काठमाडौँ । काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् ।
नेता पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न तथा देशको समृद्धिका लागि यो निर्वाचन ऐतिहासिक भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा बिहान सात बजे मतदान गरेका छन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको, देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।
गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार (एमाले नेता) प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मोरङ ६ का उम्मेदवार (कांग्रेसका नेता) शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट बिहान सात बजे मतदान गरेका छन् ।
इलाम २ मा वामगठबन्धनका उम्मेदवार सुवास नेम्वाङले सात बजे मतदान गरेका छन् । बालमन्दिर केन्द्रबाट नेम्वाङले मतदान गरेका हुन् ।
महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्राबिमा मतदान गरेका छन्
राजपा नेता अनिल झाले रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन ।
नवलपरासी (पश्चिम)को केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट हृदयेश त्रिपाठीले मतदान गरेका छन् ।
तुलसीपुर उपमहानगर १९ बाट एमाले नेता शंकर पोखरेलले मतदान गरेका छन् ।
अर्घाखाँचीको रासीचौर मतदान केन्द्रबाट टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BR3cGy via IFTTT
काठमाडौँ । नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् ।
तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व हुनेछन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेका मतका आधारमा दलहरुको हैसियत निर्धारण हुँदैछ ।
अवको संदमा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।, आजकोनागरिकमा भाषा शर्माले यो खबर लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nwae0d via IFTTT
काठमाडौं । निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ ।
मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्छ । मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छौँ ।’
स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ ।दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार मतदान हुँदै छ । यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको चुनाव भएको थियो ।
दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ ।आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ । उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।
पहिलो चरणमा चुनाव भएका क्षेत्रको मतगणना बिहीबार दिउँसोबाट सुरु गर्ने आयोगको तयारी छ । दोस्रो चरणमा बिहीबार ४५ जिल्लाका १५ हजार ३४४ केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jhFQBW via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना गरी सक्ने व्यवस्था मिलाएको छ ।
मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सानो र छरितो मतपत्र भएकाले मतगणना निकै छिटो ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उपलब्ध स्रोत साधनबाट सम्भव हुने अवस्थामा मतगणना स्थलमा सीसीटिभी जडान गर्ने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ । मतगणना प्रतिनिधिलाई प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार परिचयपत्र उपलब्ध गराउँदा मतगणना प्रतिनिधिको फोटो अनिवार्यरूपमा टाँसेर मात्र उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ ।
दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य शुरु हुनेछ । दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मात्र मतगणना शुरु हुने निर्वाचन आयुक्त पौड्यालले जानकारी दिनुभयो ।
उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी वा मतगणनास्थलमा प्रवेश पाउने कुनै व्यक्तिलाई मतगणनास्थलमा प्रवेश गर्न दिनुअघि अनिवार्यरूपमा सुरक्षा जाँच गरेरमात्र प्रवेश दिने व्यवस्था गर्न आयोगले मुख्य निर्वाचन, अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई भनेको छ ।
मतगणनास्थलमा उपस्थित उम्मेदवार÷निर्वाचन प्रतिनिधि÷मतगणना प्रतिनिधिले मतगणनाको क्रममा कुनै पनि हालतमा मतपत्र छुन नपाउने÷नसक्ने गरी छेकवार राख्ने र उपरोक्त व्यक्तिले मतपत्र छुन नपाउने गरी उच्च सुरक्षा प्रबन्ध मिलाइने आयुक्त पौड्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षकलाई मतगणनाको पर्यवेक्षण गर्न दिँदा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतले निश्चित समय, स्थान र अवधि तोकी पर्यवेक्षण गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले मातहतका निकायलाई भनेको छ ।
मतगणना र सोको अद्यावधिक परिणाम राजनीतिक दल, उम्मेदवार, आमनागरिक, मतदाता एवं सञ्चारकर्मीसमेतको चासोको विषय हुने भएकाले आवश्यकताअनुसार समय–समयमा मतगणनाको अद्यावधिक परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिइसकेको जनाएको छ ।
मतगणनासम्बन्धी समाचार संकलन, सम्प्रेषणका लागि मतगणनाको दृश्य खिच्न चाहने सञ्चारकर्मीलाई मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्था कायम गर्न बाधा नपर्ने गरी मतगणनास्थलको निश्चित दूरीबाट मतगणनाको दृश्य खिच्न सक्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मंसिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।
आयोगका अनुसार, दोस्रो चरणको निर्वाचनको मतदान केन्द्रित तयारीका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सबै मतदान केन्द्रमा पुगिसकेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jQYLTS via IFTTT
काठमाडौं / राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।
कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन् । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो ।
‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउनेबित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर गरेर साखुल्ले बन्न खोज्ने प्रवृत्ति पनि छ,’ स्रोत भन्छ, ‘यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ ।’ सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iiHsdU via IFTTT
काठमाडौँ / संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरकारको भूमिकाका कारण स्थानीय सरकार अझै सक्रिय हुन नसकेको बताएको छ ।
निर्वाचनबाट जनप्रतिनिधि आएको सात महिना बितिसक्दा पनि आवश्यक संख्यामा जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्थानीय तह कमजोर बनेको मन्त्रालयको भनाइ छ । स्थानीय तहले अहिलेसम्म न्यूनतम संख्यामा कर्मचारीसमेत नपाएको, बजेट खर्च गर्न नसकेको र संगठन संरचना बन्न नसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव दिनेश थपलियाले संविधानले परिकल्पना गरेअनुसार स्थानीय तहले अधिकार प्रयोग गर्न नसक्नुमा केन्द्रीय सरकारकै भूमिका रहेको बताए । जसका कारण अहिलेसम्म स्थानीय तहको संगठन संरचनासमेत बन्न नसकेको र दयनीय बन्दै गएको उनको भनाइ छ ।
स्थानीय तहको संगठन संरचना बन्न नसक्दा भएका कर्मचारीलाई समेत काममा लगाउन अप्ठेरो भएको थपलियाले बताए ।
‘अहिलेसम्म स्थानीय तहको संगठन संरचना कस्तो हुन्छ, कुन–कुन शाखा रहन्छ भन्ने नै निश्चित छैन,’ उनले भने, ‘विषयगत कार्यालयबाट गएका केही कर्मचारी पनि कोप्रति उत्तरदायी भएर के काम गर्ने हो भन्ने नै भएन । स्थानीय तहले पनि कर्मचारीलाई कसरी काम लगाउने भनी निर्णय गर्न सकेको छैन ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iR0cFo via IFTTT
१८ मंसिर, नयाँ दिल्ली । भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशी कपूरको सोमबार निधन भएको छ । उनी ७९ बर्षका थिए ।
सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशी कपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए ।
शशी कपूरको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
शशी कपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए ।
भारतीय सिने जगतमा उल्लेख्य योगदान पु-याएका कपूर वंशमा जन्मिएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा थिए । उनको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र एक छोरी छन ।
The post भारतीय प्रसिद्ध अभिनेता शशी कपूरको निधन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2zLpgke
via IFTTT