काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यलयको भवन शिलान्यास गरेकी छन्। महालेखा कार्यलयले अनामनगर वैद्यखानामा १० रोपनी १३ आना जग्गामा निर्माण गर्न थालिएको भवनको सोमबार धार्मिक विधिअनुसार पूजाआजा गरी राष्ट्रपति भण्डारीले शिलन्यास गरेकी हुन्। जमिनमुनि २ र माथि ७ तला निर्माण गर्न थालिएको यो भवन निर्माणको लागि लुम्बिनी गौरी पार्वतीरशान्ति जेभी कन्ट्रक्सनले १६ महिनाअघि निर्माण ठेक्का लिएको थियो। १६ महिनाअघि तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएता पनि कार्य सुचारु भएको भने ६ महिना भएको छ। अबको १८ महिनाभित्रमा सबै काम सम्पन्न गर्नको लागि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले आग्रह गरेका छन्। उनले संवैधानिक निकायको भवन समयमै निर्माण गरेर विश्वसनीयता बढाउनको लागि आग्रह गरे। भूकम्प प्रतिरोधात्मक यो भवनको ग्राउन्डको दुई तलमा व्यवस्थित पार्किङ राखिने महालेखा परीक्षकको कार्यलयले जनाएको छ। जसअनुसार अन्डर ग्राउन्ड पहिलोमा मोटरसाइकल र अन्डर ग्राउन्ड दोस्रोमा कार पार्किङ गरिनेछ भवन निर्माणको लागत ५४ करोड २२ लाख रुपैयाँ तोकिएको छ। सोमबार भवन शिलान्यास कार्यक्रममा संवैधानिक निकायका प्रमुख तथा नेपाल सरकारका सचिवहरुको उपस्थिति थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iig67T via IFTTT
काठमाडौं । काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् ।
बिस्फोटमा थापासहित ७ जना सामान्य घाइते भएका छन् भने अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरु
कांग्रेस नेता थापासहित २७ वर्षीय जयराज लामिछाने, ३५ वर्षीय राजकाजी श्रेष्ठ, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ३२ वर्षीय रेणु बडुवाल, ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४४ वर्षीय रवीन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ तथा ५२ वर्षीय परशुराम थापा घाइते भएका छन् ।
घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताए ।
‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बचेँ । अरु साथीहरु पर्नुभयो ।’थापाले भने
विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए ।
थापाका प्रतिस्पर्धी राजन भट्टराई शिक्षण अस्पताल पुगे तर गगनलाई भेट्न पाएनन्
यता ,गगन थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै चुनावी प्रतिस्पर्धी एमाले उम्मेदवार राजन भट्टराई शिक्षण अस्पताल पुगे। तर, गगनलाई भेट्न पाएनन् ।
त्यहाँ जम्मा भएको भिडले धकेलाधकेल गरेको र आफ्नो सहयोगीलाई दुव्र्यवहार गरेको उनले बताए ।
भट्टराईले भने, ‘घटनाको खबर थाहा पाए लगतै अस्पताल पुगेका थिए । तर, भिडले इमर्जेन्सीमा जान दिएन, धकेला धकेल गरेर पठायो ।’
बाहिर निस्कने क्रममा भिडले नाराबाजी गर्दै दुव्र्यवहार समेत गरेको भट्टराईले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jMYTnk via IFTTT
काठमाडौं । चितवनको माडीमा भएको सभामा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामाले पूर्वप्रभानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि भोट मागेका छन् । ‘म पनि पाण्डेजस्तै ठेकेदार हुँ, देशको विकास गर्न पाण्डे होइन, प्रचण्ड चाहिन्छ,’ लामाले भने, ‘विक्रम पाण्डे ठेकेदार हुन्, नेतृत्व लिन सक्दैनन् ।’
आजको नयाँ पत्रिकामा खबर छ९दुई धु्रवमा बाँडिएको गठबन्धनमध्ये आफूले देशको आवश्यकताअनुसार वाम गठबन्धन रोजेको र प्रचारमा लागेको उनले बताए । सो अवसरमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य विनीता सिंह ठकुरी, राप्रपा प्रजातान्त्रिकनिकट दलित संगठनका जिल्ला सदस्य दिलीप विक, कांगे्रस क्षेत्रीय समिति सदस्य प्रमोद पोखरेललगायत वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jJEcbT via IFTTT
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन् ।
यीमध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यकाभित्रका कार्यक्रममा सहभागी हुँदै छन् ।
देउवा सोमबार दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए ।
के
ही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली(कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए । उनले यहीबीच डोटी र अछामका कार्यक्रम पनि भ्याएको खाँणले बताए ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2khO5RT via IFTTT
काठमाडौँ । चीनले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको ठेक्का रद्द गरिएको प्रति असन्तुष्टि प्रकट गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित एक लेखमा चिनियाँ कम्पनीले बुढीगण्डकी परियोजना निर्माण गर्न पाएको ठेक्का रद्द गर्ने नेपाल सरकारको निर्णयप्रति रोष व्यक्त गरिएको छ।
लेखमा नेपाली कांग्रेससमेत सहभागी रहेको पूर्ववर्ती दाहाल सरकारले बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय गरे पनि कांग्रेसकै नेतृत्वमा रहेको वर्तमान देउवा सरकारले उक्त ठेक्का रद्द गर्नु चीनप्रतिको ‘अमैत्रीपूर्ण प्रवृत्ति’ तथा चिनियाँ व्यापारिक कम्पनीको वैधानिक अधिकार कुठाराघातका रुपमा लिइएको छ। ‘यो निर्णयबाट देउवा भारतसँग अझै बढी नजिकिन चाहेको समेत यसले देखाउँछ’, चीनस्थित नेपाल विज्ञसमेत विज्ञ झाङ सुविन ग्लोबल टाइम्समा प्रकाशित उक्त लेखमा भन्छन् ।
नेपाल सरकारकै आग्रहमा बुढीगण्डकी परियोजनालाई बेल्ट एन्ड रोड अवधारणा अन्र्तगत चीनले समावेश गरिसकेको सन्दर्भमा देउवा सरकारले लिएको यस्तो निर्णयप्रति लेखमा तीव्र असन्तुष्टि जनाइएको छ। नेपालमा लगानी गरिरहेका चिनियाँं कम्पनीको वैधानिक अधिकार हक सुनिश्चितताका लागि भए पनि चीन सरकारले नेपाल सरकारसँग बुढीगण्डकी परियोजना ठेक्का रद्दबारे सोध्नुपर्ने उक्त लेखमा चीन सरकारलाई सुझाइएको छ। चुनावकै मुखमा बुढीगण्डकीको ठेक्का रद्द गर्ने देउवा सरकारको निर्णयप्रति चीनको सरकार मुखपत्रमार्फत् व्यक्त भएको रोषबारे बिभिन्न टिकाटिप्पणी भइरहेका छन्।
गत नोभेम्बर १४ मा सरकारले बुढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै चिनियाँ राजदूत यु होङले ऊर्जामन्त्री कमल थापा र अर्थसचिव शंकर अधिकारीसँग भेटी बुढीगण्डकीको ठेक्का रद्द भएकोप्रति कुटनीतिक शैलीमा असन्तुष्टि जनाएकी थिइन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A0z9P6 via IFTTT
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बेठीक गर्ने तत्वलाई ठीक पर्ने चेतावनी दिएका छन् । उनले राजाले गल्ती गरेकैले गर्दा टिपेर मिल्काई दिएको बताउँदै अरुले गल्ती गरेमा टिपेर मिल्काउन गाह्रो नभएको बताए ।
‘राजतन्त्रलाई उखेलेर मिल्काई दियौं,’ अध्यक्ष ओलीले शनिबार सुनसरी क्षेत्र नं ३ स्तरीय चुनाबी सभालाई सम्बोधन गदै कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कांग्रेसलाई यसपटक सानो–सानो बट्टामा राख्दैछौं ।’ कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भएको दोहो¥याए ।
‘कांग्रेले अब बहुमत पनि ल्याउन सक्दैन सरकार पनि बनाउन सक्दैन,’ उनले जिकिर गरे, ‘लोकतन्त्रलाई संस्थागत विकास गर्ने काम अब एमाले र माओवादीको हो ।’ उनले दरबार बुझाउनेले लोकतन्त्रको पाठ सिकाउनुको औचित्य नभएको बताए ।
‘२०४६ सालको जनआन्दोलनमा लण्डनका गल्लीमा हुनेले लोकतन्त्र सिकाउने,’ ओलीले प्रश्न गरे । उनले राजनीति देश विकासको निम्ति हुनुपर्ने बताए । ‘राजनीति गरिबी र अस्थीरता हटाउन हो । बेइमानी गर्न, आफन्त र परिवारका सदस्यलाई अघि बढाउन होइन,’ उनले भने ।
नेता ओलीले प्रहरी–प्रशासनलाई संविधान र कानुन अनुसार चल्न आग्रह गरे । ‘प्रहरी–प्रशासन दलको नभएर संविधान र कानुनको शपथ खाने भएकाले गर्दा न्याय दिनु काम हो,’ उनले भने, ‘यदि संविधान र कानुन विपरीत काम प्रहरी–प्रशासनबाट भए त्यो अपराध हुन्छ । चुनाब निश्पक्ष गर्न भूमिका खेल्नुहोस् ।’
उनले सुनसरी क्षेत्र नं। ३ मा एमाले प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले चुनाब जिते पनि हराइन्छ भन्ने भ्रम फैलाइएकाले गर्दा त्यस्तो मसल भएकालाई आफ्नो चुनाबी क्षेत्रमा पठाउन चेतावनी दिए । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो । ‘जितेपनि हराउने कोही मसल भएको छ भने केही परतिर झापामा मेरो क्षेत्र छ, त्यही आए हुन्छ,’ उनले भने ।
उनले सार्वभौम सत्ता जनतामा निहित भएकाले गर्दा निडर भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘निडर भएर काम गर्नुहोस् । बेठीक गर्न कसैलाई निदनुहोस् । बेठीक गर्नेसँग नलत्रिनुहोस,’ उनले भने ।
कांग्रेस सुनसरी क्षेत्र नं। ३ का उम्मेदवार विजयकुमार गच्छदारको आलोचना गर्दै ओलीले चक्कर लगाएर धेरै धाराको पानी खाएर बुढो रुखको फेदमा सितल ताप्न आएका व्यक्तिले अब केही गर्न नसक्ने बताए । ‘कहिले लोकतन्त्र, कहिले जात र कहिले थारुको नारा फलाक्ने व्यक्तिलाई सवक सिकाउनुपर्छ,’ उनले भने ।
सुनसरी क्षेत्र नं। ३ मा कांग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिनिधीसभामा प्रतिस्पर्धा हुँदैछ । गच्छदारले २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैन । गच्छदार योपटक क्षेत्र नं। ३ बाट छैठौंपटक मैदानमा उत्रिएका छन् । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधिसभाका लागि चुनाबी मैदानमा उत्रिएका हुन् ।
वाहालवाला उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका गच्छदारले विकास–निर्माण सोचेअनुसार नगरेकैले गर्दा आफूलाई मतदान गर्न एमाले उम्मेदवार भगवतीले सभामा मतदाता समक्ष आग्रह गरिन् । भगवती पूर्व वन राज्य मन्त्री हुन् । एमाले अध्यक्ष ओलीले अब चुनाब जितेपछि भगवतीलाई जसरी भए पनि मन्त्री बनाएर छाड्ने आश्वासन पनि दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jaazky via IFTTT
सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने भएको छ। मन्त्रिपरिषद् बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो। यसअघि पनि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो।
विस १७७९ पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nljILJ via IFTTT