काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उहाँहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यो पनि, प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँहरूले सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गरी स्थगित भएका परीक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
बैठकको शून्य समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गर्नुभयो ।
सांसद शक्तिबहादुर बस्नेतले कोरोनाको तेस्रो लहर आउने सन्त्रास देखिएको सन्दर्भमा सरकारले के कस्तो प्रतिकार्यको योजना अगाडि सारेको छ भन्ने बारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण गर्न र विदेशमा रहेका नेपालीलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्राकृतिक विपत्तिमा परेको मेलम्ची तथा हेलम्बु क्षेत्रमा गाँस, बास र कपासको व्यवस्था गर्न आग्रह गर्दै सांसद शेरबहादुर तामाङले सो क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्ने माग गर्नुभयो ।
सांसदहरु लालकाजी गुरुङ, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, बिन्दा पाण्डे, विष्णु शर्मा, बोधमायाकुमारी यादव, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, शेरबहादुर तामाङ, श्याम श्रेष्ठ, सत्य पहाडी, समिना हुसेन, हरि अधिकारी, हितबहादुर तामाङले कोरोना कहर, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्न, सीमा समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jG6HX2 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दाबी गरेका छन् । सोमबार पौडेल पक्षको अनौपचारीक छलपलमा वरिष्ठ नेता पौडेलले नेतृत्व समयभित्र महाधिवेशन गराउन असफल भएको आरोप लगाएका हुन् ।
उनले पहिलेका कार्यतालिका अड्किएको अवस्थामा नेतृत्वले ध्यान दिनुपर्ने जिकिर गरे । अझै अधिवेशन गर्न सकिने दाबी गर्दै उनले १३ औं महाधिवेशनकै क्रियाशील सदस्यहरुलाई मान्यता दिएर अधिवेशन गराउन सकिने र क्रियाशील सदस्यताको विवाद फुकाउन सकिने तर्क गरे ।
उनले भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे सहमति गर्नुपर्ने बताए । नेपाली काँग्रेस भित्र भइरहेका छुट्टाछुट्टै भेला र बैठकले नेपाली काँग्रेसभित्रको विवाद चुलिने आँकलन गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iyOTNU via IFTTT
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आधा दर्जन सचिवहरूको सरुवा गरेको छ ।
सरकारले भूमि व्यवस्था मन्त्रालयमा कार्यरत टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिवमा ल्याएको छ ।
रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन ।
प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।
त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको हो ।
यस्तै सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lPmCF8 via IFTTT
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिनुभयो ।
गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गर्नुभयो ।
भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताउनुभयो । उहाँले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधँै सकारात्मक रहेको पनि बताउनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lLcehG via IFTTT
काठमाडौँ। सिन्धुपाल्चोकमा यस वर्षको प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।
समितिका आवद्ध अधिकारीले आज सभामुख सापकोटालाई उनको निवासमा भेट गरी मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षतिसम्बन्धी प्रारम्भिक प्रतिवेदनसहितको पत्रमा पुल, विद्युत्, टेलिफोन सेवा तत्काल सञ्चालन गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधारभूत खानेपानीको व्यवस्थान, नदी तटीय क्षेत्रका बस्ती स्थानन्तरण गर्न अस्थायी आवास निर्माण सामग्रीको उपलब्धतालगायतका विषय समेटिएका छन् ।
ध्यानाकर्षणपत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए । गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् व्यवस्थापन क्षेत्रका विज्ञ, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिए ।
उनले साउन १४ गते गृहमन्त्री बालकृष्ण खाणसँग तत्काल दुईवटा बेलीब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको जानकारी दिए । सभामुख सापकोटाले शुक्रबार ऊर्जामन्त्री पम्फा भुसालसँगको भेटमा बाढीपहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरेका थिए ।
गत असार २ गते सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट सो क्षेत्रमा बाढी, पहिरोबाट पीडितलाई सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा सर्वपक्षीय सहभागितासहित इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठन भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3AnNccg via IFTTT
काठमाडौं । नेपालमा शनिबार थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २ सय ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३५ हजार ४३२ सक्रिय संक्रमित आइशोलेन र ४४३ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै हालसम्म ३६ लाख ७४ हजार ७०१ वटा पिसिआर र ३ लाख ५४ हजार २५० वटा एन्टीजेन परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Vs4x5i via IFTTT
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँस्थित बुढानीलकण्ठ नगरपालिकाका प्राबिधिक विनोद कुमार पौडेल रहेका छन् ।
आयोगका अनुसार सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो ।
पौडललाई सेवाग्राहीसँग ७२ हजार घुस लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jMHhXR via IFTTT