बलिउड सूपरस्टार सलमान खानको फिल्म ‘भारत’ इदको मौका पारेर बुधबार रिलिज भएको छ। फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्मको रिलिज हुनु पुर्व मंगलबार ‘भारत’ को स्पेशल स्क्रिनिङ राखिएको थियो, जसमा बलिउडका अन्य कलाकारहरु पनि उपस्थित थिए। यही दौरान सलमान खानले आफ्नै बडिगार्डलाइ जोरदार थप्पड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा सर्कुलेट भइरहेको छ।
स्क्रिनिङ सकेर बाहिर निस्कदा बडिगार्डले फ्यानहरुलाई धक्का दिदै सलमानको लागि बाटो बनाउँदै थिए। फ्यानहरुको भिडमा रहेको एक बच्चालाइ असहज भएको सलमानले देखे। यहि रिसमा सलमानले बडिगार्डलाई एक थप्पड हानेको भिडियोमा देख्न सकिन्छ।
हेर्नुस् भिडियो,
भारतमा सलमान सहित तबु, दिशा पठानी, सुनिल ग्रोवर, ज्याकी श्रोफको प्रमुख भूमिका छ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2XvdW7J
via IFTTT
काठमाडौं । प्रहरी प्रधान कार्यलयले बिभागिय नीति निर्देशनलाई आत्मसात गरि निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्त्वपूर्ण भुमिका निर्बाह गरि प्रशासनिक ब्याबस्थापन तर्फ कुशलता पुर्बक कार्य सम्पादन गरेको भनी ५ अधिकृतलाई आइजिपी सर्बेन्द्र खनालले रेकर्डमा जनिने गरि प्रतिब्यक्ती रु २५०० रकम सहित पुरस्कृत गरेका छन्।त्यस्तो पुरस्कार पाउनेमा एसपी चन्द्र कुबेर खापुङ,दान बहादुर कार्की,मुकुन्द मरासिनी,डिएसपी ऋषिराम कणेल र इनिस्पेक्टर गोविन्द पन्थी छन्।
एसपी चन्द्र कुबेर खापुङ र निरीक्षक गोविन्द पन्थीले कर्मचारी प्रशासन शाखामा रहि आइजिपी सर्बेन्द्र खनाल को क्उष्चष्त अनुसार अहोरात्र खटिइ एक बर्ष मै १७४४ जनाको नया नियुक्ति तथा पदस्थापना,३२००० को सरुवा८१८७ जनाको बढुवा गरि कर्मचारी को बृती बिकास मा महत्वपूर्ण योगदान पुर्याएका थिए।
एसपी दान कार्कीले महानिरीक्षकको सचिवालयमा रहि नीति निर्देशन को कार्यावन एबम समन्वयमा महत्वपूर्ण योगदान गरेका थिए। डिएसपी ऋषिराम कणेलले सरुवा बढुवा भएका एबम सरुवा भै एकै ठाउँ मा बर्षौ बसि अड्डा जमाएका कर्मचारीलाई आ(आफ्नो दरबन्दीमा पठाउन योगदान पुर्याएका थिए। सरुवा भएको स्थानमा लामो अबधी सम्म नपठाए पछि प्रधान कार्यलयलेले ६ बुदे कडा निर्देशन जारि गरेको थियो जस्मा भनिएको थियो १५ दिन भित्र तोकिएको स्थानमा प्रत्येक कर्मचारी लाई नपठाइए कडा कार्बाही गरिने।त्यस्तो निर्देशन को सतप्रतिशत कार्यान्वयन गर्ने सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनी पुरस्कृत भएका हुन भने निर्देशनको अवज्ञा गर्ने कार्यालय प्रमुख हरुको अभिलेख राखी कडा कार्बाही गर्न आइजिपी खनालले निर्देशन दिइसकेका छन् ।
अबको केहिदिनमै त्यस्ता अधिकारीलार्इ कार्बाहिको दायरामा ल्याइने उनले बताए।आइजिपी सर्बेन्द्र खनाल कमान्ड सम्हाले पश्चात् राम्रो काम गर्ने ५५०० प्रहरी कर्मचारी पुरस्कृत भएका छन भने ३६५० कर्मचारी बिभागिय नीति बिपरितका काम कार्बाही मा सङ्लग्न भएको भनी कारबाहीमा परेका छन।
यसरी आइजिपी खनाल ले प्रहरी सङठनको कमान्ड अयलतचय िमजबुत गरि प्रहरी लाई समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत ६५३ स्थानीय निकाय मध्ये ६५१ स्थानीय निकाय सङ ःइग् गरि प्रहरी लाई स्थानीय जनतासँग जोड्न सफल भएका छन भने त्यसै मार्फत अपराधिक गतिबिधिका सुचना लिने र प्रहरी को आचरण र ब्याबहार को स्थानीय प्रतिनिधि मार्फत सुचना लिइ सुधार एबम कार्बाही को योजना ल्याइ सङठन लाई साच्चिकै जनमैत्री बनाएर एशिया कै उत्कृष्ट सङठन बनाउने अभियान मा उनि प्रयासरत रहेको पाइन्छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2WJqGdW via IFTTT
काठमाडौँ । राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफल जारी रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले यही जेठ २३ गतेसम्म सामान्य छलफल हुने भनिए तापनि २३ गतेको बैठक २७ गते बस्ने जानकारी दिनुभयो । बजेटमाथिको सामान्य छलफल आजदेखि तीन दिनसम्म चल्ने भनिएको थियो । बजेटमाथिको छलफलमा सांसद कोमल ओलीले बजेट जनचाहनाको दस्तावेजका रुपमा आएको र यो न्यायसहितको विकासको स्पष्ट रुपरेखा भएको बताउनुभयो ।
उहाँले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा ध्यान दिनु बजेटको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । सांसद सुमनराज प्याकुरेलले बजेटमा ज्येष्ठ नागरिकलाई केन्द्रमा राख्नु स्वागतयोग्य भएको र समाजका सबै वर्ग र समुदायकलाई समेटेको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HVdev0 via IFTTT
काठमाडौँ । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QOIUFh via IFTTT
रसुवा । मैलुङ–स्याँफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टाटासुमोमा सवार सबै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन् । गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ ।
आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले वेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले वेपत्ताको खोजी गरिरहेको छ । पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो मैलुङ–स्याँफ्रुबेसी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भई करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ERhoCm via IFTTT
बलिउड सुपरस्टार शाहरुख खानले फिल्ममेकर करण जौहर र आदित्य चोपडाले आफ्नो हरेक सपना पुरा गरिदिएको बताएका छन। आदित्य र करणको फोटो आफ्नो दाँयाबाँया राखेर शाहरुखले फोटो कोलाज ट्वीट गरेका थिए। फोटोसंगै उनले लेखेका छन् ‘सपना देख्नु राम्रो कुरा हो। तर यदी सपनाले राम्रो दिशा पाएन भने यसको कुनै अर्थ रहदैन।’
उनले अगाडी लेखे, ‘यी दुइ (करण र आदित्य)ले मेरो हरेक सपना पुरा गरे। म यो यसकारण भनिरहेछु कि तपाइको सपना भन्दा सपना पुरा गरिदिने बढी महत्वपूर्णं हुन्छन्।’
हेर्नुस् उनको ट्वीट:
Dreamers r good. But if those dreams r not given a direction they mean nothing.These 2 fulfilled every dream I had,over & above every dream they had for themselves.Adi & Karan. Y share this with all? Cos u should know, more important than ur dreams r those who fulfil them for u pic.twitter.com/RzsMRYUMet
— Shah Rukh Khan (@iamsrk) 2 June 2019
शाहरुखले करणसंग कुछ-कुछ होता है, कभी खूसी कभी गम र माइ नेम इज खान जस्ता फिल्महरुमा काम गरेका थिए। त्यस्तै आदित्य चोपडासंग दिलवाले दुल्हनिया ले जाएंगे, जब तक है जान, वीर जारा र रब ने बना दी जोडी जस्ता फिल्ममा काम गरेका थिए। शाहरुखलाई रोमान्टिक हिरोको पहिचान दिने श्रेय यिनै दुइ फिल्ममेकर्सलाई जान्छ।
नयाँ प्रोजेक्ट
निर्देशक आनन्द एल रायको फिल्म ‘जिरो’ शाहरुखको अन्तिम फिल्म हो, जसले बक्सअफिसमा कुनै धमाल गर्न सकेन। त्यसपश्चात फिल्मका अफर नकार्दै आएका शाहरुख केवल परिवारसंग समय बिताउँदैछन्।
खबर छ कि शाहरुख सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन स्टारर सत्ते पे सत्ता को रिमेकमा देखिने छन्। यो फिल्मलाई फराह खानले निर्देशन गर्नेछिन्। फिल्म रोहित शेट्टीको निर्माणमा बन्नेछ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2KqqtFK
via IFTTT
विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयास गरेका छन् । जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।
राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ ।
सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको बताइएको छ । यही मौका छोपेर कब्जाको प्रयास गरिएको हुनसक्ने स्थानीय बताउँछन् ।
विप्लव समुहले आफुहरुको चौकी कव्जा र सुरक्षाकर्मीमाथि आक्रमणको निति नभएको पटकपटक बताउदै आएको छ ।
घटनास्थल जिल्ला सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढा पर्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JUUYEg via IFTTT