काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको हो । आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनमाथि प्रश्न गर्न नदिएपछि कांग्रेसले सभामुख हुकुमी शैलीमा चल्न खोजेको आरोप लगाएको हो ।
कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए । तर सभामुख महराले अनुमति नदिएको भन्दै कांग्रेस सांसदहरुले रोष्ट्रम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
सदन स्थगित भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Qovu0R via IFTTT
काठमाडौं – नेपाली सेनाले भिभिआइपी (विशिष्ट) का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ। सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ। तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ। डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। बाँकी तीनमा एउटा अगस्टा र दुइटा बेल रहेको सेनाले जनाएको छ।
विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेसअन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ। ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरूका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरूको उडानमा प्रयोग हुनेछन्। सेनाले हेलिकोप्टर प्राकृतिक विपत्तिका बेला पनि प्रयोग गर्न सकिने जनाएको छ। ‘यी हेलिकोप्टर विशिष्टको उडानका लागि हुन् तर विपद्का बेला पनि प्रयोग गर्न सकिन्छ,’ सैनिक स्रोतले भन्यो।
सेनाले दीर्घकालीन हवाई योजनाअन्तर्गत अहिले रहेका एयर क्राफ्टको संख्या दोब्बर बढाउने तयारी गरेको छ। हाल सेनासँग दुइटा फिक्स विङ र १२ हेलिकोप्टरसहित १४ वटा एयर क्राफ्ट छन्। सेनाले एयरक्राफ्टको संख्या ३१ पुर्याउने लक्ष्य राखेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VwBHMg via IFTTT
काठमाडौं – दीपक मनाङेको नामले चिनिने राजिव गुरुङलाई प्रदेश सांसदको सपथ ग्रहण गराउने नगराउनेबारे आज छलफल हुँदैछ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यसबारेमा कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्न लाग्नुभएको हो । गुरुङले सपथ गराइपाउँ भनेर निवेदन दिएपछि सभामुख अधिकारीले के गर्ने भन्ने बारेमा समितिको राय लिन लाग्नुभएको हो । सभामुख अधिकारीले यसअघिकै बैठकमा राय माग गरे पनि राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिका सांसद अनुपस्थित भएकाले आजको बैठकमा सबै दलले राय दिने कांग्रेस सांसद कुमार खड्काले जानकारी दिनुभयो ।
सपथ गराउने नगराउने भन्ने विषयमा सभामुखको निर्णय नै अन्तिम हुने भए पनि निर्णय गर्नुअघि सभामुख अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलको सुझाव लिन लाग्नुभएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
पुनरावेदन अदालतले पाँच वर्षको सजाय तोकेर जेलमा रहेका बेला सर्वोच्चको आदेशमा धरौटीमा छुटेका गुरुङले सपथ गराइपाउँ भन्ने निवेदन दिएपछि सपथ गराउनेबारे अन्योल बढेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Qntk1G via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्याएर बोल्न र काम गर्न निर्देशन दिएका हुन् ।
वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएपछि ओली गम्भिर देखिएको एक मन्त्रीले बताए । यसरी हचुवाका भरमा उपसमितिले अध्यन गर्ने अनुमान आफूले नगरेको प्रधानमन्त्रीको आशय थियो ।
प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने-अहिले हाम्रोविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको छ । कुनै गल्ती नै नगरे पनि कहाँबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LQZodC via IFTTT
काठमाण्डौँ । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिको प्रतिवेदनलाई लिएर लेखा समितिमै विवाद देखिएको छ ।
नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वका गठित उपसमितिले समितिमा पेश गरेको प्रतिवेदन निष्पक्ष नभएको, अपूर्ण रहेको र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको भन्दै नेकपाका सांसदले आपत्ति जनाएका हुन् ।
मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उपसमितिको प्रतिवेदनलाई पूर्णता दिएर पारित गर्नुपर्ने बताएको छ । शुक्रवार बसेको समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू प्रतिवेदनको आलोचना र बचाउमा लागेका हुन् ।
नेकपा सांसदले प्रतिवेदन हुबहु पारित गर्न नसकिने बताए भने कांग्रेस सांसदले समिति पछि हट्न नहुने बताए । नेकपा सांसदहरूले सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोग र संसदकै अर्को समितिको प्रतिवेदन कुर्नुपर्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2F8eiLQ via IFTTT
हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ ।
बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।
अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।
बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2F6ntg2 via IFTTT