काठमाडौं । समाजवादी पार्टीले आफ्नो पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई पदबाट सांसद र पार्टी दुवै पदबाट निष्काशन गरेपछि उनले अदालत जाने घोषणा गरेकी छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूमाथि भएको अन्यायकाविरुद्ध भोलि नै अदालत जाने घोषणा गरिन् ।
पार्टीका अन्य दुईजना सांसदले पनि पार्टीको ह्विप नमानेको दावी गर्दै उनले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेकी छन् । कार्यदलको सिफारिसमा गिरीलाई आज समाजवादी पार्टीले निष्काशन गरेर उनको ठाउँमा लीला सिटौलालाई सांसद बनाउन सिफारिस गरिसकेको छ ।
गिरीले भनेकी छन्, ‘संशोधनको पक्षमा भोट नहाल्ने सांसद म मात्रै होइन । सांसदद्वय अमृता अग्रहरी र सूर्यनारायण यादवले बहिस्कार गरेका हुन । त्यो दिन सांसद यादव संसदीय दलमा उपस्थित भएको प्रमाण मसँग छ । अमृता अग्रहरी पनि जानाजान अनुपस्थित हुनुभएको हो । उहाँहरुलाई कारबाही कस्ले गर्छ ?’
नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट आज निष्काशन गरेको छ ।
पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो ।
समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3e6hyEQ via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा मंगलबार शिष्टाचार भेट गरेका छन् ।
उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्ट्रपतिले जोड दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31VtLJS via IFTTT
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ ।
बागलुङकी घर भएकी समानुपातिक सांसद छन्त्यालको गत बुधबार निधन भएको थियो। रिक्त रहेको उक्त पदमा कांग्रेसले गुल्मीकी ज्वारचनलाई पठाउने सोमबारको बैठकले निर्णय गरेको हो ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ।
सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।
लामो समयदेखि काँग्रेसमा क्रियाशील रहेकी ज्वारचन विसं २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्। ज्वारचन बाणिज्य राज्यमन्त्री पनि भएकी थिइन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iBekwu via IFTTT
काठमाडौं । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् ।
सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ ।
नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका लागि बैठक स्थगित भएको जानकारी दिए । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् ।
सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँच बुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ । सहमतिका लागि पार्टी एकता हुनुअघि २०७५ मा भएको समानता, आवश्यकता र सहमतिका आधारमा पालैपालो नेतृत्व गर्ने भन्ने सहमति र २०७६ मङ्सिर ४ को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई सरकार र अध्यक्ष दाहाललाई पार्टी अध्यक्षको कार्यकारी काममा सक्रिय रहने कार्यविभाजको निर्णयको समीक्षासहित नयाँ बिन्दू खोजी भइरहेको छ ।
मन्त्रीसमेत रहेका स्थायी कमिटीका सदस्यद्वय घनश्याम भुसाल र योगेश भट्टराईले स्थायी कमिटीको बैठकमा विवाद बढेपछि सहमतिका लागि शीर्ष नेताहरुलाई सार्वजनिक आग्रहका साथै आफ्ना तर्फबाट विभिन्न पहल गरिरहेका छन् । स्थायी कमिटीका अर्का सदस्य टोबहादुर रायमाझीले समृद्धि र स्थिरताका लागि मिलेर काम गर्नुपर्ने समयमा अहिले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गर्दै आएका छन् ।
यसरी हेर्दा नेकपाभित्रको विवादमा पूर्व समूहरुको धार वा कुनै वैचारिक मतभेद भन्दा पनि शक्ति सङ्घर्ष र आपसी समन्वयको बेमेल मात्रै देखिन्छ । पार्टीलाई एकताबद्ध बनाउन युवा नेता हिमाल शर्माको पहलमा ५३ जना केन्द्रीय सदस्यबीच आइतबार जुम बैठक भएको थियो भने ती नेताहरुले आज पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा उपस्थित भइ दबाब दिने कार्यक्रम तय गरेका छन् ।
शर्माका अनुसार ‘पार्टी एकता अपरिहार्य छ । विभाजनको छुट कसैलाई छैन । यो आम कार्यकर्ताको आवाज हो ।’ भन्ने सन्देशसहित कार्यालयमा साङ्केतिक धर्ना दिइनेछ । अर्का युवा नेता ठाकुर गैह्रेलगायतले केहीदिन अघि सो कार्यालयमा यस्तै प्रर्दशन गरेका थिए ।
नेकपाको प्रदेश नं १ का १४ वटा जिल्ला अध्यक्ष र सचिवले पनि सार्वजनिक अपिल गरी एकताका लागि दबाब दिएका छन् ।
नेताहरुबीच विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी आजका लागि तोकिएको थियो ।
अध्यक्षद्वयबीच असार १९ गते पनि छलफल भएको थियो । सोही दिन प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बोलाएर परिस्थितिबारे अवगत गराउँदै आफू विदेशीको सामु नझुक्ने र पार्टी एकताका लागि लागिपर्ने स्पष्ट पार्नुभएको थियो । यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने अन्य कुरामा छलफल गर्न आफू तयार भए पनि राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिँदै आएका छन् ।
यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषयमा पनि नेताहरुबीच फरक फरक मत रहेको छ । यही बीचमा केही नेताले राष्ट्रपतिलाई हटाउन महाभियोग लगाउने बारेमा कानूनी परामर्श गरेको भन्ने सूचना बाहिरिएपछि थप बहस भएको थियो ।
आइतबार अध्यक्ष दाहाल वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले शीतल निवास गएर राष्ट्रपति भण्डारीलाई आफूहरुले कुनै त्यस्तो तयारी नगरेको स्पष्ट पारेका थिए । नेकपा विभाजनमा पुग्न लागेको टिप्पणी गरिँदा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको निवासमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीचको भेटवार्ताले कतै फरक गठबन्धन बन्ने त होइन आशङ्का उत्पन्न भए पनि दुवै दलका नेताले सत्ता साझेदारीबारे सरकार र प्रतिपक्षबीच कुनै छलफल नभएको तर संवैधानिक पदका नियुक्ति लगायतका विषयमा छलफल भएको स्पष्ट पारेका छन् ।
संसद् नभएका स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका थिए ।
यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्शा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए ।
स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसी कम्प्याक्ट (सम्झौता) लगायत कार्यसूची छन् ।
दोस्रो तहका नेताहरुले जनताको कार्यादेशअनुसार अस्थिरता ल्याउने र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न दबाब दिँदै आएका छन् ।
कतिपय प्रदेश र जिल्ला तहबाट पार्टी नेतृत्वलाई यस प्रकारको लिखित सुझाव पठाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZK5aF7 via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा शीर्ष नेतृत्वमा उत्पन्न विवाद समाधानका लागि भन्दै तयार गरिएकाे ५ बुँदे ड्राफ्ट असत्य रहेकाे भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयले खण्डन गरेकाे छ ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले आइतवार राति सामाजिक सञ्जालमा उक्त ड्राफ्टलाई प्रपोगान्डकाे संज्ञा दिँदै भ्रममा नपर्न आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खट्टिनुभएको कुरा यहॉहरुमा जगजाहेर नै छ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2BJpcHQ via IFTTT
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको भन्दै मन्त्री तथा राज्यमन्त्रीहरूलाई आ आफ्नो कित्तामा उभिन आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर ओलीले यस्तो जानकारी गराएका हुन्। पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन मन्त्रीहरूलाई आग्रह गर्दै उनले पार्टी बैठकमा एजेन्डाभन्दा बाहिर गएर आफ्नो राजीनामा मागिएको बताएका छन् ।
कित्ताकाटको कुरा उठिरहँदा को नेता कसको पक्षमा छन् भन्ने धेरैको चासो रहेको छ। मन्त्रीहरुमा अधिकांश ओली पक्षका छन् । स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये ३० जना प्रचण्ड, माधव, झलनाथ र बामदेव समुहका छन् भने १३ जना ओली पक्षमा छन् भने दुईजना तटस्थ छन्।
सचिवालयमा पनि प्रधानमन्त्री ओली अल्पमतमा छन्।
कसको पक्षमा को को ?
ओली पक्ष
१. केपी शर्मा ओली, अध्यक्ष
२. इश्वर पोखरेल, सचिवालय सदस्य
३. विष्णु पौडेल, महासचिव
४. सुवास नेम्वाङ
५. प्रदीप ज्ञवाली
६. पृथ्वी सुब्बा गुरुङ
७. शंकर पोखरेल
८. किरण गुरुङ
९. सत्यनारायण मण्डल
१०. छविलाल विश्वकर्मा
११. विष्णु रिमाल
१२. रघुवीर महासेठ
१३. लेखराज भट्ट
प्रचण्ड- माधव- झलनाथ-बामदेव पक्ष
१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. माधवकुमार नेपाल, वरिष्ठ नेता
४. बामदेव गौतम, उपाध्यक्ष
५. नारायणकाजी श्रेष्ठ
६. रामबहादुर थापा बादल
७. भीम रावल
८. अष्टलक्ष्मी शाक्य
९. युवराज ज्ञवाली
१०. धनश्याम भुसाल
११. भीम आचार्य
१२. गोकर्ण बिष्ट
१३. सुरेन्द्र पाण्डे
१४. मुकुन्द न्यौपाने
१५. रघुजी पन्त
१६. वेदुराम भुसाल
१७. देव गुरुङ
१८. टोपबहादुर रायमाझी
१९. गिरिराजमणि पोखरेल
२०. हरिबोल गजुरेल
२१. वर्षमान पुन
२२. शक्ति बस्नेत
२३. जर्नादन शर्मा
२४. पम्फा भुसाल
२५. मात्रिका यादव
२६. गणेश शाह
२७. देवेन्द्र पौडेल
२८. चक्रपाणि खनाल
२९. लिलामणि पोखरेल
३०. मणि थापा
तटस्थ
१. योगेश भट्टराई
२. अग्निप्रसाद सापकोटा, सभामुख
आमन्त्रित सदस्यहरु
१.अमिक शेरचन
२. अमृतकुमार बोहरा
३. केशव बडाल
४. सोमनाथ प्यासी
५. डा. पुष्प कँडेल
६. पेशल खतिवडा
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iugCxi via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ सरकारमा सहभागी मन्त्रीहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीसँगको करिब डेढ घण्टा लामो छलफलपछि आफ्नो निवास बालुवाटार फर्किएपछि उनले मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
छलफलमा आफू र राष्ट्रपति विरुद्ध गम्भीर षडयन्त्र भएको भन्दै मन्त्रीहरुलाई कुन कित्ता रोज्ने भन्दै प्रश्न गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि बहुमत नेताहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको मन्त्रीहरुसँग भएको यसप्रकारको प्रस्तुति पश्चात राजनीतिक वृतमा उनले कुनै असंवैधानिक कदम त चाल्ने होइनन् भन्ने आशंका गर्न थालिएको छ ।
यसअघि बिहिवार उनले स्थायी समिति बैठकलाई नै असर पुग्ने गरी संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गराएका थिए । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा विभिन्न विषयमा विवाद देखिँदै आएको छ । यसका कारण स्थायी कमिटी बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VM6FBs via IFTTT