काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गर्नु भएको हो ।
छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तीमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए । चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तीमा पनि ३३ प्रतिशत पुर्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले चालू आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका थिए ।
त्यसैगरी मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउका थिए । अन्तर प्रदेश समन्वय परिषदले जारी गरेको २९ बूँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भयो ।
छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले प्रदेश २ को बारा र पर्सामा आएको आँधि हुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UivJSb via IFTTT
काठमाडौं – बारा र पर्सामा आइतबार राति आएको चक्रवातबारे जल तथा मौसम पूर्वानुमान महाशाखाले पत्तो नै नपाएपछि उसले अविश्वसनीयताको सामना गर्नुपरेको छ ।
भारतको मौसम विभागले खतरा रहेको सचेत गराए पनि नेपालको मौसम महाशाखाले केही पनि पत्तो लगाउन सकेन । यसलाई अप्रत्यासित भनिएको छ । यो चक्रपातपछि मौसम महाशाखा अझ बढी प्रविधियुक्त हुनुपर्छ भन्ने चर्चा चलिरहेको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान प्रक्षेपण गरेको छ ।
मंगलबार दिउँसो देशको पुर्वी लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिएको महाशाखाले जनाएको छ ।
मंगलबार राति देशको पुर्वी भूभाग लगायात मध्य पहाडी भुभागमा आंशिक बदली रहनेछ बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भूभागका एक दुइई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
बुधबार
मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशको पुर्वी भुभाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भूभागहरुमा आंशिक बदलि रहनेछ ।
अपरान्ह पश्चात देशको पुर्वी पहाडी भूभागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
बुधबार राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।
बिहीबार
मौसम पूर्वानुमान महाशाखाले बिहीबार चैत २१ गते दिउँसो देशको पुर्वी भुभाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरुमा आंशिक बदलि रहने जनाएको छ ।
अपरान्ह पश्चात देशको पुर्वी पहाडी भूभागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु(भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
बिहीबार राति देशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ भने बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uGdlDi via IFTTT
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति भएको दिल्ली क्यापीटल्सबाट किङ्स ११ पञ्जावविरुद्ध २ विकेट लिदै २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।
पञ्जावविरुद्ध ४ ओभर बलिङ गरेका युवा स्पिनर सन्दीपले टि—२० मा सर्वाधिक विकेट लिने खेलाडी बन्दा उनले विश्व चर्चाीत स्पिनर पाकिस्तानका सहिद अफ्रीदि, अफगानिस्तानका राशिद खान र बंगलादेशका शाकिब अल हसनलाई पछि पारेका छन् ।
यो वर्ष सन्दीपले अहिलेसम्म २७ विकेट लिएका छन् । त्यस्तै, सन्दीपले पछि पारेका साहिद अफ्रीदीले २६, राशिद खानले २५ र हसनले २४ विकेट लिएका छन् ।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले विश्वभरका चर्चीत टि—ट्वान्टी फ्रेन्चाईजमा सहभागीता जनाउँदै आएका छन् । जसका क्रममा उनले अस्ट्रेलियाको विग वास लिग देखि पाकिस्तान सुपर लिगसम्म खेलिसकेका छन् ।
सन्दीपले २ विकेट लिए पनि उनको टोली दिल्ली क्यापीटल्स पञ्जावसँग १४ रनले पराजित भएको छ । पञ्जावले दिएको १सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले सबै विकेट गुमाएर १सय ५२ रनमा समेटियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2WE5h1Y via IFTTT
ढाका, बंगलादेश । इन्टरनेशनल अशोसियशन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि – एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिद संग शिष्टाचार भेट गर्नु भयको छ । राष्ट्रपति कार्यालयमा भयको भेटमा आपसी हित, विश्व शान्ति तथा विश्व भातृत्वको बारेमा छलफल भयको ढकालका सहयोगी टिका बिकले जानकारी दिनु भयो । भेटमा अध्यक्ष ढकालले केहि समय अघि नेपालमा सम्पन्न एशिया प्याशिफिक समिटको घोषणा पत्र राष्ट्रपति अब्दुल हमिद लाइ प्रदान गर्नु भयको थियो। राष्ट्रपति अब्दुल हमिदले विश्व भातृत्व र शान्तिका खातिर समिट कोशेढुंगा साबित भयको भन्दै आयोजकहरुलाई बधाई दिनु भयो । साथै उहाँले बिमस्टेक,एशिया प्याशिफिक समिट र इन्भेस्टमेन्ट समिट गरि निरन्तर तिन वटा शिखर सम्मेलन सफलताका साथ् नेपालमा सम्पन्न भयकोमा प्रधानमन्त्री केपी ओली र नेपाली जनतालाई बधाई पनि दिनु भयो । राष्ट्रपति हमिदले आफुले विश्वको धेरै देशको भ्रमण गरेपनि नजिकको मित्रराष्ट्र नेपाल जाने अवसर नमिलेको भन्दै नेपाल भ्रमणको लागि इच्छा पनि ब्यक्त गर्नु भयो । करिब ४५ मिनेट भयको भेट बार्तामा निकट भविष्यमा विश्व स्तरमा गठन गर्न लागियको “इन्टरनेशनल समिट काउन्सिल फर पिस” मा बंगलादेशको सक्रिय सहभागिता लगायत बिषयमा छलफल भयको थियो । भेटमा सांसद तथा आइएपिपि बंगलादेशका अध्यक्ष काजी फिरोज रशिद साथै बंगलादेश सरकारका उच्च पदस्थ अधिकृतहरुको सहभागिता रहेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uF3vBH via IFTTT
काठमाडौं – संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लमा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।
५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो ।
अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको खनालले जानकारी दिए ।
यसअघि शहरी विकास मन्त्रालय अन्तरगत विपदका लागि आवश्यक सामान किनेर भण्डारण गरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ ।
खनालका अनुसार ४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ । ‘खाद्यान्नको व्यवस्थापन सरकारले ब्यहोर्ने गरी हाललाई स्थानीय तहले नै व्यवस्थापन गर्ने निर्णय भएको छ,’ उनले भने,‘ स्थानीय स्तरमा उपलब्ध चामल लगायतका खाद्यान्न स्थानीय तहले नै वितरण गर्छन् ।’
संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न समाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FK0dSJ via IFTTT