काठमाडौँ। प्रहरीले काठमाडौँको ज्याठाबाट दुर्लभ वन्यजन्तुका अंगहरुको तस्करी, जुवातासमा सट्टेबाजी लगायतका अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले विषेश सूचनाका आधारमा सोमबार राति ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट अवैध सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा युनान प्रान्तका राहदानी नम्बर ईएन ६३१२७४२ बाहक ३१ वर्षीय झाउ पेनुचेङ, हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय मा जिङविन, हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय निउ युलिआङ्ग र जुआङगदोन्ज प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय पेङ्ग हुई रहेका छन् ।
परिसर प्रमुख एएसएपी अशोक सिंहकाअनुसार होटेलमा जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातासमा सट्टाबाजी खेली/खेलाई रहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले संयुक्त रुपमा होटेलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी सिंहले बताए ।
‘होटलको दोस्रो तलामा शंकास्पद गतिविधि भएको भन्ने सूचनामा आधारमा प्रहरीको टोली त्यहाँ पुग्दा अवैध रुपमा जुवाको सट्टेबाजी चलिरहेको भेटियो । चिनियाँ नागरिकले दुई वटा विद्युतीय टेबल प्रयोग गरेर मिनी क्यासिनोका रूपमा जुवा खेलिरहेका रहेछन्’, एसएसपी सिंहले भने, ‘क्यासिनोको शैलीमा चिनियाँ भाषामा माजुङ भनिने गोटी राखेर खेलिने खेलमा संलग्न भएको पाइएपछि उनीहरु चारै जनालाई पक्राउ गरिएको छ ।’
छापाका क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी र नेपाली रुपैयाँ ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बरामद गरेको जनाएको छ ।
प्रहरीले होटेलको अन्य ठाउँमा छापा मार्दा अवैध सट्टेबाजीका सामाग्रीका साथसाथै दुर्लभ वन्यजन्तुका अङ्ग र छाला समेत बरामद् भएको जनाएको छ ।
प्रहरीले करीव ७ फिट लामो पाटे बाघको छाला, २ थान बाघको जस्तो देखिने दाँत, २० थान गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान, रुद्राक्ष २० केजी समेत बरामद भएको प्रहरीले जनाएको छ ।
छापाकै क्रममा ७ थान मोबाइल, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटीएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), २ थान खुकुरी र १ थान तरबार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hJs20r via IFTTT
काठमाडौँ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिकतर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिलचन्द्र तिवारी बढुवा भएको हो ।
बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hiANQf via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणकाली नजिकै रहेको हात्तिवन रिसोर्ट पुगेका छन् ।
पत्नी सिताका साथमा परिवारका छोरीज्वाई, नातिनातिनी सहित सचिवालय सदस्य र सुरक्षाकर्मीका साथमा प्रचण्ड रिसोर्ट पुगेका हुन् ।
राजनीतिक रस्साकस्सी हुँदा फ्रेस हुन प्रचण्ड काठमाडौं उपत्यका बाहिर जाने गरेका छन् । यसपटक भने बाढी पहिरोका कारण काठमाडौंको दक्षिणकाली नजिकै रहेको हात्तीवन रिसोर्ट पुगेको स्रोतले बताए ।
यसअघि प्रचण्ड फ्रेस हुन कहिले सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट त कहिले सिन्धुली पुगेका थिए ।
गत फागुन २६ गते गठन गरेको पार्टी संगठन व्यवस्थापनसम्वन्धी कार्यदलले भोलि रिपोर्ट बुझाउने तयारी गरेकै अघिल्लो दिन प्रचण्ड रिसोर्ट पुगेका हुन् ।
स्रोतका अनुसार, सो कार्यदलमा रहेका गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल लगायतका नेताहरु पनि भोलि बिहान रिसोर्ट नै पुगेर छलफल गर्दै रिपोर्ट बझाउने कार्यक्रम तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2TruLnr via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।
कोरोना भाइरसको दोस्रो लहर सँगै गत बैशाख १६ देखि काठमाडौं उपत्यकामा पटकपटक म्याद थप गर्दै निषेधाज्ञा जारी गरिएको थियो ।
हेर्नुस् केके खुल्न पाउँछन् केके खुल्न पाउँदैनन्
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jIlBxt via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने समेत बताए । ओलीले भने, ‘अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?’
ओलीले भने, ‘सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन ।’
एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको ओलीको भनाई छ । ‘एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ ’, ओलीले भने ।
पार्टीको विरोधमा बोल्ने, काम गर्नेहरू नेता कार्यकर्ता हुन नसक्ने ओलीको भनाई छ । उनले भने, ‘जो पार्टीको पक्षमा बोलिरहेको छ। त्यो पार्टीको नेता कार्यकर्ता। जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन। त्यो नेता कार्यकर्ता हुँदैनन्।’
पार्टीको विरोध गरेर नेता कार्यकर्ता नहुने भन्दै उनले उनीहरूलाई सप्रिन सुझाए । ‘पार्टीको विरोधमा बोलेर नेतारकार्यकर्ता हुन्छ ?, पार्टीको संगठनको पक्षमा, सदृढीकरण, एकताको पक्षमा छ भने पार्टीको नेता हो । वैचारिक र सांगठनिक रूपमा पार्टीलाई ढाल्ने उद्धेश्यमा सक्रिय छ भने नेता होइन। त्यसैले सप्रिएर आएर हुन्छ ।’
उनले भने ,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jKr1rJ via IFTTT
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्नका लागि अनुरोध गर्दापनि नमानेको गुनासो गर्नु भएको छ । एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहनु भएका ओलीले भेटौँन भनेर टेलिफोन गर्दा नमानेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीको भनाइ अनुसार शुक्रबार उहाँले नेता नेपाललाई टेलिफोन गरेर भेटौँ भन्नु भएको हो । तर नेता नेपालले ओलीलाई तपाईको फोन नउठाउँ भनेको तरपनि उठाएँ भनेर बताएको ओलीले बैठकमा सुनाउनु भएको थियो । ओलीले नेता नेपाललाई भेटेर पार्टी एकताको बिषयमा कुरा गरौँ भनरे टेलिफोनमै प्रस्ताव गर्नु भएको थियो । तर नेता नेपालले अस्वीकार गर्नु भएको हो ।
बैठकमा बोल्दै ओलीले नेता नेपालसँग एकताको लागि तयार रहेको बताउदै पार्टी कमजोर बनाउने खेलमा लागेको अवस्थामा भने आफूलाई अमान्य हुने बताउनु भयो । ‘हामी एकताका लागि तयार छौँ । तर विपक्षीसँग एकता गर्न खोजे,’ ओलीले बैठमा भन्नुभयो, ‘विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोजेर पार्टी कमजोर बनाउन खोजे एकता सम्भव छैन।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3w9LiJP via IFTTT
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले बालुवाटार नजाने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले थास्थितिमा बालुवाटार नजाने निर्णय गरेको हो ।
ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको माधव समूहको निष्कर्ष छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।
बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालको भनाई छ । भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन’ उनले भने, ‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’
बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए । ‘पार्टी एकताका लागि हाम्रो इमान्दार प्रयत्न जारी रहन्छ । त्यस्तै प्रयत्नको अपेक्षा गर्छौं’ भुसालले भने ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।
बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको छ भने पार्टी एकताका लागि आह्वान समेत गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको हो ।
बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hr6qpB via IFTTT