली गरेका हुन् ।
१६ कात्तिकको युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य-सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो ।
ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् । पदवहालीपछि सदस्य-सचिव ढकालले नवौँ राष्ट्रिय खेलकुद र आव २०७८/०७९ का महत्त्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।
पदवहालीअघि सदस्य-सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bS61Km via IFTTT
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले राजनीतिक संयन्त्र गठन गरेको छ । बालुवाटारमा आज बसेको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको हो ।
सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो । संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्बाट ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o7WfK1 via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तय गरेको छ ।
२८ गते आइतबार १ बजे पार्टी कार्यालयमा बैठक बस्ने निर्णय भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने छन् ।
पार्टीको आसन्न महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुने तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kfmTQ0 via IFTTT