काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ ।
शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् ।
“सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” उनले भने ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण दर दिनदिनै बढिरहेको छ। शनिवार मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SqX3dC via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
उनीसहित कांग्रेसका केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।
कांग्रेसले बिहीवार १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको १५९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमा रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।
स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन । सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र परीक्षण गरेको र पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरूको परीक्षण गरिएको थिएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cSXyGI via IFTTT
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणसँगै संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण जित्नेहरुको संख्या ६० हजार ६ सय ९६ जना पुगेको जानकारी दिए ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय २२ जनासहित देशभर संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए । कोरोना संक्रमणबाट ५ सय २० जनाको ज्यान गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30vKoKC via IFTTT
रुपन्देही । दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुबीच सहमति भएसँगै प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भालुवाङलाई राजधानी बनाउने निर्णय गरेको स्रोतको दावी छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै यो विषयको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता हुनेछ । प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2HOKd6J via IFTTT
काठमाडौं । सरकारले १८ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । असामान्य अवस्थामा अनसन बस्न सुहाउने विषय नभएको भन्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।
बिहिवार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै उनले भने, ‘आजमात्रै हामीले कोरोनाबाट एक जना चिकित्सकलाई गुमाएका छौं । यस्तो बेलामा अनसन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसी र उहाँका साथीहरूलाई आग्रह गर्दछु ।’
मन्त्री ज्ञवालीले सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको जानकारी दिँदै सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको र यसमा थप दबाव दिनु जरूरी नभएको बताए । डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत छन् । विभिन्न मागहरु राखी जुम्लामा अनसन बसेका डा. केसीलाई बलप्रयोग गरी काठमाडौं ल्याइएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EWqOQo via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सोसम्बन्धी परमादेश जारी गरेको हो । अदालतबाट सो फैसलाको पाठ आउन बाँकी छ ।
आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकभित्र पर्ने जनाउँदै पिसिआर परीक्षण निःशुल्क गर्न परमादेशको माग गरी अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले गत भदौ २८ गते रिट निवेदन दायर गरेका थिए ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकभित्र राखेको हुनाले नागरिकलाई निःशुल्क पिसिआर परीक्षण हुनुपर्ने माग निवेदनमा गरिएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद्लाई निःशुल्क परीक्षण हुने तर सर्वसाधारणका लागि रु दुई हजार तोकिनु गैरकानूनी भएको जिकिर पनि निवेदनमा गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SehDOh via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र फैलिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९ सय ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनासहित उपत्यकामा ९ सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l3ePjg via IFTTT