रसुवा– रसुवामा प्रहरीले कन्टेनर चालकमाथि कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको जनाइएको छ ।
चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीको आलोचना भइरहेको छ । रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु भएको छ ।
उक्त भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको व्यवहार के कति कारणले भएको हो, त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MWgzh5 via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि ५८ जनालाई ७ दिनभित्र आयोगमा हाजिर हुन सूचना जारी गरेको छ ।
बुधबार पत्रिकामा सूचना प्रकाशित गर्दै अख्तियारले उनीहरुलाई ७ दिनभित्र अख्तियारमा सम्पर्क गर्न भनेको छ । उक्त अवधिमा सम्पर्क गर्न नआए कानूनबमोजिम हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
‘तत्कालीन सरकारले प्रचलित कानूनबमोजिमको मुआब्जासमेत दिई अधिग्रहण गरिलिएको साबिक हाँडीगाउँ मौजा हा.नं. ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुुसन्धानको सिलसिलामा तपाइँसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ,’ अख्तियारद्वारा बुधबार प्रकाशित सूचनामा भनिएको छ ।
त्यस्तै उक्त सूचनामा अख्तियारले ती व्यक्तिहरुलाई आयोगको अनुन्धान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क राख्न आउनु होला,’ अख्तियारले सूचनामा भनेको छ, ‘नआए कानूनबमोजिम भई जानेछ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PEhwwN via IFTTT
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ ।
राष्ट्रियसभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले पार्टीका तर्फबाट सो संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
विधेयकको दफा ७ मा उल्लेखित काउन्सिलको गठन सम्बन्धमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, २५ वर्षभन्दा बढी अनुभव हासिल गरेर विशिष्ट योगदान पुर्याएका कम्तीमा ४५ वर्ष उमेर पुगेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभाका सभामुखले तोकेको प्रमुख विपक्षी दलको प्रतिनिधित्वसहित कम्तीमा एक महिलासहित दुई सांसद, राष्ट्रियसभाका अध्यक्षले तोकेको एक सांसद, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट सरकारले मनोनयन गरेको एक जना सदस्य हुनुपर्ने संशोधन दर्ता गरिएको छ ।
त्यस्तै प्रत्येक प्रदेशबाट कम्तीमा २० वर्ष पत्रकारिताको अनुभवसहितका कम्तीमा सात वर्ष सम्पादकीय जिम्मेवारी निर्वाह गरेका सम्पादकमध्येबाट पत्रकार महासङ्घको प्रादेशिक तहको निर्वाचनमा काउन्सिल प्रतिनिधिकारुपमा निर्वाचित भई आउने एक÷एक जनासहित सात, पत्रकार महासङ्घको महाधिवेशनमा काउन्सिलको सदस्यका लागि कम्तीमा २० वर्षको अनुभव भएको श्रमजीवी पत्रकारमध्येबाट निर्वाचित कम्तीमा एक महिलासहित तीन, मानवअधिकार, लैङ्गिक समता, भाषा–साहित्य, व्यवस्थापन, प्रादेशिक तथा स्थानीय तह र अनुसन्धानजस्ता क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएको ख्यातिप्राप्त व्यक्तिमध्ये सरकारबाट कम्तीमा दुई महिला सदस्यसहित नियुक्त पाँच जना गरी कूल २१ सदस्यीय समिति रहने संशोधनमा उल्लेख छ ।
त्यस्तै नियुक्तिका लागि राष्ट्रियसभाका अध्यक्ष संयोजक र प्रतिनिधिसभाको सञ्चार क्षेत्र हेर्ने समितिका सभापति तथा मन्त्रालयले मनोनयन गरेको कम्तीमा २० वर्ष अनुभव भएको ४५ वर्ष उमेर पूरा गरेका वरिष्ठ पत्रकार सदस्य रहने सिफारिश समिति गठनको प्रस्तावसमेत गरिएको छ । काउन्सिलमा नियुक्ति अध्यक्षले प्रधानन्यायाधीशसमक्ष र सदस्यले अध्यक्षसमक्ष तोकिएबमोजिम शपथ लिनुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।
काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्यक्षमता, खराब आचरण वा पदीय दायित्व पूरा नगरेका जस्ता आरोपमा पदबाट हटाउनुपर्ने लागेमा अध्यक्ष र सदस्य नियुक्ति गर्न गठित सिफारिश समितिले तीन सदस्यसम्मको जाँचबुझ समिति गठन गर्ने, सिफारिश समितिले हटाउनुअघि सफाइ पेश गर्ने उपयुक्त मौका दिनुपर्ने, जवाफ चित्तबुझ्दो नभएमा सरकारलाई अध्यक्ष र सदस्यलाई पदबाट हटाउन समितिले सिफारिश गर्न सक्ने प्रस्ताव संशोधनमा उल्लेख छ ।
‘रु २५ हजारदेखि १० लाखसम्म जरिवाना’ भन्ने विधेयकको वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’लगायतका प्रस्ताव काँग्रेसको संशोधनमा उल्लेख छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LmEzXM via IFTTT
सुरुङ्गा । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले घटनामा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए ।
गैरकानूनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन शुरु गरेको थियो । निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ ।
गैरनेपालीलाई नागरिकता दिन सिफारिश गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानविन थालिएको बताइएको छ । प्रशासन स्रोतका अनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ । १६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ । त्यसपछि अधिकृत ढुङ्गेलले नागरिकता जारी गरेको बताइएको छ ।
यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा नौ जनाको बाबु एउटै कायम गरिएको छ । गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० लाई जिम्मेवारी दिएको बताइएको छ ।
गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको पाइएको हो । टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन् । उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ ।
यसैगरी, गैरकानूनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन् । गृह स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको छ । यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ ।
यसअघि २०७३ माघ १० गते तीन जनालाई गैरकानूनी रूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ ।
विसं २०७३ मा गैरकानूनी रूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथि समेत छानविन थालिएको छ भने तत्कालीन शरणामती गाविसका सञ्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानविनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PyTYJD via IFTTT
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने पाँचौ एपिएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आइतबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा एक समारोहबीच उद्घाटन गरेका हुन् । उहाँले त्यस अवसरमा मध्यमस्तरका अधिकृतको नेतृत्व क्षमता विकास गरी नेतृत्वदायी भूमिका तथा सुरक्षा चुनौतीलाई विश्लेषण गरेर अगाडि बढ्न यो कोर्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्न एपिएफ अधिकृतहरुलाई यस कोर्षले थप ज्ञान प्रदान गर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा यस किसिमको कोर्षको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन हामी सबैले आ–आफ्नो तहबाट योगदान पु¥याउनु पर्ने बताए । कोर्षमा सहभागी अधिकृतहरुले प्रशिक्षणको दौरानमा आर्जन गरेको ज्ञानलाई आपूm मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा अगाडि आग्रह गरे ।
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डा। गोपाल धौवञ्जरले यस्ता कोर्षले सहभागीलाई व्यावसायिक ज्ञान अभिवृद्धि गर्न सघाउ पु¥याउने बताए । यस्ता कोर्षले सीमा सुरक्षा, औद्योगिक सुरक्षा लगायतका विभिन्न क्षेत्रहरुमा ज्ञानमा अभिवृद्धि गर्न मद्दत पुग्ने तथा सुरक्षा चुनौतीलाई सामना गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धति, नेतृत्व र विकास, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविधि विषयहरु एपिएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको जनाइएको छ ।
डेढ वर्षे कोर्षमा सशस्त्र प्रहरी बल, नेपालबाट १९ जना तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक जना सहभागी छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Umfr7s via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको उपचार प्रक्रिया आगामी बुधबारसम्म जारी रहने भएको छ ।
मिर्गौलाको समस्याका कारण ‘एन्डीबडी’को मात्रा बढेर सिंगापुरस्थित नेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको हालसम्म पाँच पटक सोही प्रक्रियाबाट उपचार गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ ।
प्रधानमन्त्रीको उपचारमा संलग्न प्रधानमन्त्रीका निजी चिकित्सक डा। दीलिप शर्मालाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
धानमन्त्री ओली भदौ ५ गते थप उपचारका लागि सिंगापुर गएका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zGbsZN via IFTTT