काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकाय अग्रपङ्तिमा उभिएर कोभिड–१९ विरुद्ध लडिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक, २०७७ मा उठेको प्रश्नको जवाफ दिदै उनले कोरोनाबाट उत्पन्न परिस्थितिको चुनौती सामना गर्न सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
गृहमन्त्री थापाले बन्दाबन्दीको कार्यान्वयन गर्न, विभिन्न नाकामा अड्किएका नागरिकलाई गन्तव्यसम्म पु¥याउन, आपूर्ति व्यवस्था सहजीकरण गर्न तथा क्वारेन्टिन व्यवस्थापनमा स्थानीय प्रशासन र प्रहरीको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै हाल कोभिड–१९ को रोकथामका लागि दक्षिणी सीमा क्षेत्रमा स्थायीसहित एक हजार २ सय १३ स्थानमा विओपी स्थापना गरी सशस्त्र प्रहरीमार्फत रोकथामका कार्य गर्दै आएको जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्री खरिदकार्य अघि बढाइएको तथा मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा समितिहरु क्रियाशील रहेको मन्त्री थापाको भनाइ छ । उनले संघीयता कार्यान्वयन गर्न र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजनका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
मन्त्री थापाले सुरक्षा निकायलाई दक्ष बनाउन आवश्यक तालिमलगायतका कार्यक्रम जारी रहेको बताउँदै सङ्गठन व्यवस्थापन तथा सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेकाले त्यसको प्रतिवेदनका आधारमा सुरक्षा निकायको संरचनालाई थप व्यवस्थित बनाउँदै लगिने मन्त्रालयको योजना रहेको जानकारी दिए ।
उनका अनुसार चोरी, तस्करी, ठगी, अपहरण, बलात्कारलगायत आपराधिक कार्य रोक्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकिएको छ । गृहमन्त्री थापाले कुनै घटनामा कोही दोषी देखिए कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक वा कुनै लोभमा परी कर्तव्यपालनमा विचलित भए सुरक्षाकर्मीसमेत कारवाहीको भागिदार हुने स्पष्ट पारे ।
आगामी आर्थिक वर्षमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा सिसीटिभी जडानका कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउँदै उनले अपराध अनुसन्धान र नियन्त्रणमा सुरक्षा निकाय सफल रहेको जिकिर गरे ।
सीमामा सुरक्षा चौकी विस्तार
गृहमन्त्री थापाले सीमा रक्षाका लागि सुरक्षा चौकी विस्तार गर्ने क्रम जारी रहेको बताए । सीमा सुरक्षाको सम्बन्धमा छिमेकी मुलुकका अधिकारीसँग छलफल जारी रहेकाले आपसी समन्वयात्मकरुपमा काम हुँदै आएको बताउँदै उनले सरकारले सीमा निगरानी पोष्ट (विओपी) ५ सय स्थानमा राख्ने योजना राखेको बताए ।
गृहमन्त्री थापाले पहिलो चरणमा २ सय २१ स्थानमा राख्ने प्रक्रिया जारी छ भन्दै सोही प्रक्रियाअन्तर्गत आजसम्म हुम्लाको हिल्सा र दार्चुलाको छाङरुसहित १ सय २९ स्थानमा विओपी स्थापना भइसकेको जानकारी दिए । आगामी आवमा ६९ स्थानमा विओपीका लागि भौतिक संरचना निर्माण गरिसकिने उनले बताए ।
कारागार व्यवस्थापन
गृहमन्त्री थापाले कारागार व्यवस्थापन चुस्त बनाउँदै बन्दीगृहलाई सुधार गृहका रुपमा विकास गर्न सरकार सक्रिय रहेको बताए । आगामी आवमा बाँके र नुवाकोटको कारागार निर्माण सम्पन्न गर्ने योजना रहेको बताउँदै उनले ललितपुरको महिला कारागारको निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई समेत अघि बढाएको उनको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30oJrVm via IFTTT
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन ।
बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ ।
सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताइन् ।
उनले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गरिन् ।
उनले भनिन, “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।” प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30rS7Ks via IFTTT
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताएका हुन् । उनले वैदेशिक रोजगार ऐन संशोधन गर्ने विषयमा विभागीय मन्त्रीले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।
वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लगातार १०० जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड १९ को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम सुरु गरेको विषयमा आफूलाई व्यवसायीहरुसँग रकम लिएर संशोधन गर्न लागेको आरोप लगाइएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका हुन् ।
‘एकजना माननीय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनुभएको थियो । ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभई संसदले गर्ने विषय समेत बिर्सेर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयं माननीयज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु,’ मन्त्री यादवले भने, ‘उक्त आरोप सरकारलाई असफल देखाउने दुरासयको रुपामा लिएको छु । साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननियलाई चुनौति पनि दिन चाहन्छु ।’
मन्त्री यादवले आफ्नो राजनीतिक जीवनमा कुनै पनि बेला भ्रष्टाचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने बताए ।
‘मेरो जीवनको राजनीतिक जीवनको सुरुदेखि अहिलेसम्म म यो तेस्रो चोटी मन्त्री भएको हुँ र विगतका दिनदेखि अहिलेसम्म उहाँले कहिले पनि भ्रष्टाचारका कुराहरु प्रमाणित गरिदिनुभयो भने म उहाँलाई आफ्नो जीवनको सम्पूर्ण दाउमा लिन चाहन्छु,’ उनले भने, ‘म चुनौती दिन्छु माननीयलाई मलाई साविक गरेर देखाइदिनुस् म राजनीतिक सन्यास लिन तयार छु ।’
मन्त्री यादवले सरकारले विपन्न, बेरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र श्रम स्वीकृति लिई रोजागरीमा जान नपाएका व्यक्तिलाई लक्षित गरी रोजागरीका कार्यक्रम ल्याइएको बताए । उनले श्रमिक सूचना बैंक इकाई निर्माण गरी सबै स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई जोड्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30ocPem via IFTTT
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि आफ्नो मन्त्रालयले मात्रै २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताएका छन् । सांसदहरुले १० अर्ब रुपैयाँको खर्चको कुरा उठाएपछि मन्त्री ढकालले आफ्नो मन्त्रालयले खर्चका विभिन्न सूची प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले हालसम्म २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए ।
त्यस्तै क्वारेन्टाइन व्यवस्थापनका लागि २ अर्ब ७६ करोड रुपैयाँ ६ सय ४१ स्थानीय तहमा खर्च भएको, १ अर्ब ८ करोड रुपैयाँ प्रदेश सरकारले गरेको र बाँकी ६ अर्ब ३ करोड रुपैयाँ केन्द्र सरकारले खर्च गरेको मन्त्री ढकालको भनाइ छ ।
पिसिआर परीक्षणको विषयमा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले अहिले पिसिआर परीक्षणको दर बढाउन नसक्ने आफूहरुको बाध्यता रहेको बताए । उनले आवश्यकता अनुसार परीक्षण गर्ने क्षमता नभएकाले असार १५ पछि मा दैनिक १० हजार स्वाब परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए ।
अहिले नेपालमा ४ हजार ७ सय क्षमतामा मात्र पिसिआर परीक्षण हुने उनको भनाइ छ । मन्त्री ढकालले पिसिआर परीक्षणमा नेपाल एसियामै राम्रो अवस्थामा रहेको दावी पनि गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30sNIqZ via IFTTT
नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आइतबार थपिएका संक्रमतिमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।
४६७ जना डिस्चार्ज
नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
कुन प्रदेशमा कति संक्रमित ?
नेपालमा कोरोना भाइरस संक्रमित प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना रहेका छन् । त्यसैगरी प्रदेश २ का ८ जिल्लामा एक हजार १ सय ६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमति भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
रोल्पामा पनि संक्रमित थपिएसँगै देशभरका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १३ जनाको मृत्यु
संक्रमितमध्य नेपालमा हालसम्म १३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
नेपालमा कोरोनाका कारण हालसमम सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं। २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2zd1AKx via IFTTT
नवलपरासी । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आइतबार साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ ।
स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो ।
घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30e8Cdc via IFTTT
काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा थप ३२३ सहित नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो ।
शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विरागटनगरमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ । उनीहरु मोरङका २ जना १८ र २३ वर्षका पुरुष, सुनसरीका ४ जना २४ र ३५ वर्षकी महिला र ३८ र४५ वर्षका पुरुषहरु रहेका छन् ।
यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी सप्तरीका ५० वर्षीय पुरुष हुन् । यस्तै भरतपुरको कोरोना विशेष अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु नवलपरासीका क्वारेन्टाइनमा रहेका १८ देखि २७ वर्ष सम्मका पुरुषहरु हुन् ।
यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनाको पोजेटिभ आएको छ । उनीहरु बाँकेका १२ जना २३ र ४१ वर्षकी महिला र ४ वर्षका बालक देखि ३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै बर्दियाका २८ जना रहेका छन् । उनीहरु २५ वर्षकी एक महिला र १५ वर्षका किशोर देखि ६० वर्ष सम्माका पुरुषहरु रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरीएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको उनले बताए । उनीहरुमध्ये कास्कीका ३ जना २३ देखि ५९ वर्षका रहेका छन् ।यस्तै स्याङ्जाका १० जना १६ देखि ५४ वर्षसम्मका, बाग्लुङका एकजना ३९ वर्षका पुरुष रहेका छन् ।
यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सुनसरीका एक जना ३० वर्षका पुरुष, सप्तरीका ७ जना २ वर्षकी बालिका र २७ वर्षकी महिला र २ वर्षका बालकसहित ४० वर्ष सम्मका पुरुषहरु रहेका छन् ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ आएको छ । उनीहरु बझाङका ६ जना ४० वर्षका २ जना महिला र २५ देखि ७० वर्ष सम्मका पुरुषहरु, कञ्चनपुरका एकजना ३८ वर्षका पुरुष, हाल कञ्चनपुरमा रहेका स्थायी ठेगाना काठमाडौं भएका २ जना १८ र ३८ वर्षका पुरुष, अछामकी ५२ वर्षकी महिला, कैलालीका २ जा ४१ र ५५ वर्षका पुरुष, डडेल्धुराकी २१ वर्षीया महिला रहेका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४३ जना १८ महिने बालिका सहित ६० वर्ष सम्मका १० जना महिला र ५ महिनाको बालक सहित ४९ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।यस्तै डोल्पाका ५८ वर्षका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपन्छि रोग अन्वेषण केन्द्रको प्रयोगशालमा ५७ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४ जना १७ देखि २२ वर्ष सम्मका पुरुष, सुर्खेतका १० जना १७ देखि ५१ वर्ष सम्मका पुरुषहरु, जाजरकोटका ४ जना ३३ वर्षकी महिला र १९ देखि ५२ वर्ष सम्मका पुरुष, सल्यानका ३८ जना रहेका छन् । उनीहरु मध्ये एकजना २१ वर्षकी महिला र १४ वर्षका किशोर देखि ५७ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।
यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये अर्घाखाँचीका एकजना ५० वर्षका पुरुष, कपिलवस्तुका ११ जना १९ देखि ५० वर्षसम्मका पुरुष, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना १९ देखि३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय २० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये भक्तपुर कमलविनायकका एकजना ३१ वर्षकी महिला, धनुषामा क्वारेन्टाइनमा रहेका ८ जना व्यक्तिहरु १९ देखि ५४ वर्ष सम्मका पुरुषहरु, कपिलवस्तुको महाराजगञ्जमा रहेका ३९ जना ६ महिने बालिका देखि ५५ वर्ष उमेर सम्मका ७ जना महिला र ४ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।
यस्तै काठमाडौं महानगरपालिकाका ४ जना रहेका छन् । उनीहरु ३१ र ३५ वर्षकी २ जना महिला, ३६ र ४६ वर्षका दुई जना पुरुष रहेका छन् । यस्तै महोत्तरीका ३५ जना रहेका छन् । उनीहरु २२ वर्षकी एक महिला, ११ वर्षका एक बालक देखि ५२ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै रौतहटका ६ जना दुई महिला र ४ जना पुरुष रहेका छन् । यस्तै सर्लाहीका २७ जना १६ देखि ३८ वर्ष सम्मका पुरुष रहेका छन् ।
यस्तै देशभरका क्वारेन्टाइनमा एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६५ पुगेको छ ।शनिबारसम्म ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2BG9q0e via IFTTT