काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नं. १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर प्रदेश र बागमती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन् ।
संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले भनेको पनि उनले स्मरण गरे । प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए ।
ओली नेतृत्वको सरकारमा बेला संघीयता लगाएतका उपलब्धीहरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे । प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाँटका बिषयमा टुङ्गो लाग्ने बताए ।
प्रचण्डले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका बिभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WCpI4w via IFTTT
काठमाडौं । नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘अक्क न बक्क’ पारिदिएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरुको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले महत्वपूर्ण मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दावी पेश गरेको स्रोतको भनाइ छ ।
भर्खर गठन भएको दल र त्यसमा पनि सबै सांसद मन्त्रीको आकांक्षी रहेको भन्दै अध्यक्ष नेपालले मन्त्रालयको संख्या बढाउन र महत्वपूर्ण मन्त्रालय आफूहरुले पाउनुपर्ने बताएका थिए ।
अध्यक्ष नेपालको कुरा सुनेपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड भने ‘अक्क न बक्क’ बनेको स्रोतको भनाइ छ । यसअघि नै मन्त्रालयबारेमा टुंगो लागिसकेको विषय भन्दै देउवाले पूर्ववत सहमतिमै अघि बढ्न आग्रह गरेका थिए ।
अध्यक्ष नेपाललाई अहिले मन्त्री कसलाई बनाउने भन्ने विषयमा धेरै दवाव छ । २८ जना नै सांसदले मन्त्रीका लागि चर्को दवाव दिन थालेकाले उनले सो दवाव देउवा र प्रचण्डसमक्ष राखेका हुन् ।
नेपालले भौतिक, परराष्ट्र, सञ्चार, उद्योग, कृषि, स्वास्थ्य, पर्यटन लगायतका मन्त्रालयमा दावी राखेका छन् ।
आफू वेटिङ प्राइमिनिस्टर भएको भन्दै नेता नेपालले २८ जना सांसद्लाई पालै पालो मन्त्री बनाउने आश्वासन दिएको एक सांसदले बताए । पार्टीका सबैजसो सांसद्ले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ । गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो ।
एकीकृत समाजवादीको भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने सम्भावना छ ।
नेता मुकुन्द न्यौपाने वा बेदुराम भूसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर, दुवैको अडान यथावत् छ ।
सांसद्हरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ जसरी पनि मन्त्री हुने दाउमा छन् ।
कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा ९पौड्याल०, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसीले दाबी गरेका छन् ।
नेपालले भने सरला यादवलाई उपसभामुख बनाउने, केहीलाई प्रमुख सचेतक, संसदीय समितिको सभापति बनाएर एडजस्ट गर्ने रणनीति बनाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WufIKK via IFTTT
काठमाडौं । नेकपा एमालेमा माधव नेपाल लगायतको अभिलेख हटाइने भएको छ ।
एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको हो ।
आज (विहिबार) तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ उनले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’
यस्तै निर्वाचन आयोगबाट सनाखत गर्ने क्रममा विवादास्पद निर्णय भएकोमा त्यसविरूद्ध कानुनी लडाइँ लड्ने पनि एमालेले निर्णय गरेको छ ।
पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीको भनाई छ ।
यस्तै आजको बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । त्यसका लागि सहजीकरण गर्न महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38hKTM8 via IFTTT
काठमाडाैं । माधव नेपालकाे नेतृत्वमा रहेकाे नवगठित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलकाे मान्यता पाएकाे छ । निर्वाचन आयोगले साे पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेकाे हाे ।
आयोगको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए। राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेकाे जानकारी दिएका थिए।
दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्ने साे पार्टीले जनाएकाे छ ।
केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने नेता पाणडेले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3my5nbv via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी संचालनमा गर्न पाइने भएको छ । स्थानीय प्रशासनले यसअघिको निर्णयलाई खारेज गर्दै नयाँ निर्णय गरेको हो । नयाँ निर्णय अनुसार अब भदौ ९ गतेदेखि राति ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी संचालन गर्न पाइनेछ ।
मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि गरिएको निर्णयमा पुनर्विचार गर्दै यस्ताे निर्णय गरेकाे हाे । बैठकले उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लब्याउने निर्णय पनि गरेकाे छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै भदौ १६ सम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेका हुन् । बैठकले जुलुस गर्न र भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन गर्न पनि रोक लगाइएको छ ।
बैठकले स्थानीय ढुवानी बिहान ९ देखी ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पनि रोक लगाइएको छ । स्थानीय प्रशासनले सभा, सम्मेलन, सिनेमा हल, डान्सबार, स्विमिङ पुल र खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाउने पूर्ववत निर्णयलाई निरन्तरता दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Wmx8J2 via IFTTT
काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर १० देखि गर्ने निर्णय गरेको छ ।
प्रवक्ता प्रदीप कुमार ज्ञवालीका अनुसार मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमालेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यस्तै प्रवक्ता ज्ञवालीले एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्ने बताए । बैठकमा माधव नेपाल पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
यस्तै बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/387yWbL via IFTTT
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमले जनाएकाे छ ।
डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको निगमले जनाएको छ ।
पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमले जनाएकाे छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DcOzgb via IFTTT