काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ६ वटा प्रदेशमा इन्चार्जहरू तोकेको छ ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ ।
त्यसैगरि प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । बैठकले कर्णालीको इन्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mkKII1 via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केहि दिन अघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले संगठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको निर्देशनका बिषयमा नै स्थायी कमिटी बैठकमा छलफल भएको र बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बैठकमा पुष ११, १२ र १३ गने हुने राष्ट्रिय सम्मेलनका लागि स्थानीय तहसम्म अधिवेशन गर्न निर्वाचन निर्देशिका तयार गर्ने बिषयमा पनि छलफल भएको उनले बताए । आइतबार बस्ने बैठकले नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाका बिषयमा आवश्यक निर्णय लिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/380rYoK via IFTTT
काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
सरकारले काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।
बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डिल्लीराम शर्मालाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पदबाट दिएको राजीनामा गत साउन २२ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3z2vElH via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन ।
एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन ।
उहाले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाए ।
माधव नेपालसंग देश बिकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गरे ।
अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको भन्दै तमाशा मात्र गरेको बताए । त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिकृयावादीको कदम सफल नहुने दावी गरे ।
उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसदलाई छल्न खोजिएको आरोप लगाए । ओलीले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पु¥याउन नसक्ने बनाइदिने दावी समेत गरे ।
अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी दिए । कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले माधव नेपालको पक्षमा २०% केन्द्रीय सदस्य नपुग्ने दाबी गरे ।
बस्नेतले दलीय अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरिएका १४ सांसदलाई कारवाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3miuoaM via IFTTT
काठमाडौँ। सरकारका मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताए ।
चुनौतीबाट नतर्सेर आफूलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने उनले सुझाव दिए । “योजना र मानव संसाधन मजबुद बनाउनेतर्फ ध्यान दिन जरुरी छ”, मुख्यसचिव बैरागीले भन्नुभयो, “कम्पनीलाई अघि बढाउन रोडम्याप बनाउनतर्फ लाग्नु पर्छ ।”
सेवा प्रभावकारी बनाउन गृहकार्य आवश्यक भएकोमा जोड दिँदै बैरागाीले कम्पनीका आफ्ना समस्या आन्तरिक छलफलबाट नै समाधान गर्न सकिने बताए ।
“कोरोना महामारीका कारण अहिलेको समय चुनौतीपूर्ण छ, यस्तो बेला उपभोक्तालाई घरदैलोमै सेवा दिनुपर्छ”, उनले भने ।
खाद्यान्न भण्डारण र खरिदमा ध्यान दिन निर्देशन दिँदै उहाँले व्यापारी पुग्न नसकेको ठाउँमा कम्पनी पुग्नुपर्ने बताए । “मुलुकमा भोकमरीको अवस्था आउन दिन हुन्न, नागरिकका आधारभूत आवश्यकता पूरा गर्नतर्फ ध्यान जानु जरुरी छ”, उनले भने ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सार्वजनिक संस्था स्थापनाको उद्देश्यअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए । “जनताप्रति उत्तरदायी संस्था भएकाले त्यही अनुरुप काम गर्नुपर्छ”, सचिव भट्टराईले भने ।
कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष भेषनाथ न्यौपाने, कर्मचारी सङ्गठनका कार्यवाहक अध्यक्ष रणबहादुर बुढाथोकी र कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले कम्पनीका गतिविधि तथा समस्या प्रस्तुत गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37DhiMH via IFTTT
काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि शुल्क तोकिएको छ ।
नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो ।
यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xIGeNs via IFTTT
काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर १० हजार ९०७ आरटी पिसिआर र ५ हजार ७४९ एन्टिजेन गरी कुल १६ हजार ६५६ जनामा परीक्षण गरिएकोमा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
संक्रमितहरूमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा, ३ हजार २२० संस्थागत आइसोलेसनमा र ३९९ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७९६ जना र भेन्टिलेटरमा १८४ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । निको हुने दर ९३.४ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CECU9G via IFTTT