काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ ।
काङ्ग्रेसले एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको कदमबारे पार्टीको धारणा स्पष्ट पारेको हो । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेको छ ।
“नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न । अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न काङ्ग्रेस सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यसको मूल नेतृत्व काङ्ग्रेसले गरेको उल्लेख गर्दै आजको मितिमा हिंसात्मक विद्रोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान भित्रैबाट विश्वासमा लिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वलाई पहल गर्न अपिल गरिएको छ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसकेको र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन सत्तारूढ दल नेकपा नेतृत्वलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसक्नु भएको विज्ञप्तिमा जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UN9TlG via IFTTT
काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अगामी वैशाख महिनादेखि सीप अनिवार्य गर्ने भएको छ ।
अब वैदेशिक रोजगारीमा जाने कामदारले विदेशिनु अघि अनिवार्य तालिम लिनुपर्ने भएको छ । कुन र कस्तो काममा जाने हो, त्यो विषयमा तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र अन्तिम श्रम स्वीकृति वितरण गरिने वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले जनाएको छ । विदेशमा श्रम गर्न जानेले तीन देखि ६ मिहनाको तालिम लिएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।
सरकारले वैदेशिक रोजगारी क्षेत्रका विकृति अन्त्य गदै नयाँ संरचना निर्माण गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।
शुक्रवार वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले आयोजना गरेका एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारी पीडितलाई सरकारले स्थानीय तहबाट क्षतिपूर्ति दिने व्यवस्था गर्ने लागेको बताए ।
देशविदेशमा रहेका श्रमिकको विषयमा धेरै चिन्तित भएर काम गरिरहेको उनको भनाइ थियो । वैदेशिक रोजगार क्षेत्र भित्र व्यापक समस्या भएकाले समाधान गदै लैजाने उनले बताए ।
वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउनका लागि बोर्डले प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JekSn7 via IFTTT
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै नेताहरुले विप्लव समूहमाथि लगाएको प्रतिबन्धका विषयमा बेग्लाबेग्लै टिप्पणी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले सरकारको कदम उचित भएको बताएका थिए ।
आज (शनिबार) पाल्पा पुगेका उनले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन सरकारले पनि पहल गर्नुपर्ने बताएका हुन्।
प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले अब देशमा हिंसात्मक गतिविधि मच्चाउन नहुने भन्दै त्यसको समाधानका लागि सरकारले पहलकदमी अघि बढाउनुपर्ने बताए ।
अर्को प्रसंगमा देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताएका छन् । उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए ।
नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको कांग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए । नेपाली कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले संविधानमा भएको व्यवस्था आफूहरुले मान्ने बताए ।
सरकारको कामसँग आफू सन्तुष्ट नरहेको पनि उनले बताए । सरकारले एक वर्षको अवधिमा राम्राकाम गर्न नसकेको देउवाको ठहर छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O91Qxh via IFTTT
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचार अंगीकार गर्न सुझाव दिएका छन् ।
दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको जिकिर गर्दै उनले ‘कोर्स करेक्सन’को सुझाव दिएका हुन् ।बाबुरामले आफ्ना दुवै पूर्वकमरेड गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।
दुवै नेतालाई नजिकबाट चिनेका बाबुरामको विचारमा दुवैमा देखिएको समस्या व्यक्तिको नभएर विचारको हो । प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ ।
‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो !’ बाबुरामले ट्विट गरेका छन् ।
दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी पनि बाबुरामले गरेका छन् । ‘इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ’, अंग्रेजी भनाइ ‘टू रङ डन्ट मेक अ राइट’ स्मरण गराउँदै बाबुरामले ट्विटरमा लेखेका छन्, ‘खाँचो नयाँ विचारको ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T3PCGZ via IFTTT
काठमाण्डौ – सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ ।
विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताउनुभयो ।
बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताउनु भएको थियो । प्रवक्ता बाँस्कोटाले भन्नुभयो, ‘हामी विप्लव समूहलाई दश औँला जोडेर रातो कार्पेट ओछ्याएर बिन्ती गर्छौँ हिंसात्मक गतिविधि छोडेर वार्तामा आउनुहोस् ।’
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक गतिविधि गरेको भन्दै चन्द नेतृत्वकाे नकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य नै रहे पनि औचित्य भने नरहेको कार्कीले बताउनु भयो ।
एकातिर प्रतिबन्ध लगाउने भन्ने निर्णय गर्ने, अर्कोतिर वार्ताका लागि बोलाएको जस्तो गर्नु सरकारको द्वैध चरित्र भएको उहाँले बताउनु भयो । आफूहरूलाई प्रतिबन्ध लगाएर सरकारले जबर्जस्ती युद्धमा धकेल्न खोजेको उहाँको भनाई छ ।
‘हामीलाई कहिल्यै पनि वार्ताका लागि औपचारिक रुपमा सरकारले बोलाएको छैन’ पोलिटब्यूरो सदस्य कार्कीले भन्नुभयो, ‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर वार्ताका लागि औपचारिक पत्र पठाए जहिल्यै पनि वार्ता गरेर समस्या समाधान गर्न हामी तयार छौँ ।’
वार्ताका लागि बोलाएको भनेर बाहिर हल्ला गरिएको भए पनि पार्टीलाई पत्र लेखेर औपचारिक रुपमा वार्ताका लागि सरकारले कुनै पहल नगरेको पनि उहाँले बताउनु भयो ।
पार्टीले एकीकृत जनक्रान्तिको बाटो अंगालेर अघि बढेको भन्दै उहाँले स्वाधीन अर्थतन्त्रको विकास, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार जस्ता व्यवस्था स्थापित नहुँदासम्म आफ्नो पार्टी लडिरहने पनि उहाँले बताउनु भयो । यो राज्यसत्ता भंग गर्दै एकीकृत जनक्रान्तिमार्फत राज्यसत्ता स्थापित गर्ने अभियानमा आफूहरु अघि बढेको पनि कार्कीले बताउनु भयो ।
सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता लिएर वार्ताका लागि औपचारिक पत्र पठाए त्यसका लागि आफूहरु पनि तयार रहेको उहाँले बताउनु भयो । ‘हामी पनि देश सम्वृद्ध बनाउने अभियानमा नै छौँ, नागरिकले दुःख नपाउन् भन्नेमा नै छौँ,’ उहाँले भन्नुभयो, ‘तर त्यसका लागि सरकारले इमान्दार बनेर वार्ताको वातावरण तयार पार्नुपर्छ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HzYjH9 via IFTTT
काडमाडौं- गैरसरकारी संस्था महासंघ नेपाल, काठमाडौ शाखाको अध्यक्षमा प्रदीप डंगोल चयन भएका छन् । महासंघको नवौं अधिवेशनले डंगोललाई सर्वसम्बत निर्वाचित गरेको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा रत्न उप्रेती तथा सचिवमा राम भट्टराई चयन भएका छन् । बिहीबार सम्पन्न संस्थाको अधिवेशनले समितिको सहसचिवमा धनप्रसाद आचार्य, कोषाध्यक्षमा पम्फा परियारलाई चयन गरेको छ । सदस्यहरुमा चिरञ्जीवी अधिकारी, अन्जु बराल बिश्वकर्मा, बालकुमारी दर्लामी, तारा भण्डारी, दिनेश खतिवडा, निर्मल उप्रेती र पूर्वअध्यक्ष रञ्जु नापित चयन भएका छन् ।
नयाँ जिम्मेवारीलाई नतिजामुखी बनाएर काम गर्ने नवनिर्वाचित अध्यक्ष डंगोलले बताएका छन् । महासंघको काठमाडौं शाखाले सामाजिक संस्थाको सुदृढिकरण गर्दै अघि बढने योजना बनाएको नवनिर्वाचित सचिव राम भट्टराईले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HmG9cy via IFTTT