पोखरा– गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीकालागि पोखरा आएका गृहमन्त्री थापाले आइतवार आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।
संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएकाले यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए ।
प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेका र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने उनले जानकारी दिए । सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरुपमा काम भएको बबताए ।
उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2YVDEU4 via IFTTT
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ । शनिबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएपछि अनिश्चित बनेको हो ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बोलाइएको थियो ।
हुनत शुक्रबार नै संचारमाध्यममा शीर्ष नेताहरुबीच कार्यसम्पादन समितिमा भागबन्डा मिलेको सन्देश दिइयो । शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाबीच आपसी सहमति भएको बताइएको थियो । तर तेस्रो शक्तिमा रहेका कृष्णप्रसाद सिटौलासंग कुनै सहमति लिने प्रयास नै गरिएको थिएन ।
अन्ततः यसअघि जस्तै टुट्यो यो सहमति र अन्तिममा गएर देउवाले बैठक स्थगित गरे । सहमतिका नाममा पटकपटक बहुमतले पार्टीभित्र काम गर्दै आइरहेको छ ।
काँग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा आफ्नै पार्टीभित्र एकता नहुँदा भने अपेक्षा कम हुँदै गएको छ ।
अबको एक वर्षभित्रै पार्टीको १४ औं महाधिवेशन हुनुपर्ने छ । तर नेतृत्वले अहिलेसम्म विभिन्न विभागमा पदपूर्तिसमेत गर्न नसकेको अवस्था छ ।
पूर्व सभापतिहरुले जस्तै देउवाले पनि त्यही बाटो अपनाएका छन् । २०७२ सालको फागुनमा भएको १३ औं महाधिवेशनले देउवालाई सभापति चुनेपछि पहिलो सम्वोधनमा भनेका थिए ‘तीन महिनाभित्रै सबै समिति गठन गरिने छ ।’
तर त्यसो हुन सकेन । कांग्रेसको नयाँ विधानमा २८ ओटा विभाग गठन गर्ने व्यवस्था गरिएको छ । निकै दवाव परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यसअघि नै गठन गरिसकेको छ ।
काँग्रेसलाई एकीकृत गर्नमा नेतृत्व चुकिरहेको छ । वरिष्ठ नेताहरु आपसमा भिडिरहेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ki2SZt via IFTTT
काठमाण्डौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना साँघुरिदैँ एको छ। दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्।
पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावशाली चार नेता प्रहरी हिरासतमा छन्।
२०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो। तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FRGwbQ via IFTTT
काठमाण्डौ – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस पाँच जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले आउँदो वैशाख २ गतेभित्र प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डाक्टर मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायधिस पदमा रहन योग्य नभए उजुरी दिन आह्वान गरेको हो ।
समितिको फोन नम्बर ०१ ४२००२७७ मा फोन गरेर वा parl_hearingcommittee@parliament.gov.np मा इमेल गरेर उजुरी दिन सकिनेछ ।
सूचना दिने व्यक्तिले आफ्नो नाम, थर र वतन खुलाउनुपर्नेछ । तर सूचना दिने व्यक्तिले नाम खुलाउन नचाहे नाम गोप्य राखिने समितिले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OMBBx1 via IFTTT
यूएई – संयुक्त अरब एमिरेट्स यूएईका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले एसियाका प्रमुख देशहरुका कुटनीतिक नियोगका प्रमुखसँग भेटघाट तथा छलफल सुरु गर्नुभएको छ ।
यूएईका लागि राजदूतका रुपमा एक महिनाअघि यहाँ आउनुभएका ढकालले नेपालले जस्तै श्रमिक कामदारको रुपमा यूएईमा कामदार पठाउने भारत, बङग्लादेश जस्ता देशका राजदूतसँग भेटघाट गर्नुभएको हो ।
नेपालसँगै भारत, बङ्लादेशलगायत कामदार पठाउने देशका धेरैजसो काम र समस्याका प्रकृति उस्तै हुने भएकाले साझा विषयमा छलफल र समाधानका उपायको खोजीमा राजदूत ढकालको कुटनीतिक भेटघाट केन्द्रित भएको नेपाली दूतावासले जनाएको छ ।
‘हामी मिलेर गर्न सक्ने कामका विषयमा सहकार्य गर्न र आपसी दुई वा बहुराष्ट्रिय हित, सम्बन्ध थप बलियो बनाउन पनि भेटघाट आवश्यक छ,’ राजदूत ढकालले भन्नुभयो ।
यस्तै बुधबार राजदूत ढकालले र चिनियाँ राजदूत चाङ हाउसँग शिष्टाचार भेट गर्नुभएको छ । आबुधाबीमा रहेको चिनियाँ दूतावासको कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
चीन र यूएई तथा नेपाल र चीनबीचको व्यापार व्यवसायकाबारेमा दुवै देशका राजदूतले एक आपसमा जानकारी राखेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HZooQG via IFTTT
झापा – नेपालको पूर्वी नाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ बिहीबार बिहान भत्काइएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।
मेची पुल बनाउँदै आएको ठेकेदारले त्याे ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी गराएका थिए ।
नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको त्यस स्तम्भको आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाउनुभएको हो ।
स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UeLlG9 via IFTTT
काठमाण्डौ – स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त हुनुभएको छ ।
जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेका भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गर्नुभएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2D0aOsh via IFTTT