काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभागले जानकारी दिए।गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने भएको छ।
पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रुपमा स्थायी कमिटीको बैठकमा पेश गर्न लागिएको हो।
गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2R15QSI via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रर्वधन गर्ने बताएका छन् । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उनले यस प्रयासले आयातीत इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
सरकारले कोभिड–१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/327rT0n via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड –१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताए ।
उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।
काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उनले भने “भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्दछु । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैटौं मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन ।”
छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए। त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bAIr3O via IFTTT
काठमाडौं । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
कोभिडको मार्गचित्र निर्धारण गर्न समिति
कोभिड–१९ का सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।
सरकारी प्रयोगशालाले मापदण्डबाहेक नमूना परीक्षण नगर्ने
मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका संक्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताए । पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैले खरिद गर्नुपर्ने छ ।
६० शय्या आइसियुका लागि बजेट निकासा
मन्त्रालयका प्रवक्ता डा गौतमले अर्थ मन्त्रालयबाट ६० शय्या सघन उपचार कक्ष (आइसियु) का लागि बजेट निकासा भएको जानकारी दिए । ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्नेछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/322fqeu via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दसैँसम्म नै उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड दिदै भट्टले निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको जानकारी दिए । उनले तिजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको दावी गरे ।
दसैँमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उनले सहजीकरण गर्दै निषेधाज्ञालाई दसैँसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा दिए ।
समिति बैठकमा उनले भने, ‘नाका ठप्प पार्न सकिएको छैन । ठप्प पार्ने हो भने भोकमरी हुन्छ । जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् । अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ। नाकाको जिम्मा नेपाली सेनालाई दिऔं।’
सेना परिचालनका लागि कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)मा प्रस्तावसमेत पठाए पनि कुनै निर्णय नभएको जानकारी दिँदै उनले कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने बताए ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौदेखि निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिदैछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bwtdNv via IFTTT
काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट राष्ट्रिय सभा सदस्यमा सिफारिस हुने अनुमान गरिए पनि नेकपा उपाध्यक्ष बामदेव गौतम सिफारिसमा परेनन् । शुक्रबारको बैठकमा यो विषयले प्रवेश नै पाएन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार नै सिफारिस गर्ने धेरैको अनुमान थियो ।
शुक्रबार आफूलाई सिफारिस नगरेपछि उपाध्यक्ष गौतमले विभिन्न नेताहरुसँग आशंका व्यक्त गर्दै फोन संवाद गरेका छन् । उनले सचिवालयका केही सदस्यलाई फोन गरेर आशंका प्रकट गरेका एक सदस्यले जानकारी दिए ।
उपाध्यक्ष गौतमले विभिन्न नेताहरुलाई आफू सदस्यमात्र नभएर मन्त्री बन्न सक्ने नजिर प्रस्तुत गर्दै एसएमएस पनि पठाएका छन् । ती सचिवालय सदस्य भन्छन्, ‘संविधानले मन्त्री बन्न नरोक्ने प्रष्ट प्रावधान हुँदा पनि उहाँले थप छलफल गर्नु आवश्यक थिएन । हिजै सिफारिसमा नपर्नु नै समस्या थिएन । उहाँ छिटो निराश र छिटो खुसी हुने नेता भएकाले हिजै नहुँदैमा ठूलो समस्या हुँदैन भन्ने कुरा पनि बुझ्नु भएन । अहिले अन्य नेताहरुसँग लविङ गर्नुपर्ने आवश्यक नै छैन ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Fb7iiA via IFTTT
काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागमा धमाधम मनोनयन गरेपछि त्यसको खारेजीका लागि असन्तुष्ट नेताहरु एक ठाउँमा उभिएका छन् ।
महाधिवेशनको मुखमै धमाधम मनोनयन गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले मनोनयन खारेजीको माग गरेका छन् ।
शनिबार भर्चुअल छलफलका क्रममा नेताहरुले सभापति देउवालाई दबाब दिनेदेखि आन्दोलनका कार्यक्रमका विषयमा समेत सहमति जुटाएका छन् । देउवाले विभिन्न विभागमा झण्डै १ हजार जनालाई मनोनित गरेका छन् ।
भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत नेताहरु सहभागी भएका थिए ।
केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले भर्चुअल बैठकमा प्रतिवेदन पेश गरेका थिए । अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।
वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सुरुमा सभापति देउवालाई भेटेर सम्झाउने तयारी गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/330tQuW via IFTTT