काठमाडौं – पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
अधिकारीका श्रीमती र तीन छोरी छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tMO3TS via IFTTT
काठमाडौं – संविधानमा नेपाली आमाबाट जन्मेर नेपालमै बसोबास गरेको व्यक्तिलाई पहिचान हुन नसके पनि वंशज नागरिकता दिने उल्लेख छ । व्यवहारमा भने पीडितहरुले अदालतको ढोका ढकढक्याउँदा पनि नेपाली नागरिक हुनुको निस्सा पाउन सकेका छैनन् । यही समस्यालाई समेटेर कान्तिपुर दैनिकले ‘संविधानमाथि प्रजिअ!’ शीर्षकमा मुख्य समाचार छापेको छ ।
त्यस्तै दार्चुलामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । जीप सडकबाट झण्डै ३ सय मिटर तल खस्दा जिपमा सवार सबैको मृत्यु भएको उल्लेख छ ।
विप्लवलाई हेर्ने दृष्टिकोण अस्पष्ट शीर्षकको अर्को समाचारमा ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि फागुन १० मा एक जनाको ज्यान जाने गरी गराइएको विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता पुष्टि भइसक्दा पनि प्रहरीले त्यसका शीर्ष नेताहरुलाई पक्राउ गर्न सकेको छैन् । गृहमन्त्रालयबाटै चासो नदेखाइएपछि प्रहरी विप्लव समूहका नेतालाई पक्राउ गर्न हच्किएको छ ।
त्यस्तै बीपी प्रतिस्ष्ठानमा अनियमितता बढेको पाइएको छ । उपकुलपति प्राध्यापक डा राजकुमार रौनियारलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । डेन्टल कलेजेहरुले अतिरिक्त शुल्क उठाउने गरेको, चीन सरकारको अनुदान र ऋण सहयोगमा प्रदेश २ र गण्डकी प्रदेशले मोडेल गाई फार्म सञ्चालन गर्ने तयारी गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T9S8As via IFTTT
काठमाडौं – राजधानीबाट आज(शनिबार) प्रकाशित प्रायः सबै दैनिक पत्रिकाले दार्चुलामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीमा अन्त्येष्टि गरिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले स्वरुप फेर्दै सिंहदरबार शीर्षकको समाचार मुख्य बनाएको छ । ११६ वर्षअघि ५० लाखको लागतमा १७ सय कोठे सिंहदरबार बनेको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रतमासमेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रका रुपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । यसलाई व्यवस्थित बनाउन र स्वरुप फेर्न सरकारले गृहकार्य थालेको छ ।
त्यस्तै ढुंगाले हानेर अर्धचेत पारी युवती बलात्कार गर्ने तीन अभियुक्तलाई १० वर्ष जेल शीर्षकको समाचारमा घटनाको १५ महिनापछि जिल्ला अदालतले गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरलाई १०–१० वर्षको जेल सजाय सुनाएको हो ।
२ मंसिर ०७४ को राति गोदाचौरकी २१ वर्षीया युवतीलाई उनीहरुले ढुंगाले हानी अर्धचेत अवस्थामा बलात्कार गरेको खुलासा भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UfG4Kv via IFTTT
काठमाडौं । पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ ।
अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको हो । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।
अधिकारीको उपचारमा डा.भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HbPyTh via IFTTT
काठमाण्डौ – राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले दुई देशबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । शुक्रबार काठमाण्डौमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो ।
राष्ट्रपति भण्डारीलेसनातन चिन्तनले सहिष्णुता, सह–अस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।
राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण गराउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2H9CxJO via IFTTT
काठमाडौं – यति एयरलाइन्स डोमेस्टिक प्रालिले शुक्रबार आफ्ना सबै उडान स्थगित गरेको छ ।
हेलिकोप्टर दुर्घटनामा दिवगंत भएका कम्पनीका प्रबन्ध निर्देशक आङ्ग छिरिङ्ग शेर्पाको सम्मानमा यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरका शुत्रबारका सबै उडान स्थगित गरिएको हो ।
प्रभावशाली पर्यटन उद्यमी शेर्पाको निधनको शोकमा उडान स्थगित गर्दा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।
यति र तारा एयरले काठमाडौंबाट भरतपुर, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमकोट, रारा, जुम्ला, डोल्पा, बाजुरा, साँफेबगर, सुर्खेत, चौरजहारी, रुकुम, जोमसोम, मनाङ, पोखरा, लुक्ला, फाप्लु, ताप्लेजुङ, रामेछाप, भोजपुर र तुम्लिङटारमा दैनिक उडान भर्दै आएका छन् ।
पर्यटन उद्यमी शेर्पाको बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2H6V5KR via IFTTT