काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन ।
गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७÷७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन ।
गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताए । राष्ट्रिय परिचय पत्र विभागले गरेको कामले कागजी युगको अन्त्य हुने मन्त्री खाणको भनाइ थियो । बैठकमा गृहमन्त्रीले कैन्दीबन्दीको स्वास्थ्य उपचार, दैनिक खानपान र बसोबास राज्यको जिम्मेवारी भएको भन्दै यसलाई व्यवस्थित बनाउनु राज्यको दायित्व भएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WV53ZH via IFTTT
काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार १ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार ३ सय ५४ आरटी पिसिआर र ४ हजार ९ सय ४४ एन्टिजेन गरी कुल १६ हजार २ सय ९८ जनामा परीक्षण गरिएकोमा ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ५ सय ३५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xnaPzJ via IFTTT
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् । बुधवार राजधानी बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ ।
मंगलवार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । सरकारमा आफ्नो पार्टीबाट सहभागी गराउने बारेमा भएको उक्त छलफल कुनै टुंगोमा नपुगेको बताइएको छ ।
नेता नेपाल सरकारमा सहभागी हुन सकारात्मक भएपनि पार्टीका अन्य नेताहरु तयार नभएको एमाले स्रोतको दाबी छ । सोही कारण नेता नेपालले सरकारमा सहभागी हुने बारे ठोस निर्णय गर्न सकिरहेका छैनन् ।
पार्टी एकताका लागि छलफल गर्न डाकिएको भनिएको उक्त बैठकमा उनी पक्षधर सबै केन्द्रीय सदस्यहरुको सहभागिता देशभरबाट हुने सम्भावना कम रहँदा बैठक सर्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । दश बुँदे सहमतिको प्रस्तावलाई आधार मानेर एमाले पार्टीमा एकता हुने भनिएपनि नेता नेपालले उक्त सहमति प्रस्तावलाई स्वीकारेका छैनन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3im9Agb via IFTTT
काठमाडाैं । सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, डा कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज माछापुच्छ्रे बैंक लिमिटेड कर्मचारी विभिन्न बैंकका कर्मचारी र युनियनले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त अन्तरिम आदेश जारी गरेको हो ।
“सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन गएको अवस्थामा बाहेक सो कोषमा सूचीकृत हुन नचाहने बैंकहरूलाई सूचीकृत गराउने सम्बन्धमा भए गरिएका सम्पूर्ण काम कारवाही तथा निर्णय प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्नुपर्ने देखिएको छ”, आदेशमा भनिएको छ । आदेशमा कोष सञ्चालन भई नै रहेको अवस्थामा समेतको विद्यमानता देखिएकाले सुविधा एवं सन्तुलनको दृष्टिकोण समेतबाट सामाजिक सुरक्षा कोषको गत चैत ३ र २७ गते, गत जेठ १८ गते र गत असार १० गते जारी गरिएको विज्ञप्तिलगायत बैंक तथा वित्तीय संस्था स्वेच्छाले कोषमा सूचीकृत हुनेबाहेक नचाहनेलाई बाध्य नबनाउन भनिएको छ ।
यसअघि यही साउन १० गते सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाँझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ चार दिनदेखि सुनुवाइ भएपछि आज आदेश आएको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा राय बाँझिएको थियो । न्यायाधीश केसीले सामाजिक सुरक्षाकोषमा सहभागी अनिवार्य गराउन नमिल्ने भन्दै अन्तरिम आदेश जारी गर्न उपयुक्त हुने राय व्यक्त गरेका छन् भने न्यायाधीश श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी अनिवार्य गराउन मिल्ने भन्दै अन्तरिम जारी नहुने राय दिएका छन् ।
रिटमा सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कम्पनीले उठान गर्दै आएको विषयलाई बेवास्ता गरी कोषमा सहभागी हुन दबाब दिँदा वित्तीय क्षेत्रमा आतङ्क सिर्जना भएको उल्लेख छ । बैंकिङ क्षेत्रको हकमा श्रम ऐन, २०७४ लागू हुनुभन्दा पूर्वदेखि नै बहालमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १३३ (१) ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी सोही आधारमा बैंकहरूले बैंकमा कार्यरत कर्मचारीको नियुक्ति, सेवाका शर्तहरू, प्राप्त गर्ने सुविधाको विषयमा कर्मचारी सेवा विनियमावली तर्जुमा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई लागू गरी सोही विनियमावलीबमोजिम नियुक्ति, अवकाश, अवकाशपछि प्राप्त हुने विभिन्न सुविधाको व्यवस्थापन गर्नुपर्ने रिट निवेदनमा माग छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yn2ehZ via IFTTT
काठमाडौं । सरकारले पछिल्लो समय विद्युत आपुर्तिमा समस्या भएको भन्दै नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्रीको शेरबहादुर देउवाको निर्देशनपछि उर्जामन्त्री पम्फा भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन बताएकी छन् । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने राजीनामा नदिने भएका छन् ।
स्रोतका अनुसार शाक्यले तत्काल राजीनामा नदिने र सरकारले हटाए अदालतमा जाने बताएको हो । उनले आफू चार वर्षका लागि नियुक्त भएको भन्दै राजीनामा नदिन अडान लिएको स्रोतको भनाई छ ।
केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको छ ।
साक्यले राजीनामा नदिए स्पष्टीकरणमार्फत् हटाउने तयारीमा ऊर्जामन्त्री भुसाल रहेको स्रोतको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xnxnQX via IFTTT
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृति नै नलिइ चिकित्सकीय अभ्यास गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा. रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा. सौरभ कुमार रहेका छन् ।
भारतीय नागरिक सौरभकुमारले ईजाजतपत्र विना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरिरहेको अवस्थामा फेला परेको सीआईबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सीआईबीका डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरुलाई एनएमसीमा दर्ता नै नगरी अभ्यास गरेको पाइएपछि पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुमाथि कानूनबमोजिम कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ywi2zb via IFTTT
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् ।
आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् ।
उनले व्यक्तिगत अहंकार र जिद्धीको कारण नै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमन ल्याउने खेल भएको बताए ।
प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन भएको उनको भनाइ छ । ओलीले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा र अदालतमा गएर हस्ताक्षर गरेको जिकिर गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने पनि बताए ।
उनले मुलुकको विकास र सुशानसका लागि कम्युनिस्ट सरकार नै चाहिने धारणा राखे । ओलीले सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न नदिएको भन्दै नयाँ सरकार आउने बितिकै दमन र राजनीतिकरण शुरु भएको तर्क गरे ।
उनले सरकारको गलत कामको खबरदारी र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j9NjBf via IFTTT