काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चोर्दा चोर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एटीएम तोडफोड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्वर बस्ने १८ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले खाँडलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/382uQTm via IFTTT
काठमाडौं। सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ ।
सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले मन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार आज दर्ता भएको मन्त्री ढकालविरुद्धको उक्त मुद्दामा १ वर्ष कैद र दश हजार रूपैयाँ जरिवाना माग गरिएको छ ।
न्याय प्रशासन ऐनअनुसार अवहेलना ठहर भएमा एक वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
सर्वोच्च अदालतले गत असोज २७ गते निःशुल्क रुपमा कोरोना परीक्षण गर्न सरकारका नाममा परामदेश जारी गरेको थियो। सरकारले अदालतलको आदेशअनुसार निःशुल्क कोरोनाको परीक्षण गर्दै आएको थियो ।
तर मन्त्रालयले यही कात्तिक २ गतेदेखि गरिब तथा असहायलाई सरकारले निःशुल्क उपचार गर्ने, बाँकी संक्रमितका लागि पैसा तिरेर उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।
सोही निर्णयविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको हो । उक्त मुद्दाको सुनुवाई मङ्गलबार तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eiQRhT via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको छ ।
देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mKAUUt via IFTTT
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण भएको छ ।
काठमाडौंमा १ हजार ३ सय २९ जना, भक्तपुरमा १ सय ८ जना र ललितपुरमा १ सय ९३ जनाजनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jZYdIt via IFTTT
काठमाडौं। सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड-१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए।
सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो।
मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए।
कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गतेदेखि खुला गरिसकेको छ।
पदयात्रा र पर्वतारोहण खुला भएसँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ।
यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए।
पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंल्याए। प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए।
एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आग्रह गरे।
महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएकाले सहजीकरणका लागि सरकारसँग आग्रह गरे।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन सरकारले थप राहतका प्याकेज ल्याउनुपर्ने बताए।
एनएमएले पाँच हजार आठ सय मिटरभन्दा कम उचाइका २७ हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको छ। नेपालमा आठ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथादेखि विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन्। तीमध्ये सरकारले हालसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ।
साइकल यात्रा
कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि देशव्यापी साइकल यात्रा हुने भएको छ।
विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा पर्यटन व्यवसायीसमेतको टोलीले सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने कार्यक्रम रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने बोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको हो।
सोमबार बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ प्रस्थान गर्ने २१ दिन लामो उक्त साइकल यात्रा नेपाल पर्यटन बोर्ड प्राङ्गगणबाट कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले साइकल यात्रीको समूहलाई बिहान ९ बजे बिदाइ गरेदेखि शुरुआत हुने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।
महेन्द्रनगरबाट शुरु हुने यो साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभिट्टासम्म पुगी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Js4r7f via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घन्टामा मृत्यु भएका २३ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ ।
देशैभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । संक्रमितमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना मुक्त भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2TGAqCq via IFTTT
काठमाडाैं । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ अवस्था थप जटिल बन्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न सर्वसाधारणसँग आग्रह गर्छन् ।
स्थानीय तहले पनि सोहीअनुसार नियन्त्रणका उपाय अपनाएर कार्य सञ्चालन गर्नाको विकल्प नभएको श्रेष्ठ बताउँछन् । मुलुकका सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन् । आजको मात्रै विवरण हेर्ने हो भने पनि नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८२४ सङ्क्रमितमध्ये एक हजार ६२२ उपत्यकाका छन् ।
श्रेष्ठ उपत्यकाको जोखिमपूर्ण अबस्थामा सङ्क्रमितको खोजी गरी उपचारको दायरामा ल्याउने र उनीहरुको सम्पर्कमा परेका व्यक्तिको परीक्षणलाई तीव्रता दिनुपर्ने टड्कारो आवश्यकता रहेको औँल्याउँछन् । यद्यपि चाडबाडका कारण त्यहीअनुसारको तयारीका गतिविधि सञ्चालन हुन भने नसकेको सर्वसाधारणको बुझाइ छ । काठमाडौँका एक व्यवसायी राजेश नहर्की विगतमा भन्दा सङ्क्रमण रोक्ने गतिविधि न्यून भएको महसुस गरिएको बताउँछन् ।
स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ नहुँदा सर्वसाधारणले उल्लङ्घन गर्ने क्रम बढेको छ । मास्क नलगाउने, जथाभावी सामूहिक गतिविधिमा सहभागी हुने, भौतिक दूरी कायम नगर्ने जस्ता क्रियाकलाप उपत्यकामा देखिन थालेको छ । त्यस्ता गतिविधि रोक्न प्रहरीले चालेको कदमसमेत फितलो भएको सर्वसाधारणको ठम्याइ छ । मुलकमा दैनिक देखिएका सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । सङ्क्रमणदरअनुसारको तयारी नपुगेको उपत्यका नगरपालिका फोरमको भनाइ छ ।
विगतमा दिइएको सुझावसमेत कार्यान्वयन हुन नसक्दा जोखिम बढेको फोरम जनाउँछ । त्यसैले अब आफ्नो नगरका जनतालाई सुरक्षित राख्न क्षमताले भ्याएका गतिविधिमा महानगर÷नगर सक्रिय भएर लागेको फोरम सचिव श्रेष्ठ बताउँछन् । “विगतमा हामीले नाका खुला नगरौँ, सार्वजनिक सवारीलाई उपत्यकाभित्र प्रवेश रोकौं भनेर सुझाव दिएका थियौं, त्यो कार्यान्वयन नहुँदा स्थिति जटिल बन्दै गएको हो”, सचिव श्रेष्ठले भने, “अहिले अवस्था खराब हुँदै गएको छ, कोभिडसँग जुध्दै नियन्त्रणका उपाय अपनाउनुको विकल्प छैन ।”
उनले स्थानीय तह सङ्घीय सरकारको बाटो नहेरी आआफ्ना नगरमा आइसोलेशन शय्या बनाउने, सम्पर्क व्यक्तिको परीक्षण गराउने र उपचारलाई तीव्रता दिने गतिविधिमा सक्रिय भएर लागेको जिकिर गरे । भर्खरै बडादशैँ सकिएकाले मानिस ७७ वटै जिल्लाबाट उपत्यका फर्कने र उपत्यकाबाट बाहिरी जिल्ला जाने क्रम जारी छ । यस्तो अवस्थामा अझै प्रभावकारी उपय अपनाउनु जरुरी हुन्छ, तर एकातर्फ सङ्क्रमण बढ्दो र अर्कातर्फ चाडबाडका कारण प्रभावकारी कदम चाल्न सकिरहेको देखिँदैन ।
यस अवस्थामा उपत्यका नगरपालिका फोरमले समेत आफ्ना गतिविधिलाई विगत झैँ प्रभावकारी पार्न सकिरहेको देखिँदैन । फोरमको बैठक नबसेको निकै समय भइसकेको छ । फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोभिड१९ सङ्क्रमण रोक्न कसरी जाने भनेर बैठकको तयारी गरिएको बताउँछन् ।
कोभिड–१९ सङ्क्रमणबाट भर्खर छुट्कारा पाउनुभएका प्रमुख महर्जनले दशैंपछि समुदायमा देखिएको सङ्क्रमणको अबस्था र त्यसलाई रोक्न चाल्ने कदमबारे निर्णय गर्न सोमबार महानगरले बैठक बोलाएको जानकारी दिए । उनी पनि उपत्यका नगरपालिका फोरमले गरेको निर्णयलाई शुरुआती चरणमा सङ्घीय सरकारले सकारात्मक रुपमा लिएर आवश्यक निर्णय गरे पनि पछिल्लो समयमा त्यसो हुन नसक्दा जोखिम बढेको जिकिर गर्छन् ।
“नाका सिल गर्ने, आवागमन व्यवस्थित गर्नेदेखि सार्वजनिक यातायातलाई उपत्यका प्रवेशमा रोक लगाउन फोरमले सुझाव दियो तर कार्यान्वयन भएन”, महर्जनले भने, “अब एकीकृत रुपमा होइन, आआफ्नो नगर जोगाउन सबै जनप्रतिनिधि खटिनुपर्छ, हामी अहिले त्यही अभियानमा छौँ ।” काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी कोभिड–१९ सङ्क्रमणका विषयमा कसैले पनि खेलबाड गर्न नहुनेमा जोड दिन्छिन् ।
“जनताको सुरक्षा पहिलो कुरा हो, सरकारले सबै बेहोर्नुपर्छ, उपचार गर्न सकिँदैन भनेर सार्वजनिक गर्दा त्यसले पार्ने नकारात्मक असरबारे विचार गर्नुपर्छ”, खड्गीले भनिन्, “जनताको मनोबल बढाउने काम गरौँ, घटाउने होइन ।” उनले उपत्यकामा पछिल्लो समयमा नियन्त्रणका लागि भएका गतिविधिमा आफैँ जनप्रतिनिधि भएर पनि चुकेको महसुस भएको प्रतिक्रिया दिइन् ।
काठमाडौं प्रवेश गर्ने मुख्य नाका चन्द्रागिरि नगरपालिकाको नागढुङ्गा हो । त्यहाँको प्रवेशविन्दुबाट मानिसको आवागमन व्यापक रुपमा बढिरहेको छ । नागढुङ्गालगायत उपत्यका छिर्ने नाका व्यवस्थित गर्न सरकारी तहबाटै निर्णय जरुरी रहेको बताउने उक्त नगरपालिकाका प्रमुख घनश्याम गिरी क्षमताले भ्याएसम्मका गतिविधि गरिरहेको जानकारी दिन्छन् ।
उनले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालसँगको सहकार्यमा निशुःल्क परीक्षणको व्यवस्था गरिएको र घरघर निशुःल्क हेल्थ किट वितरण गर्ने काम जारी राखेको बताए । “आफ्नो नगर जोगाउनु हाम्र्रै जिम्मेवारी हो भनेर लागेका छौँ, नाकाका विषयमा भने नगरपालिकाले मात्रै केही गर्न नसक्ने हुँदा सरकारी तहबाटै पहल हुनु जरुरी छ”, गिरीले थपे ।
तारकेश्वर, गोकर्णेश्वर, टोखा नगरपालिका मात्रै होइन भक्तपुरका विभिन्न नगरापलिकालगायत उपत्यकाका १८ वटै नगरले आफ्नो क्षमतानुसार जोखिम रोक्ने गतिविधिलाई निरन्तरता दिइरहेको जनाए पनि पछिल्ला चरणमा प्रभावकारी हुन नसकेको गुनासो बढ्न थालेको छ ।
चाडबाडसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमण फैलिन सहयोग पुग्ने भएकाले अझै नियन्त्रणका उपायलाई तीब्र पार्नुपर्ने आवश्यकता रहने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की सुझाव दिन्छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oN5JK7 via IFTTT