प्रदेशको स्थायी राजधानीका बारेमा आफुहरुको भन्दा फरक बिचार आएको भन्र्दै सुदुरपश्चिममा विभिन्न प्रत्रपत्रिका जलाइएको छ । काठमाण्डौंमा प्रमुख प्रकाशन गृह रहेका राष्ट्रिय स्तरका पत्रिकाहरु जलाइएको हो । कैलालीको अत्तरियामा कान्तिपुर, अन्नपूर्ण पोस्ट् लगायतका दैनिक पत्रिका जलाइएको हो । नेपालगन्जवाट सुदूरपश्चिम प्रदेशका लागि पठाइएको पत्रिका अत्तरियामा ९÷१० जनाको समूहका युवाहरुले आगो लगाएर जलाएका हुन् । अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेताहरुले बताएका छन् । उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो ।
गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भइरहेको छ । ति पत्रिकामा आन्दोलन सम्बन्धि समाचार प्रकाशन भएको थियो । स्थायी राजधानीको विरोधमा समाचार आएको भन्दै ति समुहले पत्रिका जलाएका हुन् । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक लगायतका पत्रिका जलाएका हुन् । अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेताहरुले बताएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P1N7no via IFTTT
काठमाडौं । प्रहरी प्रधान कार्यालयले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ। प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आव्हान गरेको छ। त्यस्तै भान्सेका लागि ३२० जनाको दरखास्त आव्हान गरिएको छ। १५ जना हजाम, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जना र खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएको छ।
प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ। त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ। दरखास्त दिन असोज अठार गतेदेखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xWM5me via IFTTT
काठमाडौँ । सन् २०२० का लागि डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन खुला गरेको छ।नेपालस्थित अमेरिकी दूताबासका अनुसार आज असोज १७ देखि आवेदन खुल्ने भएकोले नेपाली समयअनुसार राति ९:४५ बजेबाट भर्न सकिने छ । भने कात्तिकको २० गते राति १०ः४५ बजे बन्द हुनेछ। यसपटक भरिने डीभी चिट्ठाको छनोटको नतिजा ७ मे २०१९ देखि हेर्न पाइने बुझिएको छ। डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन ।डीभी चिट्ठामा सहभागी चाहनेहरुले http://bit.ly/2dpO4Dj मा गई इलेक्ट्रोनिक डाइभर्सिटी डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्ना सक्नेछन्।डिभी भरिसकेपछि आवेदकले आफ्नो कम्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ। कम्फर्मेसन नम्बरकै आधारमा डिभी चिट्ठाको फैसला हुने गर्छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RmeASv via IFTTT
युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ ।
यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको कामको प्रशंसनीय छ ।”
प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताउनुभयो । राष्ट्र सङ्घको महासभाको ७३ औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान विश्व सफलता र असफलता, प्रगति र दुर्गति एवं आशा तथा निराशा सबैको समायोजन भएको बताउँदै विश्वले आकर्षक आर्थिक प्रगति र असाधारण प्राविधिक प्रगति हासिल गरे पनि ती फाइदा न्यायोचित रूपमा सबैले प्राप्त नगरेको, अमानवीयता तथा गरीबी अझै विद्यमान भएको र समाज तथा मुलुकबीच असमानता अझै बढ्दो रहेको उदाहरण दिनुभयो । उहाँले हजारौँ जनताको ज्यान गृहयुद्धका कारण गुमेको र आतङ्कले विश्वको सबै भागमा अझै चुनौती दिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताउँदै व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ पहिले मानिसको दिमागमा नै शान्ति जगाउनुपर्छ, त्यो नै शान्तिका लागि नभई नहुने कुरा हो ।”
प्रधानमन्त्री ओलीले मानव मस्तिष्कको उपयोग पूर्ण रूपमा भइनसकेको र लाखौँ व्यक्ति पछाडि परेको उल्लेख गर्दै उनीहरूलाई शिक्षा दिलाएर प्रगति गराउन सकिने भएकाले त्यसैमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सम्झना शक्ति, सिर्जनशीलता तथा कल्पनाशीलता मानव मस्तिष्कका दुई ठूला पक्ष भएको बताउँदै पछि परेका मानव समुदायले पूर्णता प्राप्त नगरेसम्म कुनै एक पक्षको प्रगति र समृद्धि दिगो नहुने विचार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले शिक्षाले सकारात्मक दृष्टिकोण दिनुपर्ने, नयाँ क्षितिज खोल्नुपर्ने तथा समाज र मुलुकको विकासमा सघाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘‘ शिक्षाले समृद्धि दिन्छ, समृद्ध व्यक्तिले परिवारलाई समृद्ध बनाउँछ, समृद्ध परिवारले समाज विकास गर्न सघाउँछ । समृद्ध समाजले नै मुलुक बनाउँछ र त्यसले मानवताको विश्वव्यापीस्तरमा समझदारी राख्न सिकाउँछ ।’’ उहाँले व्यक्तिगतस्तरमा समाजको सर्वोपरि भलाइसँगै स्वतन्त्रता नै शान्तिको जग भएको बताउँदै राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा तर्कपूर्ण शक्ति बाँडफाँटले दिगो शान्तिमा सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । “आर्थिक जगत्मा हुने र नहुनेबीचको भिन्नता तथा शोषणयुक्त आर्थिक अवस्था अन्त्य हुनुपर्छ । रोजगारीविहीनता अन्त्य हुनुपर्छ । आधारभूत तथा न्यायोचित मानवीय जैविक आवश्यकता पूर्ति हुनुपर्छ’’, उहाँले भन्नुभयो ।
शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र सङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५÷५५ बाट स्थापना भएको हो । सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ । सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ ।
प्रधानमन्त्री ओली आज सेन्ट्रल भ्यालीस्थित विश्वविद्यालयको राद्रिगो काराजो क्याम्पसमा आइपुग्दा उहाँलाई रेक्टर फ्रान्सिस्को रोजास आराभेनाले स्वागत गर्नुभएको थियो । रेक्टर आराभेनाले नेपाल र कोस्टारिकाबीच रहेका भिन्नता र समानताबारे बताउँदै शान्ति विश्वविद्यालयका क्रियाकलापका विषयमा जानकारी दिनुभयो ।
विश्वविद्यालयका शैक्षिक निर्देशक तथा अन्तर्राष्ट्रिय कानून विभागका प्रमुख डा मिहिर कनाडेले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नाको कारणबारे जानकारी दिनुभएको थियो ।
यसैगरी कोस्टारिकाका विदेश मामिला उपमन्त्री लोरेना अगुइलरले नेपालमा शान्ति र प्रजातन्त्र स्थापनाका लागि प्रधानमन्त्री ओलीले निर्वाह गर्नुुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो । कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकपछि जनताबीच सम्बन्ध स्थापना हुन थालेको बताउनुभयो ।
समारोहपछि रेक्टर आराभेनाले प्रधानमन्त्री ओलीको सम्मानमा विश्वविद्यालयको ‘रिक्रियटिभ पार्क’ मा दिवाभोजको आयोजना गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो । रासस /विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NZKA0A via IFTTT
काठमाडाै : दसैँका गाडीले पालो कुर्नु नपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो ।यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलले दसैँको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति निकालेको हो । विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैँको चापलाई लक्षित गरी पालो नबस्नुपर्ने व्यवस्था गरिएको हो ।हरेक वर्ष दसैँमा व्यवसायीले पाँच सयभन्दा बढी बस थप्दै आएका थिए । तर, यसपटक सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि यातायात क्षेत्रमा अन्योल थपिएकाले नयाँ बस नथपेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । साझाको टिकट बुकिङ २१ असोजदेखि – साझा यातायातले २१ असोजदेखि फूलपातीसम्म टिकट बुकिङ खोल्ने जनाएको छ । साझा यातायातले १८ गतेबाट बाग्लुङ र भैरहवामा नाइटबस पनि सञ्चालन गर्न लागेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NhoeCn via IFTTT
काठमाडौं । राजधानी आउजाउ गर्ने प्रमुख नाका थानकोट–पीपलामोड सडक खण्डमा सात दिनका लागि राति यातायात सेवा बन्द हुने छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको खानीखोलादेखि नागढुंगासम्मको बाटो मर्मतका लागि पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सो सडक खण्डमा मर्मत सम्भार को काम शुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालबाहक गाडी बन्द गरिएको जनाएको छ । करीब १५ किलोमिटरको सो सडकखण्डमा खाल्डाखुल्डी पुर्ने तथा सो सडक खण्डमा असोज २२ सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xR4kt0 via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xQWQWZ via IFTTT