पुस ३, डिसेम्बर १८ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउने गरिएको छ ।
यो दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा गर्दै सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराउँदै आएका छन् ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरेका छन् ।
“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ,” उनले सन्देशमा भनेका छन्, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”
बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EtDUlu via IFTTT
पुस ३, समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै सोमबार देशभरका स्थानीय तहको कामकाज ठप्प पारे ।
कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
उनले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए । उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए ।
अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । उनका अनुसार मंगलबारदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A46mqR via IFTTT
पुस ३, प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र समशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
संवैधानिक प्रावधानअनुसार, प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि उजुरी आह्वान गरेको हो ।
समितिले राणा प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य नरहेको कुनै कारण भए स्पष्ट आधारसहित उजुरी गर्न सबैमा आग्रह गरेको छ । उ
उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न आह्वान गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LlWuxl via IFTTT
पुस ३, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा मेलञ्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने दाबी गरेका थिए । ०४१ सालबाटै अध्ययन सुरु भएको भएपनि भट्टराईको भाषण पनि मेलम्चीलाई काठमाडौंमा पानीको अभाव टार्ने ‘अचूक उपाय’ का रुपमा लिन थालियो ।
तर, मेलम्चीको पानी अझै आएको छैन, सीएमसीको पछिल्लो कदमले थप अन्योल सिर्जना गरेको छ । सीएमसी भागेपछि अब के गर्ने ? सरकारले निर्णय गर्न बाँकी छ । पूर्वसचिव किशोर थापा भने ठेकदार भागे पनि विदेशी कन्सलट्यान्ट नेपाल सरकार र एडीबीको सम्पर्कमै रहेकाले बाँकी काम अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्छन् ।
थापाले अनलाइनखबरसँग भने, ‘विदेशी कन्सलट्यान्टसँग कुराकानी गरेर सीएमसीका लोकल कन्ट्राक्टरमार्फत काम गराउन सकिन्छ । यो आयोजनालाई जसरी पनि पूरा गर्नुपर्छ ।’
यसका लागि आयोजनास्तरबाट पहल नपुगे खानेपानी मन्त्रालय र सरकारले आफैंले पनि अग्रसरता देखाउनुपर्ने पूर्वसचिव थापाको सुझाव छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rI5LXl via IFTTT
पुस ३, सरकारले सार्वजनिक यातायात क्षेत्रको अराजकता बिर्सिएर सिण्डिकेटकै पक्षमा एक पछि अर्को निर्णय गर्न थाले पनि आम उपभोक्ता निरास छन् ।
मन्त्रिपरिषदको ५ वैशाखको निर्णय अनुसार साउन १ गतेदेखि देशभरका यातायात समितिहरु भंग हुनुपथ्र्यो । कम्पनीमा नगएकाहरुको रुट इजाजत खारेज हुनुपथ्र्यो । तर, सरकारले कम्पनीमा जाने म्याद पटक-पटक थपेर सिन्डिकेटलाई टाउको उठाउन दिएको छ ।
सरकारले सिन्डिकेट अन्त्यपछि गर्नुपर्ने काम पनि रोकेर राखेपछि यातायात व्यवसायीहरुको मनलाग्दी मौलाउँदो छ । बसपार्कहरुको व्यवस्थापन, रुट अध्ययन, ई-टिकेटिङ, राजमार्ग अनुसार गाडी संख्या निर्धारण, दुर्घटना वीमा, क्षतिपूर्ति, समितिहरुका सम्पत्तिबारे निर्णय लगायत सबै विषयलाई अन्योलमा छाडेको छ ।
यातायात व्यवसायीहरुसँग २४ वैशाखमा भएको सहमति अनुसार अध्ययन कार्यदल गठन गरेर लिएको सुझावलाई पनि सरकारले कतै थन्क्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवप्रसाद शर्मा नेतृत्वको कार्यदलको प्रतिवेदनमा के-के सुझाव छ, त्यो पनि बाहिर ल्याउन चाहेको छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UTj58M via IFTTT
पुस ३, त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’
ओलीले लेखेका छन् ।
त्यसै गरी राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।
मंगलबार थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ-निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’
‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PLc1az via IFTTT
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।
आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।
०६१ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2URbIyu via IFTTT