नेकपा सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ का तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङका जनताालाई प्रदेशको राजधानी पुग्न दुई दिन लाग्ने गरेको भन्दै घुर्मी चतरा सडक अबिलम्व पूरा गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा सुनुवारले प्रदेश राजधानी जाने बाटो बनाउन माग गरेका हुन् ।
उनले संसद्का कर्मचारीको आन्दोलनका कारण हो कि भन्दै प्रश्न गरे, ‘कर्मचारी आन्दोलनको असर हो कि शौचालयमा पानी छैन । फागुन चैतमा तातो हुने संसद्को बैठकमा चिसो छ । सांसदहरू बस्ने कुर्सी यूकेजीका विद्यार्थी अट्ने खालको छ, यो के भएको हो ?’
संसद् भवनमा भर्खरै नयाँ कुर्सी थपिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AsMUo5 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
बिहान १२ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सम्बोधनमा उहाँले प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय, सरकारका काम कारबाही र केही दिनअघि संसदमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने तयारी रहेको संयोजक अधिकारीले बताउनुभयो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले वाइडबडी विमानको खरिदमा भ्रष्टाचार भएको विषयमा पनि बोल्ने तयारी गर्नुभएको छ । यसबारेमा लेखा समितिले आधिकारिक निर्णय बाँकी नै रहेकाले सरकारले अहिल्यै छानबिन नगर्ने तर लेखा समितिले पनि भ्रष्टाचार भएको ठहर गरेमा जरैदेखि त्यसको अनुसन्धान गर्ने मनस्थिति बनाउनुभएको उहाँका सल्लाहकारहरुले जनाएका छन् ।
सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी विमान खरिदमा ३ अर्ब ३४ करोड रुपैया भ्रष्टाचार भएको ठहर गर्दै बहालवाला मन्त्री सचिवलगायतलाई कारबाही गर्न सुझाव दिएको छ ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक र परमाणिक विधेयकमा छलफल गर्ने तयारी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VrU0lr via IFTTT
काठमाण्डौँ । कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्दैछन् ।
केन्द्रीय कारागार डिल्लीबजारमा थुनामा रहेका चौधरीलाई सिंहदरबारस्थित संसद् सचिवालयमा लगेर शपथ ग्रहण गराउने तयारी भएको हो । सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा शपथ खुवाएपछि चौधरी संसद् बैठकमा सहभागी हुन पाउने कि नपाउने भन्ने विषयमा अन्योल देखिएको छ ।
संसद् सचिवालय स्रोतका अनुसार शपथ लगत्तै चौधरीलाई पुन: कारागार लगिने छ । तर त्यसका लागि उनलाई सभामुखले तत्काल निलम्बन गर्नुपर्ने हुन्छ ।
‘चौधरी पहिले सर्वसाधारणको रूपमा थुनामा थिए, अब निलम्बित सांसदको रूपमा थुनामा रहन्छन्,’ स्रोतले भन्यो ।
राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।
चौधरी गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BUIS7T via IFTTT
काठमाण्डौँ । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितअन्तर्गत गठित छानबिन उपसमितिले बहालवाला मन्त्री र दुई पूर्वमन्त्री समेतलाई कारवाहीको सिफारिस गरेको छ ।
अनियमिततामा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा पूर्वमन्त्रीद्वय जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीको संलग्नता देखिएको उपसमितिको ठहर छ ।
‘महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा विमान खरिद प्रक्रिया कानूनसम्मत् नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानबिन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको तथा समितिमा आएर महालेखासँगको परामर्शमा रकम भुक्तानी दिएको भनी ढाँटेको उपसमितिको ठहर छ ।
‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानूनबमोजिम कारवाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछौं,’ प्रतिवेदनमा भनिएको छ ।
नेपाली कांग्रेसका सांसद् राजेन्द्र केसी संयोजकत्वको उपसमितिले बुधवार समितिमा बुझाएको ५२ पेज लामो प्रतिवेदनमा पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कारवाहीको सिफारिस गरेको छ । दुवैले अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको भन्दै उपसमितिले उनीहरूलाई पनि कानूनसम्मत् कारवाहीका लागि निर्देशन दिन सिफारिस गरेको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर्याइएको प्रतिवेदनमा विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BU2bOx via IFTTT
झापा । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।
काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परि बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । त्यही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।
त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताउनुभयो ।
वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SxwbHl via IFTTT
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश राणाले बुधवार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
संसदीय सुनुवाई विशेष समितिले मंगलवार राणाको नाम नेपालको भावी प्रधानन्यायाधीशका लागि सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।
२०५२ सालमा पुनरावेदन अदालतको न्यायाधीशका रुपमा सेवा प्रवेश गरेका राणा झन्डै ४ वर्षसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहनेछन् ।
२८ मंसिर २०१४ सालमा जन्मिएका राणा ६५ वर्षे उमेरहद पूरा गरेर २८ मंसिर २०७९ मा सेवानिवृत्त हुनेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2F2kqVg via IFTTT
रसुवा,। भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ ।
प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुने छ । सामान जाँच स्थलदेखि टिमुरेको घट्टेखोलासम्म सीसी क्यामरा जडान गरी कार्यालय परिसरबाट थप निगरानी थालिएको हो ।
दैनिक सयौंको सङ्ख्यामा मालवाहक सवारीसाधन र मानव चापका कारण सम्भावित चुहावट रोकी भन्सारलाई सुधारोन्मुख गर्न मद्दत पुग्ने अधिकृत खड्काले बताए । राजश्व गस्ती तथा भन्सार सुरक्षा मजबुत पार्न सशस्त्र प्रहरी गुल्मको व्यवस्थाले सुरक्षामा थप मजबुत हुँदै गएको छ । चीनबाट आयात भएको सामग्री सरकारी मापदण्डअनुरूप छिटो छरितो परीक्षण गराउन आलोपालो हिसाबले ३० जाँचकी परिचालन गरिएको छ । रासस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QkRn1m via IFTTT